काठमाडौं– यूनाइटेड सिमेन्ट्स प्रालिले काठमाडौं तथा ललितपुरका विभिन्न स्थानमा ठेकेदार तथा मिस्त्रीहरुलाई सिमेन्टको बारेमा जानकारी तथा गुणस्तरीय निर्माणको बिषयमा प्रशिक्षण दिएको छ।
केही निर्माणकर्मीहरु बिगतका अनुभवको आधारमा मात्र निर्माणको काम गर्दै आएको, तर सहि निर्माण कसरी गर्ने भन्ने बारेमा प्राविधिक ज्ञानको कमी देखिएकोले उनीहरुलाई गुणस्तरीय निर्माण गर्ने तरिकाको ज्ञान दिनुपर्ने आवश्यकता रहेको भन्दै यूनाइटेड सिमेन्ट्सले यी कार्यक्रम को पुन: थालनी गरेको हो।
हाल सम्म ४ ओटा स्थानमा सयौं निर्माणकर्मीलाई प्रशिक्षण दिइसकिएको र यो कार्यक्रम निरन्तर चलिरहने तथा हजारौं निर्माणकर्मीलाई प्रशिक्षण दिने कम्पनीको लक्ष्य रहेको छ।
सिमेन्ट के हो? र कसरी बन्छ? भन्ने प्राविधिक जानकारीका साथै राम्रो गुणस्तरको सिमेन्ट मसला बनाउने तरिका, डण्डी बाँध्ने सहि तरिका, कंक्रिटका विभिन्न ग्रेडहरुको बारेमा जानकारी, कंक्रिटमा पानीको मात्रा र यसको असर आदि बिषयमा सो कार्यक्रममा प्रस्ट पारिएको थियो।
सहि तरिकाले निर्माण गर्नु निर्माणकर्मीको धर्म भएको र गरेपछि पारिवारिक घर निर्माण सहित गगनचुम्बी महलदेखि, हाइड्रोपावर ड्याम, टनेल, बिशाल पुलहरु,राष्ट्रिय गौरवका आयोजनाहरु, बाटो निर्माणमा समेत यूनाइटेड सिमेन्ट ढुक्कसँग प्रयोग गर्न सकिने भनेर समेत सो कार्यक्रममा प्रस्ट पारिएको थियो।
ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुनढुंगा प्रयोग गरि, आफैं क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले बिगत ७ वर्षदेखि नौबिसेमा रहेको आफ्नो कारखानाबाट उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ।
यूनाइटेड सिमेन्ट काठमाडौं उपत्यकाको सबैभन्दा नजिक रहेको सिमेन्ट उद्योग हो।
५३ ग्रेड तथा ४३ ग्रेड को ओपीसी सिमेन्ट बनाउँदै आएको उद्योगले आफ्ना ग्राहकहरुको गुणस्तर प्रतिको विश्वासलाई सधैँ मजबुत बनाएको समेत दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।