• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ७, २०८२ Fri, Oct 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
बाबुराजा अपहरण काण्ड

१२ वर्षसम्म प्रहरी छलेका अपहरणकारीको हिरासत यात्रा

मोटरसाइकल चोरीदेखि मानव अपहरणकारीसम्म!
64x64
नारायण अधिकारी बुधबार, पुस १५, २०७७  १९:३१
1140x725

काठमाडौं- भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरण काण्डका एक अभियुक्त 'सोलेर कुमार' भनिने दुर्गाबहादुर बुढाथोकी १२  वर्षपछि पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुढाथोकीलाई पक्राउ गरेको हो।

सिआइबीले बुढाथोकीलाई भारतको दार्जिलिङबाट पक्राउ गरी काठमाडौं ल्याएको छ। सोही अपहरण काण्डमा संलग्न भएका केही व्यक्ति अहिले पनि जेलमै छन्। तर बुढाथोकी भने अहिलेसम्म फरार हुन सफल भएका थिए।

बुढाथोकी एकपटक पक्राउ परेर पनि हिरासत ब्रेक गरी फरार भएका थिए भने एकपटक प्रहरीको पन्जा फुत्किएका थिए। अहिलेसम्म जोगिएर बसेका बुढाथोकी अन्ततः दार्जिलिङबाट पक्राउ परेका हुन्।

000

३८ वर्षीय बुढाथोकीको स्थायी ठेगाना सर्लाहीको साविक ढुंग्रेखोला गाविस-५, हाल हरिवन नगरपालिका-९ हो। सर्लाहीकै भएकाले बुढाथोकीको अपहरणका अर्का नाइके प्रल्हाद मतहसँग राम्रै चिनजान थियो।

उसबेला बुढाथोकीको पेसा थियो, चोरी। मोटरसाइकल चोरी गर्ने र प्रल्हादको समूहलाई दिने गर्थे बुढाथोकी। बानेश्वरस्थित एभरेस्ट होटलको पार्किङबाट मोटरसाइकल चोरी गरेपछि २०६४ वैशाख २५ गते पहिलो पल्ट बुढाथोकी पक्राउ परेका थिए। 

पक्राउपछि महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएका उनी हिरासतको ग्रिल नै फोडेर फरार हुन सफल भएका थिए। उनै मोटरसाइकल चोरीको काम गर्ने बुढाथोकी प्रल्हादमार्फत् अपहरणको धन्दासम्म पुगेको पाइएको सिआइबीका डिआइजी सहकुल थापा बताउँछन्। 

सेट्टीबाट खुलेको थियो बाबुराजा अपहरणको रहस्य
माओवादी द्वन्द्व सकिएपछिका केही वर्ष भने नेपालमा अपहरणजस्ता जघन्य अपराधको ग्राफ उकालोलाग्दो थियो। बाबुराजाको अपहरण हुनभन्दा झन्डै एक वर्षअघि अपहरणका मुख्य नाइके अमर टन्डन पक्राउ परिसकेका थिए। उनी पक्राउ परेपनि उनका सहयोगी उदय सेट्टीले अपहरणको धन्दालाई जारी राखेका थिए।

Ncell 2
Ncell 2

२०६५ पुस १ गते भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरण भयो। मारुती गाडीमा हालेर ४/५ जनाको समूहले मुखमा पट्टी बाँधेर रावलको अपहरण गरेको थियो। पछि अपहरणमा प्रयोग भएको मारुती भ्यान कान्ति बाल अस्पतालको पार्किङबाट प्रहरीले बरामद गरेको थियो।

यो अपहरणबारे प्रहरीले त्यसबेला मात्रै थाहा पायो, जति बेला बाबुराजा अपहरणमुक्त भइसकेका थिए। 

यही अपहरण घटनाको अनुसन्धानका सिलसिलामा अपहरणकारीका नाइके भारतीय नागरिक उदय सेट्टीलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको थियो। ‘अपहरणका मुख्य नाइके सेट्टी भएकाले उनैको टिमले बाबुराजाको अपहरण गरेको हुनुपर्छ भन्ने हाम्रो विश्लेषण थियो,’ एक पूर्व प्रहरी निरीक्षक भन्छन्, ‘तर पछि बाबुराजाको अपहरणमा सेट्टीको संलग्नता नरहेको पाइयो। सेट्टीले बाबुराजाको अपहरण अस्वीकार गरेका थिए।’

प्रहरीको अनुसन्धानका क्रममा सेट्टीले नै  बाबुराजाको अपहरणमा प्रल्हादको संलग्नता हुन सक्ने बताएका थिए। त्यसअघिसम्म प्रल्हादबारे प्रहरी अनविज्ञ थियो। एक पूर्व प्रहरी निरीक्षक भन्छन्, ‘सेट्टीले नै प्रल्हादको नाम लिएपछि बाबुराजाको अपहरणको गुत्थी खुलेको थियो।’

प्रल्हाद सुरु सुरुमा सेट्टीकै समूहमा रहेर अपहरणको धन्दा चलाउँथे। अपहरणमा प्रयोग हुने चोरीका गाडी, मोटरसाइकल प्रल्हादले नै १२ वर्षपछि पक्राउ परेका बुढाथोकीमार्फत् बन्दोबस्त गर्थे।

प्रल्हाद पनि यसअघि नै चोरीको मोटरसाइकलसहित पक्राउ परिसकेका व्यक्ति हुन्। सेट्टीले प्रल्हादको नाम लिएपछि प्रहरीलाई महत्वपूर्ण क्लु फेला परेको थियो। त्यसपछि सेट्टीमार्फत् नै प्रहरी प्रल्हादसम्म पुगेको थियो।

त्यसपछि बाबुराजाको अपहरणमा प्रल्हादसँगै विष्णु जिसी, सोलेर कुमार भन्ने दुर्गा बहादुर बुढाथोकी, बंगुरे भन्ने विकास कार्की, सोल्टी भन्ने टासी गुरुङ, विनोद कार्की, अनिल गुरूङको संलग्नता रहेको खुलेको थियो। 

पाक्दै गरेको खाना छाडेर उम्केका बुढाथोकी
सेट्टीमार्फत् प्रल्हादको विवरण प्रहरीले केलाउन सुरु गरेको थियो। तर सेट्टीले प्रल्हादको कोठा आफूले नदेखेको बताए। ‘कहाँ छ प्रल्हादको कोठा मलाई थाहा छैन। तर मैले फोन गरेँ भने प्रल्हादले भेट्न सक्छ,’ त्यसबेला प्रहरीसँग सेट्टीले भनेका थिए।

प्रहरीले सेट्टीलाई मोटरसाइकलसहित पक्राउ गरेको थियो। त्यो मोटरसाइकल प्रल्हादबाटै सेट्टीले लिएका थिए। प्रहरीकै योजनाअनुसार सेट्टीले फोनमार्फत् प्रल्हादलाई मोटरसाइकल लिन बोलाए। त्यसबेलै प्रहरीले प्रल्हादलाई पक्राउ गर्न सफल भएको थियो।

सुरुमा प्रल्हादले बाबुराजाको अपहरण आफूले नगरेको दाबी गरे। पक्राउको केही घण्टापछि भने उनले अपहरण गरेको स्वीकार मात्रै गरेनन्, अपहरण गरेर राखिएको घरसम्म देखाउन तयार भए। 

लोकेसन थियो- महाराजगञ्ज।

अपहरण गरेर बन्धक बनाइराखेको महाराजगञ्जस्थित घरसम्म प्रहरी पुग्यो। उनीहरु घर पुग्नुभन्दा केही मिनेट पहिले नै उक्त घरबाट एक व्यक्ति फरार भए। ती फरार भएका व्यक्ति बुढाथोकी नै थिए। उनै बुढाथोकीलाई प्रहरीले १२ वर्षपछि भारतबाट पक्राउ गरेको हो।

‘हामी महाराजगञ्जस्थित उक्त घर पुगेर छापा मार्दा भात बसाइराखेको थियो। तरकारी पाक्दै थियो,’ त्यसबेलाको घटना सम्झँदै एक प्रहरी अधिकारीले नेपाल लाइभसँग सुनाए, ‘सेट्टीलाई भेट्न गएका बेला प्रल्हादले बुढाथोकीलाई भनेका रहेछन्- म १ घण्टासम्म पनि आइनँ र फोनमा पनि सम्पर्क भएन भने बुझ्नु म एरेस्ट (पक्राउ पर्नु) पनि भएको हुन सक्छु। त्यतिन्जेल तँ ठाउँ चेन्ज गरिसक्नु।’

नभन्दै प्रल्हादले भनेजस्तै भयो। उनी पक्राउ परे। घण्टा बितिसक्दा पनि कोठामा फर्किएनन् र फोन पनि लागेन। त्यसपछि आफू पनि पक्राउ पर्न सक्ने लख काटेका बुढाथोकीले पाक्दै गरेको भात छाडेर फरार भएका थिए।

दार्जिलिङमै घरजम
फिरौती बापत लिएको रकम प्रल्हादको प्रेमिकासँग भएको हुनुपर्ने प्रहरीको विश्लेषण थियो। प्रल्हादकी प्रेमिकालाई ल्याएर प्रहरीले अनुसन्धान पनि गरेको थियो। तर प्रेमिकाले उक्त रकम नराखेको पाइएको थियो। फिरौतीबापतको २५-३० लाख रुपैयाँ भने बुढाथोकीसँगै थियो। उक्त रकम लिएर फरार भएका उनी भारत छिर्न सफल भएका थिए।

१२ वर्षदेखि भारतमा लुकेर बस्दै आएका बुढाथोकी आफ्नो परिचय बदलेर बसेका थिए। दार्जिलिङमा प्रकाश क्षेत्री नामले परिचित बुढाथोकीले सोही नामबाट राशन कार्डसमेत लिइसकेका पाइएको छ।

प्रकाश क्षेत्री नामकै कपडाको होलसेल पसल सञ्चालन गरेर बसेका उनलाई दार्जिलिङबाट सिआइबीको विशेष टोलीले पक्राउ गरेको हो। यद्यपि उनीमाथिको अपहरणको आरोप भने पुष्टि हुनै बाँकी छ। अदालतले अपहरण काण्डमा उनलाई सजाय सुनाइसकेको छैन। 

बुढाथोकीलाई अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सिआइबीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ... खतिवडाले भने, 'नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लागाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ। रातको १२ बज... मंगलबार, असोज २८, २०८२
वीरगञ्जमा दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाउने बताए। मंगलबार, असोज २८, २०८२
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी... सोमबार, असोज २७, २०८२
ताजा समाचारसबै
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने शुक्रबार, कात्तिक ७, २०८२
बाहिर हल्ला भएजस्तो म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन:मन्त्री घिसिङ शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण बिहीबार, कात्तिक ६, २०८२
आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ मा बिहीबार, कात्तिक ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाहिर हल्ला भएजस्तो म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन:मन्त्री घिसिङ शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण बिहीबार, कात्तिक ६, २०८२
हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना बन्ने शुक्रबार, कात्तिक ७, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्