काठमाडौं– सरकारले अमेरिकाबाट अनुदानमा उपलब्ध हुने करिब ८० अर्ब रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ।
अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (यूएसएड)बाट प्राप्त हुने ६५९ मिलियन अमेरिकी डलर (७९ अर्ब ७१ करोड) रुपैयाँ स्वीकार गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
बुधबार (चैत ३० गते) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता रकम पनि स्वीकार गर्ने निर्णय भएको कार्कीले जानकारी दिए।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।