• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अपहरणकारी दुर्गाबहादुरलाई उन्मुक्ति प्रकरण : न्यायाधीशले 'लुकाए' फैसलाको पूर्णपाठ

64x64
नारायण अधिकारी शुक्रबार, पुस ९, २०७८  ०९:३२
1140x725

काठमाडौं– काठमाडौंमा १३ वर्ष पहिले भएको एक अपहरण घटनाका अभियुक्तलाई अदालतले निर्दोष ठहर गर्ने फैसला गरेको तीन महिना बितिसकेको छ। प्रसंग भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावल अपहरण घटनाका एक अभियुक्तको हो। तर, यो विवादास्पद फैसला गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीशले फैसलाको पूर्णपाठ नै तयार गरेका छैनन्।

बयानका क्रममा अपराध स्वीकार गरिसकेका ‘सोले र कुमार’ भनेर चिनिने दुर्गाबहादुर बुढाथोकीलाई काठमाडौं जिल्ला अदालतले निर्षोष ठहर गरेको थियो। 

अदालतसमक्ष पेस भएका दुर्गाबहादुर 'दुर्गाबहादुर बुढाथोकी' नै हुन् भन्ने कागजातबाट पुष्टि हुन नआएको भन्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको गत असोज ५ गतेको इजलासले निर्दोष ठहर गरेको थियो। अदालतको उक्त आदेशपछि अपराध समेत स्वीकारेका बुढाथोकी पुर्पक्षका लागि कैद बसेको ९ महिनाछि रिहा भएका थिए। 

यो फैसला निकै विवादमा पर्‍यो। बुढाथोकी निर्दोष ठहर हुने फैसला सुनाएको केही दिनमै त्यसको पूर्णपाठ तयार भइसकेको जनाइएको थियो। अदालतले केही दिनमै पूर्णपाठ सार्वजनिक गरिने पनि जनाएको थियो। 

तर, फैसलाका सन्दर्भमा उठेका टिप्पणीका कारण पूर्णपाठ सार्वजनिक गर्न ढिलाइ गरिएको छ। बुढाथोकीलाई निर्दोष भनेर गरेको फैसलाको विरोध भएपछि फैसलाको राय किताब समेत फाँटबाट न्यायाधीश निरौलाले आफ्नो ड्रयरमा राखेका थिए। राय किताब समेत त्यसबेलै आफ्नो निजी ड्रयरमा राखेका निरौलाले तयारी अवस्थामा रहेको फैसला समेत अहिलेसम्म सार्वजनिक गरेका छैनन्। 

३ महिनासम्म पनि पूर्णपाठ सार्वजनिक नहुँदा उक्त मुद्दाको पुनरावलोकनको प्रक्रिया समेत अवरुद्ध भएको छ।

सामान्यतया फैसला भएको १५ दिनभित्र पूर्णपाठ सार्वजनिक गर्ने प्रचलन छ। माओवादी केन्द्रका नेता तथा तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार आरोपसँग सम्बन्धित मुद्दाको पूर्णपाठ फैसला गरेकै दिन काठमाडौं जिल्ला अदालतले सार्वजनिक गरेको थियो। फैसला गरेकै दिन पूर्णपाठ सार्वजनिक गर्ने अदालतले बुढाथोकीको फैसलाको पूर्णपाठ भने ३ महिना बितिसक्दा पनि सार्वजनिक गरेको छैन। 

काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार फैसलाको पूर्णपाठ न्यायाधीश निरौलाले 'लुकाएर' राखेका छन्। ‘बयानमा अपराध स्वीकार गरिसकेका अभियुक्तलाई निर्दोष भनेर फैसला गरेको भनेर त्यसबेला चौतर्फी विरोध भएको थियो। तत्कालै पूर्णपाठ आएपछि झन् विरोध हुने भएकाले घटना सेलाएपछि सार्वजनिक गर्न खोजिएकाले न्यायाधीशबाट ढिलो गरिएको हुनुपर्छ,’ अदालत स्रोतले नेपाल लाइभसँग भन्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

न्यायाधीश निरौलाले नेपाली नागरिक बुढाथोकीलाई नेपाली नागरिक नै नभएको र उनी भारतीय भएको भनेर निर्दोष भन्दै उन्मुक्ति दिएका थिए। तर, निरौलाको इजलासले उनी नेपाली नागरिक हुन् वा होइनन् भनेर बुझ्न समेत पठाएको थिएन। बुढाथोकी आफैंले इजलासमा पेस गरेको भारतीय नागरिक जनाउने परिचयपत्रका आधारमा निरौलाले उनलाई निर्दोष ठहर गर्ने फैसला सुनाएका थिए। जबकि बुढाथोकीले अपराध स्वीकार गरेको साबिती बयानको भिडियो समेत अदालतमा पेस भएको थियो। 

यसरी उन्मुक्ति पाएपछि अभियुक्त बुढाथोकीले नेपाल छाडिसकेका थिए। उनी आफ्नो हुलिया परिवर्तत गर्दै नेपालको सीमा नाका कटेर भारत पुगिसकेको प्रहरी अधिकारीले त्यसबेला बताएका थिए।

दोषी हुँदाहुँदा कागजात माग गरेर पुष्टि गर्नुको साटो निर्दोष भनेर रिहा गरेको पाइएपछि जिल्ला सरकारी वकिल कार्यालयले त्यसबला नै न्यायाधीश निरौलाको फैसलाविरुद्ध पुनरालोकनमा जाने निर्णय गरेको थियो। पुनरालोकनमा जानका लागि फैसलाको पूर्णपाठ आउनुपर्ने हुन्छ। फैसलाको पूर्णपाठ आए/नआएको बारे जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अधिकारीहरु जिल्ला अदालत धाउने गरेका छन्। 

तर, अदालतबाट भने पूर्णपाठ तयार नभएको भन्ने जवाफ आएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख (सहन्यायाधिवक्ता) गंगाप्रसाद पौडेलले जानकारी दिए। 'पुनरावलोकनका लागि हामी फैसला पर्खिरहेका छौं। फैसला तयार नभएको भन्ने जानकारी अदालतबाट पाएका छौं,' पौडेलले नेपाल लाइभसँग भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फैसलाको पूर्णपाठ प्राप्त भएलगत्तै उच्च अदालत पाटनमा पुनरावलोकनका लागि जाने पौडेलले बताए।  

अपहरणका अभियुक्त बुढाथोकीलाई गत वर्षको पुस १५ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भारतको दार्जिलिङबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो।  

सीआईबीले बुढाथोकीलाई पक्राउ गरेर सार्वजनिक गरेपछि परिसर काठमाडौंको जिम्मा लगाएको थियो। त्यसबेला काठमाडौं परिसरको कमाण्ड एसएसपी अशोक सिंहले सम्हालिसकेका थिए। श्रृंखलाबद्ध अपहरणमा संलग्न उदय सेठ्ठी र प्रह्लाद महतको समूहका एक सदस्य भनिएका बुढाथोकीको अनुसन्धान परिसरले गरेको थियो। करिब एक महिना लगाएर अनुसन्धान गरेपछि परिसरले अपहरण तथा शरीर बन्धकको कसूरमा मुद्दा चलाउने रायसहित परिसरका इन्स्पेक्टर नानिकाजी थापाले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएका थिए। 

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरीको प्रतिवेदनका आधारमा सजाय मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, थुनछेक आदेश भएको ९ महिनापछि गत असोज ५ गते न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले दुर्गाबहादुरलाई रिहा हुने फैसला गरेको थियो। 

पक्राउ परेका व्यक्ति दुर्गाबहादुर नै हुन् भन्ने प्रमाण नभएको, उनले आफू भारतीय नागरिक रहेको बताएको र सोही अनुसारको कागजात समेत पेस गरेको भनेर दुर्गाबहादुर निर्दोष ठहर हुने फैसला गरिएको थियो। 

प्रहरीले बुढाथोकीको ठेगाना सर्लाहीको बागमती नगरपालिका– २ रहेको उल्लेख गरेको थियो। तर, मिसिलमा त्यसको प्रमाण थिएन। अभियुक्त बुढाथोकीले न्यायाधीशसामू आफू नेपाली नरहेको र भारतीय नागरिक रहेको दाबी गरेका थिए। तर, न्यायाधीशले सरकारी वकिल कार्यालयसँग उनी कहाँका नागरिक हुन् भन्ने प्रमाण पुग्ने कागजात मागेनन्। अभियुक्तकै दाबीलाई आधार मान्दै न्यायाधीश निरौलालले उनी भारतीय नागरिक भएको भन्दै निर्दोष ठहर हुने फैसला सुनाए। 

जिल्ला अदालतले बुढाथोकी नेपाली नागरिक नभएको भन्ने 'आधार' देखाएर उनलाई निर्दोष ठहर गर्ने फैसला गरेपछि प्रहरीले उनी नेपाली नागरिक नै हुन् भन्ने प्रमाण जुटाइसकेको छ। बुढाथोकीले जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट ५४९८०३०१ नम्बरको नागरिकता लिएको प्रमाण प्रहरीले पेस गरिसकेको छ। 

न्यायाधीश निरौलाले प्रहरीसमक्ष आफ्नो अपहरण बुढाथोकीले नै गरेका हुन् भनेर सनाखत गर्ने पीडित बाबुराजा रावलको बयान समेत नलिइ छाडेका थिए। 

को हुन् बुढाथोकी ?
प्रहरीका अनुसार उनले आफू दुर्गाबहादुर बुढाथोकी नभएर प्रकाश क्षेत्री भएको दाबी अदालतमा पेस गरे पनि उनी अपहरणमा संलग्न दुर्गाबहादुर बुढाथोकी नै हुन्।

उनी सर्लाहीका स्थानीय हुन्। सर्लाहीकै भएकाले बुढाथोकीको अपहरणका अर्का नाइके प्रल्हाद महतसँग राम्रै चिनजान थियो। त्यसबेला बुढाथोकीको पेसा थियो– चोरी। मोटरसाइकल चोरी गरेर बुढाथोकीले प्रल्हादको समूहलाई दिने गर्थे। बानेश्वरस्थित एभरेस्ट होटलको पार्किङबाट मोटरसाइकल चोरी गरेपछि २०६४ वैशाख २५ गते पहिलोपटक बुढाथोकी पक्राउ परेका थिए।

पक्राउपछि महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएका उनी हिरासतको ग्रिल नै तोडेर फरार भएका थिए। उनै मोटरसाइकल चोरीको काम गर्ने बुढाथोकी, प्रल्हादमार्फत् अपहरणको धन्दासम्म पुगेको पाइएको प्रहरीको दाबी छ।

माओवादी द्वन्द्व सकिएपछिका केही वर्ष भने नेपालमा अपहरणजस्ता जघन्य अपराधको ग्राफ उकालोलाग्दो थियो। बाबुराजाको अपहरण हुनभन्दा झण्डै एक वर्षअघि अपहरणका मुख्य नाइके अमर टण्डन पक्राउ परिसकेका थिए। उनी पक्राउ परे पनि उनका सहयोगी उदय सेट्टीले अपहरणको धन्दालाई जारी राखेका थिए।

२०६५ पुस १ गते भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरण भएको थियो। मारुती भ्यानमा हालेर ४/५ जनाको समूहले मुखमा पट्टी बाँधेर रावलको अपहरण गरेको थियो। पछि अपहरणमा प्रयोग भएको मारुती भ्यान कान्ति बाल अस्पतालको पार्किङबाट प्रहरीले बरामद गरेको थियो। यो अपहरणबारे प्रहरीले त्यसबेला मात्रै थाहा पायो, जति बेला बाबुराजा अपहरणमुक्त भइसकेका थिए। 

यही अपहरण घटनाको अनुसन्धानका सिलसिलामा अपहरणकारीका नाइके भारतीय नागरिक उदय सेट्टीलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको थियो। ‘अपहरणका मुख्य नाइके सेट्टी भएकाले उनैको टिमले बाबुराजाको अपहरण गरेको हुनुपर्छ भन्ने हाम्रो विश्लेषण थियो,’ एक पूर्व प्रहरी निरीक्षक भन्छन्, ‘तर, पछि बाबुराजाको अपहरणमा सेट्टीको संलग्नता नरहेको पाइयो। सेट्टीले बाबुराजाको अपहरण अस्वीकार गरेका थिए।’

प्रहरीको अनुसन्धानका क्रममा सेट्टीले नै  बाबुराजाको अपहरणमा प्रल्हादको संलग्नता हुन सक्ने बताएका थिए। त्यस अघिसम्म प्रल्हादबारे प्रहरी अनभिज्ञ थियो। एक पूर्व प्रहरी निरीक्षक भन्छन्, ‘सेट्टीले नै प्रल्हादको नाम लिएपछि बाबुराजाको अपहरणको गुत्थी खुलेको थियो।’

प्रल्हाद सुरु सुरुमा सेट्टीकै समूहमा रहेर अपहरणको धन्दा चलाउँथे। अपहरणमा प्रयोग हुने चोरीका गाडी, मोटरसाइकल प्रल्हादले हाल जिल्ला अदालतको आदेशबाट छुटेका बुढाथोकीमार्फत बन्दोबस्त गर्थे।

प्रल्हाद पनि यसअघि नै चोरीको मोटरसाइकलसहित पक्राउ परिसकेका व्यक्ति हुन्। सेट्टीले प्रल्हादको नाम लिएपछि प्रहरीलाई महत्वपूर्ण 'क्लु' फेला परेको थियो। त्यसपछि सेट्टीमार्फत् नै प्रहरी प्रल्हादसम्म पुगेको थियो।

त्यसपछि बाबुराजाको अपहरणमा प्रल्हादसँगै विष्णु जिसी, सोले र कुमार भन्ने दुर्गा बहादुर बुढाथोकी, बंगुरे भन्ने विकास कार्की, सोल्टी भन्ने टासी गुरुङ, विनोद कार्की, अनिल गुरूङको संलग्नता रहेको खुलेको थियो। 

फिरौतीबापतको केही रकम बुढाथोकीले पनि लिएको प्रहरी दाबी छ। उक्त रकम लिएर फरार भएका उनी भारत छिर्न सफल भएका थिए। १२ वर्षदेखि भारतमा लुकेर बस्दै आएका बुढाथोकी आफ्नो परिचय बदलेर बसेका थिए। दार्जिलिङमा प्रकाश क्षेत्री नामले परिचित बुढाथोकीले सोही नामबाट राशन कार्डसमेत लिइसकेका थिए। 

प्रकाश क्षेत्री नामकै कपडाको होलसेल पसल सञ्चालन गरेर बसेका उनलाई दार्जिलिङबाट पक्राउ गरिएको थियो।

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  ०९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्