काठमाडौँ – प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संसदमा दर्ता भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्वन्धी विधेयकप्रति आपत्ति जनाएको छ । माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउने नियतका साथ सरकारले विधेयक ल्याएको भन्दै विरोध जनाएका छन् ।
अहिलेको सरकारले आफूमाथि नागरिकले उठाएका आवाजलाई कमजोर बनाउनका लागि सामाजिक सञ्जाल नियमनका नाउमा निषेध गर्न खोजेको आरोप लगाएका छन् ।
प्रेस विज्ञप्तीमा भनिएको छ, ‘विधेयक संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कमजोर बनाउने गरी प्रस्ताव गरिएको छ । विधेयक मार्फत सरकार निरंकुशता तर्फ अग्रसर रहेको देखिन्छ । सामाजिक सञ्जाललाई निमयन गर्ने बहानामा आफु बिरुद्धका आलोचना र जनताका आवाजलाई कमजोर तुल्याउने मनसायले यो विधेयक प्रस्तुत गरिएको छ ।’
उसले सम्बन्धित पक्षसँगको छलफल पश्चात नेपालको संविधान अनुकुल हुने गरी परिमार्जन सहित अघि बढाउन माग गरेको छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।