काठमाडौँ – गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । गत ५ वैशाखमा अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी उनले शुक्रबार वारिसमार्फत जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेकी हुन् ।
चौहानले सम्बन्धविच्छेदको मुद्दामा सापकोटाले आफ्नो चरित्रमाथि धेरै शङ्का गरेको, काममा बाधा दिएको र शङ्का गरेको आरोप लगाएकी छन् । मानाचामल नलिने गरी मुद्दा दायर गरेकी उनले बिहे गर्दाका गरगहना भने फिर्ता नगर्ने बताएकी छन् । सापकोटा र चौहानबीच प्रेम सम्बन्धपछि बिहे भएको एक बर्ष नपुग्दै सम्बन्धी विग्रिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।