• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली : भाषणमा क्विन्टलको आत्मविश्वास, यथार्थमा छटाकको खोजी

64x64
किशोर दहाल आइतबार, वैशाख ४, २०७९  २०:३२
1140x725

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीका केही अभिव्यक्ति हेरौँ:

-एमालेलाई पाँच दल, सात दल चाहिँदैन। एउटै दल एमाले काफी छ। ... सूर्यलाई मोर्चाबन्दी गरिरहन आवश्यक छैन। ... संसार ढाक्नेगरी उज्यालो सूर्य आफैंसँग छ। (चैत ५ / इलाम)

-पाँच वटा होइन, जति दर्ता भएका पार्टीहरु छन्, सबै एकमुस्ट आउँछन् भने पनि केही फरक पर्दैन। नेकपा एमाले एक्लै चुनाव लड्न सक्छ र जित्न सक्छ। (चैत १२ / काठमाडौं)

-यदि एउटा तराजुमा एक-एक किलोका पाँच वटा ढक एकातिर राख्नुभयो, अनि क्विन्टलको ढक एकातिर राख्नुभयो भने के हुन्छ, नेकपा एमाले क्विन्टलको ढक जस्तो हो, गठबन्धन भनेका एक-एक किलोका ढक जस्तो हो। त्यो पाँच वटाको गठबन्धनले के गर्छ? एक्लै एमालेसँग लड्न आउने अब नेपालमा कुनै पनि पार्टीले नचिताए हुन्छ। (चैत १६/ भक्तपुर) 

ओलीका यी अभिव्यक्तिहरुले दिने एउटै सन्देश हो- स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धाका लागि एमाले बलियो शक्ति हो। एमाले बलियो त छँदैछ, अन्य सबै पार्टीको शक्ति र एमालेको शक्ति तुलना गर्दै एमालेकै पल्ला भारी हुने उनको आत्मविश्वास देखिन्छ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएयता आफ्ना भाषणहरुमा एमालेलाई बलियो देखाउन ओलीले कुनै कसर बाँकी राखेका छैनन्। पूर्वदेखि पश्चिमसम्मका कार्यक्रममा दौडिरहेका उनले त्यहाँका कार्यकर्तालाई आत्मबल प्रदान गर्नका लागि आफ्नो शाब्दिक क्षमता प्रयोग गरेका छन्। अनेक तर्क गरेका छन्, उदाहरण दिएका छन्।

ओलीकै भाषामा भन्दा, स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धाका लागि दर्ता भएका सबै दल मिलेर आउँदा पनि एमालेलाई पराजित गर्न सक्दैनन्। त्यसैले अन्य पार्टीहरुलाई मिलेर आउनका लागि उनी हाँक पनि दिँदै हिँडेका थिए। जस्तो कि, चैत ३० गते इनरुवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भनेका थिए- 'कमजोरहरु मिलेर आउनुपर्छ, मिलेर आउन्। नेकपा एमाले एक्लै काफी छ।'

तर पछिल्ला केही दिनयताका खबरहरुले भने ओलीका तिनै आत्मविश्वासलाई खण्डन गर्छन्। चुनावमा कसको जित हुने भन्ने परिणाम पछि थाहा हुने भए पनि ओलीले भाषणमा जस्तो आत्मविश्वास व्यवहारमा देखाइरहेका छैनन्। उनको पार्टीले तालमेल गर्ने निर्णय गरेका पार्टी र समूहहरु खुट्याउने हो भने जितको आत्मविश्वास झल्किँदैन, बरु डराइरहेको व्यक्तिले आफू नडराएको भ्रम छर्न ठूल्ठूलो स्वरमा कराउँदै हिँडेजस्तो देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेकपा एमालेले गत चैत ३० गते राप्रपा नेपाल र नेपाल परिवार दलसँग एकैदिन तालमेलको निर्णय गर्‍यो। दुवै पार्टीसँग गरिएको सहमतिको पहिलो बुँदामा भनिएको छ- 'देशभरिका तालमेल सम्भव पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने।'

सूर्य चिह्नबाट चुनाव लड्ने, एकअर्काका उम्मेदवारलाई सघाउने, ती पार्टीका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने, सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ-आफ्नो पार्टी केन्द्रमा पठाउने पनि सहमतिमा उल्लेख छ।

यी दुवै पार्टीसँग एमालेले केन्द्रीय स्तरबाटै तालमेलको निर्णय गरेको हो। त्यसमा थप गृहकार्य भने जिल्ला कमिटीले गर्नेछन्। तर अन्तिम अनुमति भने केन्द्रबाटै लिनुपर्ने छ।

सहमतिमा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहालले हस्ताक्षर गरेका छन्। राप्रपा नेपालको तर्फबाट स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठ र नेपाल परिवार दलका तर्फबाट महामन्त्री सन्तोषकुमार पौडेलले हस्ताक्षर गरेका छन्।

एमालेसँगको तालमेल गर्न पाएकोमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने खुसी व्यक्त गरेका छन्। शनिबार बुटबलमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ पार्टी भए पनि राप्रपा नेपालसँग सहकार्य गर्न तयार भएकोमा एमालेलाई धन्यवाद दिए। 'मलाई पूरा विश्वास छ, आगामी निर्वाचनमा हामीले राम्रो सफलता हासिल गर्नेछौँ', उनले भने।

राप्रपा नेपाल र नेपाल परिवार दललाई सूर्य चिह्नमा प्रतिस्पर्धा गर्न दिने सहमतिप्रति एमालेभित्रै विरोध छ। सोही पार्टीका सांसद् भीम रावलले ट्विटमार्फत् असन्तुष्टि पोख्दै भनेका छन्- 'के सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिन्ह हो र? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र? दलीय प्रणाली र कम्युनिस्ट पार्टीको फजिती मात्र!'

विचार, सिद्धान्त र नीति केही नमिल्ने धार्मिक रङ लागेका पार्टीसँग किन तालमेल गर्नुपर्‍यो त? सहमतिमा हस्ताक्षर गर्ने दाहाल यो निर्वाचनमा विकास निर्माण मुख्य मुद्दा भएकाले त्यसैलाई केन्द्रमा राखिएको बताउँछन्। 'जोजो मिल्छन्, त्योसँग मिलेर जाने कुरा हो। समृद्धिको कुरा छ यहाँ। त्यसैले धार्मिक रङ लागेको वा के लागेको भन्ने कुरै छैन', नेपाल लाइभसँग कुरा गर्दै उनले भने।

शनिबारमात्रै एमालेले तनहुँमा गोविन्दराज जोशी समूहसँग पनि तालमेल गर्ने निर्णय गरेको छ। जोशी कांग्रेसबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका नेता हुन्। जोशीका छोरा दीपकराज जोशीलाई मेयरमा एमालेले सघाउने र जोशीको समूहले एमालेलाई सघाउने बताइएको छ। यसबारे ठोस र अन्तिम निर्णय भने हुन बाँकी छ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि ओलीले सूर्य चिह्नबाट चुनाव लड्न आह्वान गरिसकेका छन्। चैत २९ गते एमालेको ललितपुर जिल्ला कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भनेका थिए- 'तपाईंहरुका कार्यकर्ताले जित्ने ठाउँमा उठाउनुस्। पार्टी तपाईंहरुकै रहन्छ, कार्यकर्ता तपाईंकै रहन्छन् तर सूर्य चिह्नबाट चुनाव लड्नुस् आरामसँग। जित्ने तरिका त्यो हो नि। आउनुस्।'

चैत ३० गते इनरुवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा पनि उनले सोही खालको अभिव्यक्ति दोहोर्‍याए। साना दलहरु लक्षित उनको अभिव्यक्ति थियो- 'अरु साना पार्टीहरु, हाम्रो छत्रछायाँमा, हामीसँग मिलेर आफ्नो अस्तित्व रक्षाका लागि अगाडि बढ्न चाहन्छन् भने सूर्य चिह्न लिएर लड्नुस्।'

विभिन्न साना पार्टीसँग तालमेल हुनसक्ने दाहालको भनाइ छ। 'सानातिना दलहरुले रुचि देखाए भने तालमेल हुनसक्छ', उनले भने, 'त्यो अहिले भन्न सकिँदैन। तर सानातिना अरु दलसँग तालमेल हुनसक्छ।'

यसरी, भाषणमा आफ्नो पार्टी क्विन्टलको ढक हो भनेर आत्मविश्वास व्यक्त गरिरहेको भए पनि यथार्थमा भने ओली छटाकको खोजीमा देखिन्छन्। नीति, आदर्श केही नमिल्ने, पार्टीको कारबाहीमा परेका समूह जस्ता छटाक-छटाक जम्मा गरेर एमालेलाई बलियो देखाउने उनको उद्देश्य देखिन्छ।

ओलीले जसलाई भेटिन्छ, उसैलाई आफ्नो पार्टीमा जोडिरहेको कांग्रेस महामन्त्री गगन थापा बताउँछन्। नयाँ वर्षको अवसरमा गत बिहीबार मित्रपार्कमा आयोजित चियापान समारोहमा बोल्दै उनले भनेका थिए- 'एमाले जसलाई भेट्छ, त्योसँग आफूलाई जोडिरहेको छ। हिजो कमल थापालाई आफ्नो पार्टीमा लगेर जोड्नुभयो। परिवार दललाई लगेर जोड्नुभयो। अरु कुन-कुन दल भेटिन्छ भनेर बिहान बेलुका पूर्वप्रधानमन्त्री ओली यता चहारेको, उता चहारेको ‍हामी देख्न सक्छौँ।'

तालमेल गरेको भए पनि आफ्नो पार्टीले गठबन्धन भने नगरेको एमालेका स्थानीय विकास विभाग प्रमुख दाहालको भनाइ छ। उनले आफूहरुको तालमेललाई गठबन्धनको रुपमा नबुझ्न आग्रह गरे। ती (राप्रपा नेपाल र नेपाल परिवार दल) पार्टीका छरिएर रहेका शक्तिले आफूहरुलाई सहयोग गर्ने र आफूहरुले सूर्य चिह्न दिने निर्णय भएको उनले बताए।

'निश्चित पार्टीका विरुद्धमा, जस्तै नेकपा एमालेका विरुद्धमा गठबन्धन गर्छौँ, नेकपा एमालेलाई हराउँछौँ भन्ने उद्देश्यबाट गरिएको गठबन्धन जस्तो हाम्रो तालमेल होइन', उनले भने, 'यो आ-आफ्नो पार्टीको शक्तिलाई ठीक ढंगले परिचालित होस् भनेर र त्यसको सदुपयोग पनि होस् भनेर गरिएको तालमेल मात्रै हो।'

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  २०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार गल्छी पुगेका ओलीले बाढीबाट प्रभावित नागरिकसँग भेट गरी उनीहरूका गुनासा सुनेका छन् । उक्त क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल, अ... बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई कसको मातहत राख्ने छलफल गरेर टुङ्ग... बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आगामी शनिबार दिउँसो १ बजे सानेपामा बस्ने जानकारी दिए । बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्