काठमाडौं– नयाँ वर्ष २०७९ को अवसरमा आइएमईले 'आइएमई २०७९ मा २०७९' नामक सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ।
यो योजना यही १ बैशाखदेखि ३१ बैशाख (१४ अप्रिल, २०२२ देखि १४ मे, २०२२) सम्म कायम रहनेछ। सोही योजना आइएमई ग्रुपको काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
कार्यक्रममा संक्षिप्त मन्तव्य ब्यक्त गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको यस्ता सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका खेल्दै आएको अनुभव रहेकाले यस्ता योजनाहरू विगतमा जस्तै आम सेवाग्राहीहरूको उल्लेख्य सहभागिता हुने विश्वास व्यक्त गरे।
'आइएमई २०७९ मा २०७९' को १ महिने योजनाअन्तर्गत विदेशबाट आइएमईमार्फत् पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट, सब–एजेन्ट आउटलेटमार्फत् प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता रहने गरी यो योजना अवधि भरी जम्मा ६० जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति २ हजार ७९ र बम्परमा १ भाग्यशाली विजेतालाई २ लाख ७ हजार ९०० रुपैयाँ प्रदान गरिनेछ।
यो योजनामा सहभागी भएका सेवाग्राहीमध्ये कूल ६१ जना विजेताहरु लाभान्वित हुनेछन् भने यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिने कम्पनीले जनाएको छ।
यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू, वेब साइट एवम् संचारका माध्यममार्फत् सार्वजनिक गरिनेछ। योजना अवधिका लागि निर्धारित सेवा वा शर्तहरू लागू गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।