• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
बाबुराजा अपहरण काण्ड

१२ वर्षसम्म प्रहरी छलेका अपहरणकारीको हिरासत यात्रा

मोटरसाइकल चोरीदेखि मानव अपहरणकारीसम्म!
64x64
नारायण अधिकारी बुधबार, पुस १५, २०७७  १९:३१
1140x725

काठमाडौं- भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरण काण्डका एक अभियुक्त 'सोलेर कुमार' भनिने दुर्गाबहादुर बुढाथोकी १२  वर्षपछि पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुढाथोकीलाई पक्राउ गरेको हो।

सिआइबीले बुढाथोकीलाई भारतको दार्जिलिङबाट पक्राउ गरी काठमाडौं ल्याएको छ। सोही अपहरण काण्डमा संलग्न भएका केही व्यक्ति अहिले पनि जेलमै छन्। तर बुढाथोकी भने अहिलेसम्म फरार हुन सफल भएका थिए।

बुढाथोकी एकपटक पक्राउ परेर पनि हिरासत ब्रेक गरी फरार भएका थिए भने एकपटक प्रहरीको पन्जा फुत्किएका थिए। अहिलेसम्म जोगिएर बसेका बुढाथोकी अन्ततः दार्जिलिङबाट पक्राउ परेका हुन्।

000

३८ वर्षीय बुढाथोकीको स्थायी ठेगाना सर्लाहीको साविक ढुंग्रेखोला गाविस-५, हाल हरिवन नगरपालिका-९ हो। सर्लाहीकै भएकाले बुढाथोकीको अपहरणका अर्का नाइके प्रल्हाद मतहसँग राम्रै चिनजान थियो।

उसबेला बुढाथोकीको पेसा थियो, चोरी। मोटरसाइकल चोरी गर्ने र प्रल्हादको समूहलाई दिने गर्थे बुढाथोकी। बानेश्वरस्थित एभरेस्ट होटलको पार्किङबाट मोटरसाइकल चोरी गरेपछि २०६४ वैशाख २५ गते पहिलो पल्ट बुढाथोकी पक्राउ परेका थिए। 

पक्राउपछि महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएका उनी हिरासतको ग्रिल नै फोडेर फरार हुन सफल भएका थिए। उनै मोटरसाइकल चोरीको काम गर्ने बुढाथोकी प्रल्हादमार्फत् अपहरणको धन्दासम्म पुगेको पाइएको सिआइबीका डिआइजी सहकुल थापा बताउँछन्। 

सेट्टीबाट खुलेको थियो बाबुराजा अपहरणको रहस्य
माओवादी द्वन्द्व सकिएपछिका केही वर्ष भने नेपालमा अपहरणजस्ता जघन्य अपराधको ग्राफ उकालोलाग्दो थियो। बाबुराजाको अपहरण हुनभन्दा झन्डै एक वर्षअघि अपहरणका मुख्य नाइके अमर टन्डन पक्राउ परिसकेका थिए। उनी पक्राउ परेपनि उनका सहयोगी उदय सेट्टीले अपहरणको धन्दालाई जारी राखेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

२०६५ पुस १ गते भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरण भयो। मारुती गाडीमा हालेर ४/५ जनाको समूहले मुखमा पट्टी बाँधेर रावलको अपहरण गरेको थियो। पछि अपहरणमा प्रयोग भएको मारुती भ्यान कान्ति बाल अस्पतालको पार्किङबाट प्रहरीले बरामद गरेको थियो।

यो अपहरणबारे प्रहरीले त्यसबेला मात्रै थाहा पायो, जति बेला बाबुराजा अपहरणमुक्त भइसकेका थिए। 

यही अपहरण घटनाको अनुसन्धानका सिलसिलामा अपहरणकारीका नाइके भारतीय नागरिक उदय सेट्टीलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको थियो। ‘अपहरणका मुख्य नाइके सेट्टी भएकाले उनैको टिमले बाबुराजाको अपहरण गरेको हुनुपर्छ भन्ने हाम्रो विश्लेषण थियो,’ एक पूर्व प्रहरी निरीक्षक भन्छन्, ‘तर पछि बाबुराजाको अपहरणमा सेट्टीको संलग्नता नरहेको पाइयो। सेट्टीले बाबुराजाको अपहरण अस्वीकार गरेका थिए।’

प्रहरीको अनुसन्धानका क्रममा सेट्टीले नै  बाबुराजाको अपहरणमा प्रल्हादको संलग्नता हुन सक्ने बताएका थिए। त्यसअघिसम्म प्रल्हादबारे प्रहरी अनविज्ञ थियो। एक पूर्व प्रहरी निरीक्षक भन्छन्, ‘सेट्टीले नै प्रल्हादको नाम लिएपछि बाबुराजाको अपहरणको गुत्थी खुलेको थियो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रल्हाद सुरु सुरुमा सेट्टीकै समूहमा रहेर अपहरणको धन्दा चलाउँथे। अपहरणमा प्रयोग हुने चोरीका गाडी, मोटरसाइकल प्रल्हादले नै १२ वर्षपछि पक्राउ परेका बुढाथोकीमार्फत् बन्दोबस्त गर्थे।

प्रल्हाद पनि यसअघि नै चोरीको मोटरसाइकलसहित पक्राउ परिसकेका व्यक्ति हुन्। सेट्टीले प्रल्हादको नाम लिएपछि प्रहरीलाई महत्वपूर्ण क्लु फेला परेको थियो। त्यसपछि सेट्टीमार्फत् नै प्रहरी प्रल्हादसम्म पुगेको थियो।

त्यसपछि बाबुराजाको अपहरणमा प्रल्हादसँगै विष्णु जिसी, सोलेर कुमार भन्ने दुर्गा बहादुर बुढाथोकी, बंगुरे भन्ने विकास कार्की, सोल्टी भन्ने टासी गुरुङ, विनोद कार्की, अनिल गुरूङको संलग्नता रहेको खुलेको थियो। 

पाक्दै गरेको खाना छाडेर उम्केका बुढाथोकी
सेट्टीमार्फत् प्रल्हादको विवरण प्रहरीले केलाउन सुरु गरेको थियो। तर सेट्टीले प्रल्हादको कोठा आफूले नदेखेको बताए। ‘कहाँ छ प्रल्हादको कोठा मलाई थाहा छैन। तर मैले फोन गरेँ भने प्रल्हादले भेट्न सक्छ,’ त्यसबेला प्रहरीसँग सेट्टीले भनेका थिए।

प्रहरीले सेट्टीलाई मोटरसाइकलसहित पक्राउ गरेको थियो। त्यो मोटरसाइकल प्रल्हादबाटै सेट्टीले लिएका थिए। प्रहरीकै योजनाअनुसार सेट्टीले फोनमार्फत् प्रल्हादलाई मोटरसाइकल लिन बोलाए। त्यसबेलै प्रहरीले प्रल्हादलाई पक्राउ गर्न सफल भएको थियो।

सुरुमा प्रल्हादले बाबुराजाको अपहरण आफूले नगरेको दाबी गरे। पक्राउको केही घण्टापछि भने उनले अपहरण गरेको स्वीकार मात्रै गरेनन्, अपहरण गरेर राखिएको घरसम्म देखाउन तयार भए। 

लोकेसन थियो- महाराजगञ्ज।

अपहरण गरेर बन्धक बनाइराखेको महाराजगञ्जस्थित घरसम्म प्रहरी पुग्यो। उनीहरु घर पुग्नुभन्दा केही मिनेट पहिले नै उक्त घरबाट एक व्यक्ति फरार भए। ती फरार भएका व्यक्ति बुढाथोकी नै थिए। उनै बुढाथोकीलाई प्रहरीले १२ वर्षपछि भारतबाट पक्राउ गरेको हो।

‘हामी महाराजगञ्जस्थित उक्त घर पुगेर छापा मार्दा भात बसाइराखेको थियो। तरकारी पाक्दै थियो,’ त्यसबेलाको घटना सम्झँदै एक प्रहरी अधिकारीले नेपाल लाइभसँग सुनाए, ‘सेट्टीलाई भेट्न गएका बेला प्रल्हादले बुढाथोकीलाई भनेका रहेछन्- म १ घण्टासम्म पनि आइनँ र फोनमा पनि सम्पर्क भएन भने बुझ्नु म एरेस्ट (पक्राउ पर्नु) पनि भएको हुन सक्छु। त्यतिन्जेल तँ ठाउँ चेन्ज गरिसक्नु।’

नभन्दै प्रल्हादले भनेजस्तै भयो। उनी पक्राउ परे। घण्टा बितिसक्दा पनि कोठामा फर्किएनन् र फोन पनि लागेन। त्यसपछि आफू पनि पक्राउ पर्न सक्ने लख काटेका बुढाथोकीले पाक्दै गरेको भात छाडेर फरार भएका थिए।

दार्जिलिङमै घरजम
फिरौती बापत लिएको रकम प्रल्हादको प्रेमिकासँग भएको हुनुपर्ने प्रहरीको विश्लेषण थियो। प्रल्हादकी प्रेमिकालाई ल्याएर प्रहरीले अनुसन्धान पनि गरेको थियो। तर प्रेमिकाले उक्त रकम नराखेको पाइएको थियो। फिरौतीबापतको २५-३० लाख रुपैयाँ भने बुढाथोकीसँगै थियो। उक्त रकम लिएर फरार भएका उनी भारत छिर्न सफल भएका थिए।

१२ वर्षदेखि भारतमा लुकेर बस्दै आएका बुढाथोकी आफ्नो परिचय बदलेर बसेका थिए। दार्जिलिङमा प्रकाश क्षेत्री नामले परिचित बुढाथोकीले सोही नामबाट राशन कार्डसमेत लिइसकेका पाइएको छ।

प्रकाश क्षेत्री नामकै कपडाको होलसेल पसल सञ्चालन गरेर बसेका उनलाई दार्जिलिङबाट सिआइबीको विशेष टोलीले पक्राउ गरेको हो। यद्यपि उनीमाथिको अपहरणको आरोप भने पुष्टि हुनै बाँकी छ। अदालतले अपहरण काण्डमा उनलाई सजाय सुनाइसकेको छैन। 

बुढाथोकीलाई अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सिआइबीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्