काठमाडौं– आसन्न एएफसी एसियन कप २०२३ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको हो। मैत्रीपूण खेल कतारको दोहामा मे २५ र २९ मा हुने एन्फाले जनाएको छ।
एएफसी एसियन कप छनोटको लागि नेपालले शुक्रबारदेखि तयारी थालेको छ। बन्द प्रशिक्षणमा २५ खेलाडी बोलाइएपनि कप्तान किरणकुमार लिम्बू र देवेन्द्र तामाङ भने अनुपस्थित छन्।
एएफसी एसियन कप छनोटमा नेपाल जोर्डन, कुवेत र इन्डोनेसिया रहेको समूहमा परेको छ। नेपालले ८ जुनमा जोर्डन, ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग खेल्ने तालिका रहेको छ। छनोटका सबै खेल कुवेत सिटीमा हुनेछ।
२५ सदस्यीय टोली
किरणकुमार लिम्बु (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी,तेज तामाङ र विशाल राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।