काठमाडौं– वैदेशिक मुद्राको मौज्दात घटिरहँदा फागुनमा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा भने बढेको छ। रेमिटेन्स १७ महिनायताकै फागुनमा सबैभन्दा धेरै आएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
फागुनमा ९१ अर्ब ७ करो रुपैयाँ रेमिटेन्स भित्रिएको छ। माघमा रेमिटेन्स ७१ अर्ब ६७ करोड रुपैयाँ मात्र भित्रिएको थियो।
गत वर्षको यसै अवधिको तुलनामा भने रेमिटेन्स घटेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ।
गत वर्षको यसै अवधिमा भन्दा समीक्षा अवधिमा रेमिटेन्स १.७ प्रतिशतले कमी आई ६३१ अर्ब १९ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५.० प्रतिशतले बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।