• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

गत वर्षभन्दा खस्कियो अर्थतन्त्र, एक महिनामै रित्तियो ढुकुटीको १७ करोड डलर

64x64
सुमित्रा कार्की बुधबार, चैत ३०, २०७८  ०९:३५
1140x725

काठमाडौं– चालु आर्थिक वर्षको ८औं महिनासम्म आाउँदा देशको आर्थिक अवस्था गत वर्षको यसै अवधिको तुलनामा ओरालो लागेको छ। 

राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांक हेर्दा देशको आर्थिक सूचक मापन गर्ने अधिकांश सूचकहरु ओरालो लागेको देखिन्छ।

शोधनान्तर घाटा 
फागुन महिनासम्ममा देशबाट बाहिरिने रकम र भित्रिने रकमको अन्तर (शोधनान्तर) २ खर्ब ५८ अर्ब रुपैयाँले घाटामा गएको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा रहेको थियो। 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको छ। माघ मसान्तसम्म २ खर्ब ४७ अर्बले शोधनान्तर घाटामा थियो। 

एक महिना अवधिको तथ्यांक अनुसार भने शोधनान्तर स्थिति केही बढेको देखिन्छ। माघ मसान्तदेखि फागुन मसान्तसम्म शोधनान्तर स्थिति ४१ अर्बले बढेको केन्द्रीय बैंकले जानकारी दिएको छ। 

विदेशी सञ्चिती (देशको ढुकुटी) 
२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड डलर रहेको कुल विदेशी विनिमय सञ्चिती १६.३ प्रतिशतले कमी आई फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब कायम भएको छ। 

अमेरिकी डलरमा यस्तो सञ्चिती गत असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा फागुन मसान्तमा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको छ।

यसैगरी, माघ मसान्तसम्मको तथ्यांक हेर्दा फागुन महिनामा विदेशी विनिमय सञ्चिती घटेको छ। एक महिनाको अवधिमा राष्ट्र बैंकको ढुकुटीमा भएको कूल विदेशी विनिमय सञ्चिती १७ करोड अमेरिकी डलरले घटेको छ। 

Ncell 2
Ncell 2

माघ मसान्तसम्म ९ अर्ब ७५ करोड अमेरिकी डलर रहेको कूल विदेशी विनिमय सञ्चिती फागुन मसान्तसम्म आउँदा घटेर ९ अर्ब ५८ करोड अमेरिकी डलरमा सीमित भएको छ। 

माघ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने अवस्था देखिन्थ्यो। फागुन महिनासम्म आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितीले ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। 

रेमिटेन्समा गत महिनाको भन्दा केही सुधार 
केन्द्रीय बैंकको तथ्यांक अनुसार विदेशबाट आउने रेमिटेन्स भने केही बढेको छ। माघ मसान्तसम्म ५४० अर्ब १२ करोड रुपैयाँ रहेको रेमिटेन्स फागुन मसान्तसम्म आउँदा ६३१ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ। एक महिनाको अवधिमा रेमिटेन्स ९१ अर्ब सात करोड रुपैयाँले बृद्धि भएको छ। 

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १.७ प्रतिशतले कमी आई ६३१ अर्ब १९ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५.० प्रतिशतले बढेको थियो।

वैदेशिक रोजगारमा जानेको संख्यामा उल्लेख्य वृद्धि
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख २७ हजार ९०० पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई एक लाख ७८ हजार २६२ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर २.० प्रतिशतले कमी आई ७०४ अर्ब ३३ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.२ प्रतिशतले बढेको थियो।

प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले बढ्यो
चालु आर्थिक वर्षको फागुन महिनासम्ममा प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म कूल प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ।

जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी १० अर्ब १८ करोड रुपैयाँ थियो। यसैगरी, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.२ प्रतिशतले कमी आई ७ अर्ब रूपैयाँ कायम भएको छ।  अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ९१ करोड रुपैयाँ थियो।

एक वर्षमा ६०.३ प्रतिशत बढ्यो पेट्रोलियम पदार्थको मूल्य
अन्तर्राष्ट्रिय बजारमा २०७७ फागुन मसान्तमा प्रतिब्यारेल अमेरिकी डलर ६८.८७ रहेको कच्चा पेट्रोलियम (कच्चा तेल ब्रेन्ट) को मूल्य यो फागुन मसान्तमा ६०.३ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११०.३९ पुगेको छ। त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७७ फागुन मसान्तमा प्रतिआउन्स सुनको मूल्य अमेरिकी डलर १७०४.८० रहेकोमा यो फागुन मसान्तमा १४.६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १९५४.०५ पुगेको छ। 

सरकारसँग कति छ नगद मौज्दात?
फागुन मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३३५ अर्ब ३३ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ। २०७८ असार मसान्तमा यस्तो मौज्दात २०० अर्ब १८ करोड रहेको थियो। यसैगरी, संघीय सरकारको खर्च ६७५ अर्ब ३० करोड र राजस्व परिचालन ६८४ अर्ब ७० करोड रहेको छ।

हालसम्म देशको विस्तृत मुद्राप्रदाय ३.१ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.७ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.१ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा १२.८ प्रतिशतले बढेको छ। 

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर २२.२ प्रतिशत रहेको छ।

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य बढ्यो बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँ किनबेच भएको थियो । शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो निगमले आज १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । शुक्रबार, माघ २, २०८२
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेका थियो । जुन मूल्य हालसम्मकै उच्च रहेको थियो । बिहीबार, माघ १, २०८२
ताजा समाचारसबै
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सुरु भयो एमाले सचिवालय बैठक शनिबार, माघ ३, २०८२
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्