• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ११, २०८२ Tue, Oct 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

दिपायल सिलगढीका नमूना काम : केबलकार गुरुयोजनादेखि छाउगोठ भत्काउने अभियानसम्म

64x64
धनु विश्वकर्मा शुक्रबार, वैशाख २, २०७९  ०९:३८
1140x725

काठमाडौं– डोटीको सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिका सुदूरपश्चिमकै पुरानोमध्येको नगरपालिका हो। २०३९ सालमै नगरपालिका घोषित भएको दिपायल सिलगढीले २०७४ सालको स्थानीय तह निर्वाचनमा अर्को पनि कीर्तिमान बनाएको थियो। उक्त निर्वाचनमा यो नगरपालिकाबाट विजयी भएर मञ्जु मलासी सुदूरपश्चिम प्रदेशकी एक मात्र महिला मेयर बनिन्।

नेकपा (एमाले)बाट उम्मेदवार बनेकी मञ्जुले नेपाली काँग्रेसका बाजीसिं खड्कालाई पराजित गरेकी थिइन्। उनको राजनीतिक यात्रा भने अखिल नेपाल महिला संघबाट सुरु भएको थियो। उनका श्रीमान् पनि एमाले जिल्ला कमिटी सदस्य थिए। अहिले मञ्जु एमाले जिल्ला कमिटी उपाध्यक्ष छिन्। उनको अर्को परिचय पनि थियो, वन उपभोक्ता महासंघको केन्द्रीय सदस्य।

त्यसो त, उनले मेयरमा उम्मेदवार बन्नका लागि पहिलो संघर्ष पार्टीभित्रै गर्नु परेको थियो। उनलाई उपमेयरमा उठ्न दबाब दिइएको थियो। तर, मेयरमा नै उम्मेदवार बन्ने अडान छाडिनन्। कतिपयले त महिलाले जित्न नसक्ने हल्ला पनि चलाए। मेयरमा निर्वाचित भएपछि उनीविरुद्धका हल्ला आफैं मत्थर भएर गए। तर, काम गरेर देखाउनुपर्ने चुनौती भने खडा भयो।

उनले यसलाई चुनौती मात्र होइन अवसरका रूपमा पनि लिइन्। संघीयतापछिको पहिलो स्थानीय निर्वाचन भएकाले त्यसअनुरुप संरचना निर्माण गर्नु र कार्यालय तथा विकासलाई व्यवस्थित गर्नु उनको पहिलो काम थियो। यसबीच उनले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्न पाइन्। ‘राजनीति गर्नु एउटा पाटो हो, तर विकासका काममा जनतासँग प्रत्यक्ष जोडिएर सहकार्य गर्नु अर्कै पाटो हो। मैले पाँच वर्षमा जनतालाई निराश बनाएको छैन,’ उनले भनिन्।

निर्वाचनमा आफूले जनताको सामु गरेको प्रतिबद्धताअनुसार नै काम गरेको उनको दाबी छ। आफूले उदाहरणीय काम गरेकैले अहिले महिला उपमेयरहरूलाई मेयरमा दाबी गर्न सजिलो भएको उनको भनाइ छ।

पाँच वर्षका प्रमुख पाँच काम
१. प्राथमिकतामा भौतिक पूर्वाधार
दिपायल सिलगढी तुलनात्मक रूपमा सुदूरपश्चिमको सुगम पहाडी क्षेत्र हो। सदरमुकाम सडक सञ्जालमा जोडिएको दशकौँ भइसकेको छ। तर, नगरपालिकामै पर्ने सदरमुकाम आसपासका गाउँमा सडक सञ्जाल विस्तार हुन सकेको थिएन। जिल्लाका पालिकाहरूबीच पनि सडक जोडिएको थिएन।

उनी मेयर भएपछि प्राथमिकतामा पूर्वाधार विकासलाई राखिन्। त्यसमा पनि सडक सञ्जाल निर्माणका योजना अगाडि थिए। उनले पालिकाहरूबीच सडक ‘कनेक्सन’लाई जोड दिइन्। कृषि सडकलाई गाउँ–गाउँ पु¥याइन्। सडक कालोपत्रे पनि क्रमशः भइरहेको उनी बताउँछिन्।

कतिपय दुर्गम गाउँमा बिजुली पुगेको थिएन। वडा नं. ९ का मात्र तीन गाउँमा बिजुली थिएन। नगरपालिकाको पहलमा अहिले सबै वडामा बिजुली पुगेको उनले बताइन्। एकल महिला र अति विपन्न नागरिकलाई नगरपालिकाले नै निःशुल्क मिटरबक्स वितरण गरेको छ।

Ncell 2
Ncell 2

बालबालिकाको गुणस्तरीय शिक्षा पाउने हक सुनिश्चित गर्नका लागी पहल गरिएको उनले बताइन्। निम्न माध्यमिक तह गाउँमा भए पनि माध्यमिक तह पढ्न टाढा जानुपर्ने बाध्यता धेरै वडामा थियो। अहिले गाउँसम्मै माध्यमिक तह पढाउन अनुमतिका लागि पहल भएको उनको भनाइ छ।

२. केबलकार निर्माण परियोजना 
सडकको विकल्पमा उनले केबलकार निर्माण परियोजना पनि अघि बढाएकी छिन्। सिलगढीदेखि बगलेकसम्म केबलकार बनाउन नगरपालिकाले गुरुयोजना तयार गरिसकेको छ। 

‘केबलकार निर्माण गर्दा यसले स्थानीयको आवतजावत सहज त गर्छ नै, स्थानीय उत्पादनलाई सिलगढीसम्म ल्याउन र सिलगढीबाट आवश्यक वस्तु बगलेक लैजान पनि मद्दत गर्छ,’ उनी भन्छिन्, ‘पर्यटकीय क्षेत्रको रूपमा पनि विकास गर्ने योजना छ। त्यहाँ होम स्टे तथा आधुनिक रिसोर्टहरु समेतको संभाव्यता अध्ययन गरी आवश्यक कार्यक्रम बनाउछौँ। बगलेक क्षेत्रलाई ‘हरित पर्यटकीय क्षेत्र’को रुपमा अगाडि बढाउने योजना छ।’

यहाँका धेरै जनता कृषिमा निर्भर छन्। यहाँ सडकको मात्र नभइ स्वास्थ्य र गुणस्तरीय शिक्षाको पनि समस्या छ। केबलकारले यी समस्या न्यूनीकरणमा सहयोग गर्ने उनी बताउँछिन्। कृषिमा पनि अनुदान दिइएको उनको भनाइ छ। 

३. छाउगोठ भत्काउने अभियान
सुदूरपश्चिम र कर्णालीमा महिनावारी हुँदा महिलालाई छाउगोठमा राख्ने परम्परा छ। यो परम्पराका कारण धेरै महिलाले ज्यानसमेत गुमाएका समाचार बारम्बार आउने गरेका छन्। यो गलत परम्परा हटाउन नगरपालिकाले सबैभन्दा पहिला आफ्नो क्षेत्रमा रहेका छाउगोठको खोजी गरेको थियो।

नगरपालिकाभित्र ३८ वटा छाउगोठ रहेको पाइएको उनी बताउँछिन्। त्यसपछि सामुदायिक प्रहरीसँगको सहकार्यमा यी गोठ भत्काउने अभियान चलाइएको थियो। छाउगोठ रहेका वडा नं. २, ३, ६, ७ र ८ मा यो अभियान चलाइएको उनले बताइन्। 

अझै पनि कतिपय महिला महिनावारी हुँदला गाइबस्तुको गोठमा बस्ने गरेका छन्। ‘अन्धविश्वासका कारण यो समस्याले जरो गाडेको छ,’ उनले भनिन्, ‘यसको समाधानका लागि जनचेतना जोगाउने काम गरिएको छ। यसमा स्थानीयको साथ र पहलकदमी महत्त्वपूर्ण हुन्छ।’ 

४. एक वडा एक ‘बर्थिङ सेन्टर’
दिपायल सिलगढीमा स्वास्थ्य सेवा निकै कमजोर छ। दुर्गम ठाउँबाट बिरामी बोकेर जिल्ला अस्पतालसम्म ल्याउँदा ज्यानै गइसक्ने जोखिम छ। सुरक्षित सुत्केरी गराउने ठाउँ नहुँदा आमा र बच्चा दुवैको ज्यान खतरामा हुन्थ्यो। यो समस्याको समाधानका लागि नगरपालिकाले प्रत्येक वडामा बर्थिङ सेन्टर स्थापना गरेको छ। यसले गर्दा अहिले शिशु मृत्युदर घटेको मञ्जुको भनाइ छ।

५. स्वच्छ खानेपानी 
दिपायल सिलगढी नगरपालिकाको तल्लो भेगबाट सेती नदी बगेको छ। तर, माथि दिपायल बजारमा खानेपानीको अभाव थियो। मञ्जु मेयर भएपछि उनले स्वच्छ खानेपानी वितरणलाई प्राथमिकतामा राखिन्। 

सेती नदीमा बर्खामा पानी धमिलो हुन्छ। कतिपय स्थानीय त्यस्तै पानी पिउन बाध्य थिए। अहिले स्वच्छ खानेपानी कार्यक्रम चलाएपछि त्यो समस्या हल भएको र धेरै ठाउँ खानेपानीको व्यवस्था भएको उनको भनाइ छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  ०९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
विप्लव नेतृत्वको पार्टीले दियो दल दर्ताको निवेदन, ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राख्न प्रस्ताव नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन्। मंगलबार, कात्तिक ११, २०८२
विप्लव नेतृत्वको नेकपा दल दर्ताका लागि निर्वाचन आयोग जाँदै,नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राख्ने प्रस्ताव दर्ताका लागिनेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरु वकिलहरुसहित निर्वाचन आयोगको केन्द्रीय... मंगलबार, कात्तिक ११, २०८२
एमालेले बोलायो सचिवालय बैठक, महाधिवेशन प्रतिनिधि छनोटको मापदण्ड तय गर्ने पार्टीका कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार कार्तिक १५ गते पार्टीको सचिवालय बैठकबाट महाधिवेशनका बारेमा विभिन्न निर्णय गर्ने... मंगलबार, कात्तिक ११, २०८२
ताजा समाचारसबै
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
राष्ट्रिय सभाका सचिव अर्यालद्वारा राजीनामा मंगलबार, कात्तिक ११, २०८२
सेयर बजार हरियाली हुँदा कारोबार रकम बढ्यो मंगलबार, कात्तिक ११, २०८२
जुम्ला र जोमसोममा तापक्रम १ डिग्रीसम्म झर्ने अनुमान मंगलबार, कात्तिक ११, २०८२
आगामी पुसमा बाघ गणना गरिने मंगलबार, कात्तिक ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम सोमबार, कात्तिक १०, २०८२
देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह सोमबार, कात्तिक १०, २०८२
बंगालको खाडीमा ‘मोन्था आँधी’ सक्रिय,नेपालमा कस्तो असर पर्छ ? मंगलबार, कात्तिक ११, २०८२
राष्ट्रिय सभाका सचिव अर्यालद्वारा राजीनामा मंगलबार, कात्तिक ११, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम सोमबार, कात्तिक १०, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्