• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

दिपायल सिलगढीका नमूना काम : केबलकार गुरुयोजनादेखि छाउगोठ भत्काउने अभियानसम्म

64x64
धनु विश्वकर्मा शुक्रबार, वैशाख २, २०७९  ०९:३८
1140x725

काठमाडौं– डोटीको सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिका सुदूरपश्चिमकै पुरानोमध्येको नगरपालिका हो। २०३९ सालमै नगरपालिका घोषित भएको दिपायल सिलगढीले २०७४ सालको स्थानीय तह निर्वाचनमा अर्को पनि कीर्तिमान बनाएको थियो। उक्त निर्वाचनमा यो नगरपालिकाबाट विजयी भएर मञ्जु मलासी सुदूरपश्चिम प्रदेशकी एक मात्र महिला मेयर बनिन्।

नेकपा (एमाले)बाट उम्मेदवार बनेकी मञ्जुले नेपाली काँग्रेसका बाजीसिं खड्कालाई पराजित गरेकी थिइन्। उनको राजनीतिक यात्रा भने अखिल नेपाल महिला संघबाट सुरु भएको थियो। उनका श्रीमान् पनि एमाले जिल्ला कमिटी सदस्य थिए। अहिले मञ्जु एमाले जिल्ला कमिटी उपाध्यक्ष छिन्। उनको अर्को परिचय पनि थियो, वन उपभोक्ता महासंघको केन्द्रीय सदस्य।

त्यसो त, उनले मेयरमा उम्मेदवार बन्नका लागि पहिलो संघर्ष पार्टीभित्रै गर्नु परेको थियो। उनलाई उपमेयरमा उठ्न दबाब दिइएको थियो। तर, मेयरमा नै उम्मेदवार बन्ने अडान छाडिनन्। कतिपयले त महिलाले जित्न नसक्ने हल्ला पनि चलाए। मेयरमा निर्वाचित भएपछि उनीविरुद्धका हल्ला आफैं मत्थर भएर गए। तर, काम गरेर देखाउनुपर्ने चुनौती भने खडा भयो।

उनले यसलाई चुनौती मात्र होइन अवसरका रूपमा पनि लिइन्। संघीयतापछिको पहिलो स्थानीय निर्वाचन भएकाले त्यसअनुरुप संरचना निर्माण गर्नु र कार्यालय तथा विकासलाई व्यवस्थित गर्नु उनको पहिलो काम थियो। यसबीच उनले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्न पाइन्। ‘राजनीति गर्नु एउटा पाटो हो, तर विकासका काममा जनतासँग प्रत्यक्ष जोडिएर सहकार्य गर्नु अर्कै पाटो हो। मैले पाँच वर्षमा जनतालाई निराश बनाएको छैन,’ उनले भनिन्।

निर्वाचनमा आफूले जनताको सामु गरेको प्रतिबद्धताअनुसार नै काम गरेको उनको दाबी छ। आफूले उदाहरणीय काम गरेकैले अहिले महिला उपमेयरहरूलाई मेयरमा दाबी गर्न सजिलो भएको उनको भनाइ छ।

पाँच वर्षका प्रमुख पाँच काम
१. प्राथमिकतामा भौतिक पूर्वाधार
दिपायल सिलगढी तुलनात्मक रूपमा सुदूरपश्चिमको सुगम पहाडी क्षेत्र हो। सदरमुकाम सडक सञ्जालमा जोडिएको दशकौँ भइसकेको छ। तर, नगरपालिकामै पर्ने सदरमुकाम आसपासका गाउँमा सडक सञ्जाल विस्तार हुन सकेको थिएन। जिल्लाका पालिकाहरूबीच पनि सडक जोडिएको थिएन।

उनी मेयर भएपछि प्राथमिकतामा पूर्वाधार विकासलाई राखिन्। त्यसमा पनि सडक सञ्जाल निर्माणका योजना अगाडि थिए। उनले पालिकाहरूबीच सडक ‘कनेक्सन’लाई जोड दिइन्। कृषि सडकलाई गाउँ–गाउँ पु¥याइन्। सडक कालोपत्रे पनि क्रमशः भइरहेको उनी बताउँछिन्।

कतिपय दुर्गम गाउँमा बिजुली पुगेको थिएन। वडा नं. ९ का मात्र तीन गाउँमा बिजुली थिएन। नगरपालिकाको पहलमा अहिले सबै वडामा बिजुली पुगेको उनले बताइन्। एकल महिला र अति विपन्न नागरिकलाई नगरपालिकाले नै निःशुल्क मिटरबक्स वितरण गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

बालबालिकाको गुणस्तरीय शिक्षा पाउने हक सुनिश्चित गर्नका लागी पहल गरिएको उनले बताइन्। निम्न माध्यमिक तह गाउँमा भए पनि माध्यमिक तह पढ्न टाढा जानुपर्ने बाध्यता धेरै वडामा थियो। अहिले गाउँसम्मै माध्यमिक तह पढाउन अनुमतिका लागि पहल भएको उनको भनाइ छ।

२. केबलकार निर्माण परियोजना 
सडकको विकल्पमा उनले केबलकार निर्माण परियोजना पनि अघि बढाएकी छिन्। सिलगढीदेखि बगलेकसम्म केबलकार बनाउन नगरपालिकाले गुरुयोजना तयार गरिसकेको छ। 

‘केबलकार निर्माण गर्दा यसले स्थानीयको आवतजावत सहज त गर्छ नै, स्थानीय उत्पादनलाई सिलगढीसम्म ल्याउन र सिलगढीबाट आवश्यक वस्तु बगलेक लैजान पनि मद्दत गर्छ,’ उनी भन्छिन्, ‘पर्यटकीय क्षेत्रको रूपमा पनि विकास गर्ने योजना छ। त्यहाँ होम स्टे तथा आधुनिक रिसोर्टहरु समेतको संभाव्यता अध्ययन गरी आवश्यक कार्यक्रम बनाउछौँ। बगलेक क्षेत्रलाई ‘हरित पर्यटकीय क्षेत्र’को रुपमा अगाडि बढाउने योजना छ।’

यहाँका धेरै जनता कृषिमा निर्भर छन्। यहाँ सडकको मात्र नभइ स्वास्थ्य र गुणस्तरीय शिक्षाको पनि समस्या छ। केबलकारले यी समस्या न्यूनीकरणमा सहयोग गर्ने उनी बताउँछिन्। कृषिमा पनि अनुदान दिइएको उनको भनाइ छ। 

३. छाउगोठ भत्काउने अभियान
सुदूरपश्चिम र कर्णालीमा महिनावारी हुँदा महिलालाई छाउगोठमा राख्ने परम्परा छ। यो परम्पराका कारण धेरै महिलाले ज्यानसमेत गुमाएका समाचार बारम्बार आउने गरेका छन्। यो गलत परम्परा हटाउन नगरपालिकाले सबैभन्दा पहिला आफ्नो क्षेत्रमा रहेका छाउगोठको खोजी गरेको थियो।

नगरपालिकाभित्र ३८ वटा छाउगोठ रहेको पाइएको उनी बताउँछिन्। त्यसपछि सामुदायिक प्रहरीसँगको सहकार्यमा यी गोठ भत्काउने अभियान चलाइएको थियो। छाउगोठ रहेका वडा नं. २, ३, ६, ७ र ८ मा यो अभियान चलाइएको उनले बताइन्। 

अझै पनि कतिपय महिला महिनावारी हुँदला गाइबस्तुको गोठमा बस्ने गरेका छन्। ‘अन्धविश्वासका कारण यो समस्याले जरो गाडेको छ,’ उनले भनिन्, ‘यसको समाधानका लागि जनचेतना जोगाउने काम गरिएको छ। यसमा स्थानीयको साथ र पहलकदमी महत्त्वपूर्ण हुन्छ।’ 

४. एक वडा एक ‘बर्थिङ सेन्टर’
दिपायल सिलगढीमा स्वास्थ्य सेवा निकै कमजोर छ। दुर्गम ठाउँबाट बिरामी बोकेर जिल्ला अस्पतालसम्म ल्याउँदा ज्यानै गइसक्ने जोखिम छ। सुरक्षित सुत्केरी गराउने ठाउँ नहुँदा आमा र बच्चा दुवैको ज्यान खतरामा हुन्थ्यो। यो समस्याको समाधानका लागि नगरपालिकाले प्रत्येक वडामा बर्थिङ सेन्टर स्थापना गरेको छ। यसले गर्दा अहिले शिशु मृत्युदर घटेको मञ्जुको भनाइ छ।

५. स्वच्छ खानेपानी 
दिपायल सिलगढी नगरपालिकाको तल्लो भेगबाट सेती नदी बगेको छ। तर, माथि दिपायल बजारमा खानेपानीको अभाव थियो। मञ्जु मेयर भएपछि उनले स्वच्छ खानेपानी वितरणलाई प्राथमिकतामा राखिन्। 

सेती नदीमा बर्खामा पानी धमिलो हुन्छ। कतिपय स्थानीय त्यस्तै पानी पिउन बाध्य थिए। अहिले स्वच्छ खानेपानी कार्यक्रम चलाएपछि त्यो समस्या हल भएको र धेरै ठाउँ खानेपानीको व्यवस्था भएको उनको भनाइ छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  ०९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार गल्छी पुगेका ओलीले बाढीबाट प्रभावित नागरिकसँग भेट गरी उनीहरूका गुनासा सुनेका छन् । उक्त क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल, अ... बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई कसको मातहत राख्ने छलफल गरेर टुङ्ग... बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आगामी शनिबार दिउँसो १ बजे सानेपामा बस्ने जानकारी दिए । बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्