काठमाडौं– सोमबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतवार सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। सोमबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको मूल्य बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।