• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली : भाषणमा क्विन्टलको आत्मविश्वास, यथार्थमा छटाकको खोजी

64x64
किशोर दहाल आइतबार, वैशाख ४, २०७९  २०:३२
1140x725

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीका केही अभिव्यक्ति हेरौँ:

-एमालेलाई पाँच दल, सात दल चाहिँदैन। एउटै दल एमाले काफी छ। ... सूर्यलाई मोर्चाबन्दी गरिरहन आवश्यक छैन। ... संसार ढाक्नेगरी उज्यालो सूर्य आफैंसँग छ। (चैत ५ / इलाम)

-पाँच वटा होइन, जति दर्ता भएका पार्टीहरु छन्, सबै एकमुस्ट आउँछन् भने पनि केही फरक पर्दैन। नेकपा एमाले एक्लै चुनाव लड्न सक्छ र जित्न सक्छ। (चैत १२ / काठमाडौं)

-यदि एउटा तराजुमा एक-एक किलोका पाँच वटा ढक एकातिर राख्नुभयो, अनि क्विन्टलको ढक एकातिर राख्नुभयो भने के हुन्छ, नेकपा एमाले क्विन्टलको ढक जस्तो हो, गठबन्धन भनेका एक-एक किलोका ढक जस्तो हो। त्यो पाँच वटाको गठबन्धनले के गर्छ? एक्लै एमालेसँग लड्न आउने अब नेपालमा कुनै पनि पार्टीले नचिताए हुन्छ। (चैत १६/ भक्तपुर) 

ओलीका यी अभिव्यक्तिहरुले दिने एउटै सन्देश हो- स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धाका लागि एमाले बलियो शक्ति हो। एमाले बलियो त छँदैछ, अन्य सबै पार्टीको शक्ति र एमालेको शक्ति तुलना गर्दै एमालेकै पल्ला भारी हुने उनको आत्मविश्वास देखिन्छ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएयता आफ्ना भाषणहरुमा एमालेलाई बलियो देखाउन ओलीले कुनै कसर बाँकी राखेका छैनन्। पूर्वदेखि पश्चिमसम्मका कार्यक्रममा दौडिरहेका उनले त्यहाँका कार्यकर्तालाई आत्मबल प्रदान गर्नका लागि आफ्नो शाब्दिक क्षमता प्रयोग गरेका छन्। अनेक तर्क गरेका छन्, उदाहरण दिएका छन्।

ओलीकै भाषामा भन्दा, स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धाका लागि दर्ता भएका सबै दल मिलेर आउँदा पनि एमालेलाई पराजित गर्न सक्दैनन्। त्यसैले अन्य पार्टीहरुलाई मिलेर आउनका लागि उनी हाँक पनि दिँदै हिँडेका थिए। जस्तो कि, चैत ३० गते इनरुवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भनेका थिए- 'कमजोरहरु मिलेर आउनुपर्छ, मिलेर आउन्। नेकपा एमाले एक्लै काफी छ।'

तर पछिल्ला केही दिनयताका खबरहरुले भने ओलीका तिनै आत्मविश्वासलाई खण्डन गर्छन्। चुनावमा कसको जित हुने भन्ने परिणाम पछि थाहा हुने भए पनि ओलीले भाषणमा जस्तो आत्मविश्वास व्यवहारमा देखाइरहेका छैनन्। उनको पार्टीले तालमेल गर्ने निर्णय गरेका पार्टी र समूहहरु खुट्याउने हो भने जितको आत्मविश्वास झल्किँदैन, बरु डराइरहेको व्यक्तिले आफू नडराएको भ्रम छर्न ठूल्ठूलो स्वरमा कराउँदै हिँडेजस्तो देखिन्छ।

Ncell 2
Ncell 2

नेकपा एमालेले गत चैत ३० गते राप्रपा नेपाल र नेपाल परिवार दलसँग एकैदिन तालमेलको निर्णय गर्‍यो। दुवै पार्टीसँग गरिएको सहमतिको पहिलो बुँदामा भनिएको छ- 'देशभरिका तालमेल सम्भव पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने।'

सूर्य चिह्नबाट चुनाव लड्ने, एकअर्काका उम्मेदवारलाई सघाउने, ती पार्टीका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने, सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ-आफ्नो पार्टी केन्द्रमा पठाउने पनि सहमतिमा उल्लेख छ।

यी दुवै पार्टीसँग एमालेले केन्द्रीय स्तरबाटै तालमेलको निर्णय गरेको हो। त्यसमा थप गृहकार्य भने जिल्ला कमिटीले गर्नेछन्। तर अन्तिम अनुमति भने केन्द्रबाटै लिनुपर्ने छ।

सहमतिमा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहालले हस्ताक्षर गरेका छन्। राप्रपा नेपालको तर्फबाट स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठ र नेपाल परिवार दलका तर्फबाट महामन्त्री सन्तोषकुमार पौडेलले हस्ताक्षर गरेका छन्।

एमालेसँगको तालमेल गर्न पाएकोमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने खुसी व्यक्त गरेका छन्। शनिबार बुटबलमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ पार्टी भए पनि राप्रपा नेपालसँग सहकार्य गर्न तयार भएकोमा एमालेलाई धन्यवाद दिए। 'मलाई पूरा विश्वास छ, आगामी निर्वाचनमा हामीले राम्रो सफलता हासिल गर्नेछौँ', उनले भने।

राप्रपा नेपाल र नेपाल परिवार दललाई सूर्य चिह्नमा प्रतिस्पर्धा गर्न दिने सहमतिप्रति एमालेभित्रै विरोध छ। सोही पार्टीका सांसद् भीम रावलले ट्विटमार्फत् असन्तुष्टि पोख्दै भनेका छन्- 'के सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिन्ह हो र? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र? दलीय प्रणाली र कम्युनिस्ट पार्टीको फजिती मात्र!'

विचार, सिद्धान्त र नीति केही नमिल्ने धार्मिक रङ लागेका पार्टीसँग किन तालमेल गर्नुपर्‍यो त? सहमतिमा हस्ताक्षर गर्ने दाहाल यो निर्वाचनमा विकास निर्माण मुख्य मुद्दा भएकाले त्यसैलाई केन्द्रमा राखिएको बताउँछन्। 'जोजो मिल्छन्, त्योसँग मिलेर जाने कुरा हो। समृद्धिको कुरा छ यहाँ। त्यसैले धार्मिक रङ लागेको वा के लागेको भन्ने कुरै छैन', नेपाल लाइभसँग कुरा गर्दै उनले भने।

शनिबारमात्रै एमालेले तनहुँमा गोविन्दराज जोशी समूहसँग पनि तालमेल गर्ने निर्णय गरेको छ। जोशी कांग्रेसबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका नेता हुन्। जोशीका छोरा दीपकराज जोशीलाई मेयरमा एमालेले सघाउने र जोशीको समूहले एमालेलाई सघाउने बताइएको छ। यसबारे ठोस र अन्तिम निर्णय भने हुन बाँकी छ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि ओलीले सूर्य चिह्नबाट चुनाव लड्न आह्वान गरिसकेका छन्। चैत २९ गते एमालेको ललितपुर जिल्ला कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भनेका थिए- 'तपाईंहरुका कार्यकर्ताले जित्ने ठाउँमा उठाउनुस्। पार्टी तपाईंहरुकै रहन्छ, कार्यकर्ता तपाईंकै रहन्छन् तर सूर्य चिह्नबाट चुनाव लड्नुस् आरामसँग। जित्ने तरिका त्यो हो नि। आउनुस्।'

चैत ३० गते इनरुवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा पनि उनले सोही खालको अभिव्यक्ति दोहोर्‍याए। साना दलहरु लक्षित उनको अभिव्यक्ति थियो- 'अरु साना पार्टीहरु, हाम्रो छत्रछायाँमा, हामीसँग मिलेर आफ्नो अस्तित्व रक्षाका लागि अगाडि बढ्न चाहन्छन् भने सूर्य चिह्न लिएर लड्नुस्।'

विभिन्न साना पार्टीसँग तालमेल हुनसक्ने दाहालको भनाइ छ। 'सानातिना दलहरुले रुचि देखाए भने तालमेल हुनसक्छ', उनले भने, 'त्यो अहिले भन्न सकिँदैन। तर सानातिना अरु दलसँग तालमेल हुनसक्छ।'

यसरी, भाषणमा आफ्नो पार्टी क्विन्टलको ढक हो भनेर आत्मविश्वास व्यक्त गरिरहेको भए पनि यथार्थमा भने ओली छटाकको खोजीमा देखिन्छन्। नीति, आदर्श केही नमिल्ने, पार्टीको कारबाहीमा परेका समूह जस्ता छटाक-छटाक जम्मा गरेर एमालेलाई बलियो देखाउने उनको उद्देश्य देखिन्छ।

ओलीले जसलाई भेटिन्छ, उसैलाई आफ्नो पार्टीमा जोडिरहेको कांग्रेस महामन्त्री गगन थापा बताउँछन्। नयाँ वर्षको अवसरमा गत बिहीबार मित्रपार्कमा आयोजित चियापान समारोहमा बोल्दै उनले भनेका थिए- 'एमाले जसलाई भेट्छ, त्योसँग आफूलाई जोडिरहेको छ। हिजो कमल थापालाई आफ्नो पार्टीमा लगेर जोड्नुभयो। परिवार दललाई लगेर जोड्नुभयो। अरु कुन-कुन दल भेटिन्छ भनेर बिहान बेलुका पूर्वप्रधानमन्त्री ओली यता चहारेको, उता चहारेको ‍हामी देख्न सक्छौँ।'

तालमेल गरेको भए पनि आफ्नो पार्टीले गठबन्धन भने नगरेको एमालेका स्थानीय विकास विभाग प्रमुख दाहालको भनाइ छ। उनले आफूहरुको तालमेललाई गठबन्धनको रुपमा नबुझ्न आग्रह गरे। ती (राप्रपा नेपाल र नेपाल परिवार दल) पार्टीका छरिएर रहेका शक्तिले आफूहरुलाई सहयोग गर्ने र आफूहरुले सूर्य चिह्न दिने निर्णय भएको उनले बताए।

'निश्चित पार्टीका विरुद्धमा, जस्तै नेकपा एमालेका विरुद्धमा गठबन्धन गर्छौँ, नेकपा एमालेलाई हराउँछौँ भन्ने उद्देश्यबाट गरिएको गठबन्धन जस्तो हाम्रो तालमेल होइन', उनले भने, 'यो आ-आफ्नो पार्टीको शक्तिलाई ठीक ढंगले परिचालित होस् भनेर र त्यसको सदुपयोग पनि होस् भनेर गरिएको तालमेल मात्रै हो।'

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  २०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
रेशम चौधरीको उम्मेदवारी खारेज उनीविरुद्धको उजुरीमा छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेजीको निर्णय गरेको हो । बिहीबार, माघ ८, २०८२
गृहमन्त्री अर्यालले पाए सरकारको प्रवक्ताको जिम्मेवारी बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले अर्याललाई सरकारको आधिकारिक प्रवक्ताका रूपमा तोक्ने निर्णय गरेको हो। बिहीबार, माघ ८, २०८२
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने नियमित कार्यसूचीका प्रस्तावहरूमाथि छलफल गरी आवश्यक निर्णय लिने कार्यसूची रहेको बताइएको छ। बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
गृहमन्त्री अर्यालले पाए सरकारको प्रवक्ताको जिम्मेवारी बिहीबार, माघ ८, २०८२
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्