• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

‘अपहरणकारी’ दुर्गाबहादुर सफाइ प्रकरणमा न्यायाधीशको तर्क– सहिछाप गर्नुमात्रै अकाट्य प्रमाण होइन

'पुरक अभियोगमा समेत प्रमाण जुटाउन नसक्नु त्रुटिपूर्ण'
64x64
नेपाल लाइभ बिहीबार, चैत २४, २०७८  १४:१७
1140x725

काठमाडौं– भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न भएको आरोप लागेका ‘सोले र कुमार’ उपनामले चिनिने दुर्गाबहादुर बुढाथोकीलाई सफाइ दिनुको कारणबारे न्यायाधीश अम्बिकाप्रसाद निरौलाले खुलाएका छन्। 

गत असोज ६ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश निरौलाले बुढाथोकीलाई सफाइ दिएका थिए। अपहरणकारी भएको पुष्टि हुने आधार हुँदाहुँदै सफाइ दिएको भन्दै उक्त फैसलाको विरोध समेत भएको थियो। फैसला भएको ६ महिनापछि पूर्णपाठ सार्वजनिक गर्दै निरौलाले सफाइ दिनुको कारण खुलाएका छन्।

अपहरणकारी नेपाली नागरिक भनेर पेस गरिएका बुढाथोकी नेपाली नै नरहेको र उनी भारतीय नागरिक भएको भन्दै निरौलाले सफाइ दिएका थिए। यो विषय सार्वजनिक भएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट जारी गरिएको बुढाथोकीको नागरिकतासमेत अदालतमा पेस गरेर उनी सर्लाहीको बागमती नगरपालिका– २ का भएको भन्दै प्रमाण जुटाएको थियो। 

तर, अदालतमा बयान दिने क्रममा बुढाथोकीले आफू भारतीय नागरिक प्रकाश क्षेत्री भएको भन्दै भारतीय आधारकार्ड पेस गरेका थिए। त्यसैलाई आधार बनाएर निरौलाको इजलासले सफाइ दिएको थियो। 

निरौलाले सफाइ दिनुको कारणहरु पूर्णपाठमा खुलाएका छन्। ‘कसैलाई दोषी देखाइ कसुरको दाबी लिएपछि दाबी प्रमाणित गर्ने भार पनि वादी पक्षउपर नै रहन्छ भन्ने न्यायिक सिद्धान्त र कानुनी व्यवस्था छ। अदालतले मिसिलमा संलग्न प्रमाणको विवेचना मात्रै गर्ने हो। अभियोग दाबी पुष्टि गर्ने प्रमाण मिसिलमा संलग्न नभए अभियुक्तलाई जसरी पनि दोषी ठहर्‍याउने वा सफाइ दिने उद्देश्यबाट अदालत आफैंले प्रमाणको संकलन र उत्खनन् गर्दै हिँड्ने न्यायिक अभ्यास र प्रचलित कानुनले अनुमति दिँदैन’,  पूर्णपाठमा भनिएको छ। 

त्यस्तै, अभियोगपत्रमा कुनै कुरा उल्लेख गरी सहिछाप गर्दैमा अभियोगपत्रलाई कुनै व्यक्तिविरुद्ध अदालतले सरकारी लिखतजस्तो अकाट्य प्रमाण मानेर फैसलाको आधार बनाउन नसक्ने पनि उल्लेख गरेका छन्। 

अभियोगपत्रमा उल्लेख जस्तो प्रतिवादीको नामथर, ठेगाना खुल्ने कुनै प्रमाण पेस गर्न नसकेको र प्रतिवादी आफैंले नेपाली नागरिक नभई भारतको दार्जेलिङमा बस्ने भारतीय नागरिक प्रकाश क्षेत्री बताएको र सोही अनुसारको कागजात पेस गरेकोले भारतीय आधार मान्दै सफाइ दिएको पूर्णपाठमा उल्लेख गरिएको छ। 

यो पनि पढ्नुहोस्

१३ वर्षअघिको अपहरण घटना : अभियुक्त बुढाथोकीले पाए सफाइ

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३२ को उपदफा (१) को (घ) अनुसार अभियोगपत्र दायर गर्दा अभियुक्तको वास्तविक पहिचान खुल्ने विवरण, फोटो, नागपिरकता, राहदानी, सवारी चालक अनुमति पत्र, वा अन्य परिचयपत्र पेस गर्नुपर्ने हुन्छ। तर, यी कुनै पनि कागजातहरु पेस गर्न नसकेको तर्क न्यायाधीश निरौलाले उल्लेख गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यो घटनामा अनुसन्धान गर्ने प्रहरी र अभियोजन गर्ने सरकारी वकिल कार्यालयले त्रुटी गरेकोतर्फ इंगित गरेका छन्। घटना भएको ११ वर्षपछि पक्राउ परेका व्यक्तिको अभियोग दर्ता गर्दा यकिन परिचय खुलाउन नसक्नु र पुरक अभियोग दर्ता गर्दा समेत प्रमाणहरु पेस गर्न नसक्नु, अझ मौकामा नाम, थर स्पष्ट भएकाले यकिन भएका बखत दाबी लिइने भनि प्रमाण पेस नगरी पुरक अभियोग लगाउनु आफैंमा त्रुटिपूर्ण भएको तर्क  पूर्णपाठमा उल्लेख गरिएको छ। 

अपहरणका अभियुक्त बुढाथोकीलाई गत वर्षको पुस १५ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भारतको दार्जिलिङबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो। 

सीआईबीले बुढाथोकीलाई पक्राउ गरेर सार्वजनिक गरेपछि परिसर काठमाडौंको जिम्मा लगाएको थियो। त्यसबेला काठमाडौं परिसरको कमाण्ड एसएसपी अशोक सिंहले सम्हालिसकेका थिए।

श्रृंखलाबद्ध अपहरणमा संलग्न उदय सेठ्ठी र प्रह्लाद महतको समूहका एक सदस्य भनिएका बुढाथोकीको अनुसन्धान परिसरले गरेको थियो। करिब एक महिना लगाएर अनुसन्धान गरेपछि परिसरले अपहरण तथा शरीर बन्धकको कसूरमा मुद्दा चलाउने रायसहित परिसरका इन्स्पेक्टर नानिकाजी थापाले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस्

अपहरणकारी दुर्गाबहादुरलाई उन्मुक्ति प्रकरण : न्यायाधीशले 'लुकाए' फैसलाको पूर्णपाठ

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरीको प्रतिवेदनका आधारमा सजाय मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, थुनछेक आदेश भएको ९ महिनापछि गत असोज ५ गते न्यायाधीश निरौलाको इजलासले दुर्गाबहादुरलाई रिहा हुने फैसला गरेको थियो। 

को हुन् बुढाथोकी ?
उनले आफू दुर्गाबहादुर बुढाथोकी नभएर प्रकाश क्षेत्री भएको दाबी अदालतमा पेस गरे पनि उनी अपहरणमा संलग्न दुर्गाबहादुर बुढाथोकी नै हुन्। बुढाथोकीले जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट ५४९८०३०१ नम्बरको नागरिकता लिएको प्रमाण समेत प्रहरीले जुटाइसकेको छ। 

बुढाथोकीको अपहरणका अर्का नाइके प्रल्हाद महतसँग राम्रै चिनजान थियो। त्यसबेला बुढाथोकीको पेसा थियो– चोरी। मोटरसाइकल चोरी गरेर बुढाथोकीले प्रल्हाद महतको समूहलाई दिने गर्थे। बानेश्वरस्थित एभरेस्ट होटलको पार्किङबाट मोटरसाइकल चोरी गरेपछि २०६४ वैशाख २५ गते पहिलोपटक बुढाथोकी पक्राउ परेका थिए। 

चोरीबाट छुटेपछि बुढाथोकी, प्रल्हादमार्फत अपहरणको धन्दासम्म पुगेको प्रहरीको भनाइ छ।

यो पनि पढ्नुहोस्

१२ वर्षसम्म प्रहरी छलेका अपहरणकारीको हिरासत यात्रा

२०६५ पुस १ गते भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरण भएको थियो। मारुती भ्यानमा हालेर ४/५ जनाको समूहले मुखमा पट्टी बाँधेर रावलको अपहरण गरेको थियो। पछि अपहरणमा प्रयोग भएको मारुती भ्यान कान्ति बाल अस्पतालको पार्किङबाट प्रहरीले बरामद गरेको थियो। यो अपहरणबारे प्रहरीले त्यसबेला मात्रै थाहा पायो, जति बेला बाबुराजा अपहरणमुक्त भइसकेका थिए। 

यही अपहरण घटनाको अनुसन्धानका सिलसिलामा अपहरणकारीका नाइके भारतीय नागरिक उदय सेट्टीलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको थियो। ‘अपहरणका मुख्य नाइके सेट्टी भएकाले उनैको टिमले बाबुराजाको अपहरण गरेको हुनुपर्छ भन्ने हाम्रो विश्लेषण थियो,’ एक पूर्वप्रहरी निरीक्षक भन्छन्, ‘तर, पछि बाबुराजाको अपहरणमा सेट्टीको संलग्नता नरहेको पाइयो। सेट्टीले बाबुराजाको अपहरण अस्वीकार गरेका थिए।’

प्रहरीको अनुसन्धानका क्रममा सेट्टीले नै  बाबुराजाको अपहरणमा प्रल्हादको संलग्नता हुन सक्ने बताएका थिए। 

यो पनि पढ्नुहोस्

दुर्गाबहादुर बुढाथोकीले सफाइ पाएको प्रकरणबारे अनुसन्धान गर्न समिति गठन

प्रल्हाद सुरु सुरुमा सेट्टीकै समूहमा रहेर अपहरणको धन्दा चलाउँथे। अपहरणमा प्रयोग हुने चोरीका गाडी, मोटरसाइकल प्रल्हादले हाल जिल्ला अदालतको आदेशबाट छुटेका बुढाथोकीमार्फत बन्दोबस्त गर्थे।

त्यसपछि बाबुराजाको अपहरणमा प्रल्हादसँगै विष्णु जिसी, सोले र कुमार भन्ने दुर्गाबहादुर बुढाथोकी, बंगुरे भन्ने विकास कार्की, सोल्टी भन्ने टासी गुरुङ, विनोद कार्की, अनिल गुरूङको संलग्नता रहेको खुलेको थियो। 

फिरौतीबापतको केही रकम बुढाथोकीले पनि लिएको प्रहरी दाबी छ। उक्त रकम लिएर फरार भएका उनी भारत छिर्न सफल भएका थिए। १२ वर्षदेखि भारतमा लुकेर बस्दै आएका बुढाथोकी आफ्नो परिचय बदलेर बसेका थिए। दार्जिलिङमा प्रकाश क्षेत्री नामले परिचित बुढाथोकीले सोही नामबाट राशन कार्डसमेत लिइसकेका थिए। 

यस्तो छ फैसलाको पूर्णपाठ :

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर)
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी
सम्बन्धित सामग्री
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्