काठमाडौं– आकाश श्रेष्ठ र पुजा शर्मा मुख्य भूमिकामा रहेको फिल्म ‘सम्झना बिर्सना’को गीत सार्वजनिक भएको छ। फिल्मको गीत आइतबार ‘बुढासुब्बा डिजिटल’को युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
फिल्मको गीतलाई अञ्जु पन्त र निमेश प्रधानले गाएका छन्। निमेश प्रधानले एरेन्ज गरेका छन्। गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार आकाश र पुजालाई नै फिचर गरिएको छ।
कमल राईको कोरियोग्राफी रहेको छ।
निमेश प्रधानको कथा, निर्देशन र पटकथामा आधारित रहेको फिल्म ‘सम्झना बिर्सना’ आगामी वर्ष जेठ ६ गते प्रदर्शनमा आउँदै छ।
फिल्ममा पुजा र आकाशबाहेक छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर राना लगायतका कलाकारको अभिनय रहेको छ। फिलमलाई अदुत्य प्रधान र रेबेका प्रधानको लगानीमा निर्माण गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।