काठमाडौं- तान्जानियामा यो वर्ष सुरु भएपछिको पहिलो तीन महिनामा एक नदी छेउमा कम्तिमा ६ जनालाई गोहीले खाएको छ।
यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार ती नागरिक किबाहा जिल्लाको एक नदी किनारमा कामका सिलसिलमा पुगेका बेला नदी किनारमा उनीहरुलाई गोहीले आक्रमण गरेको हो।
उक्त जिल्लाका प्रहरी अधिकारीले दिएको जानकारीअनुसार यसै वर्षको जनवरीदेखि मार्चसम्ममा ती नागरिकलाई गोहीले आक्रमण गरेको थियो। यहाँको किमारासिले गाउँका प्रमुख सालुम बुंगोले त्यस गाउँका नागरिकलाई यसअघि पनि गोहीले आक्रमण गरी घाइते बनाउने गरेको थियो।
बुंगोले आफ्ना बुबा पनि गोहीको आक्रमणमा परेको बताए। उनले गोहीले आक्रमणमा परी मृत्यु भएका छजना मध्ये आफ्ना पिता पनि एक भएको बताएका हुन्।
गोहीबाट हुने यस प्रकारको हमलाबाट सुरक्षाका लागि सरकारसँग आग्रह गरिरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।