काठमडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले देशमा अनियमितता भएको भनिएका सबै घटना र प्रकरणको छानविन गर्न सबै तयार हुनुपर्ने बताएका छन् ।
काँग्रेस, एमाले र माओवादी केन्द्र र अन्य दलका नेता मुछिएका भनिएका अनियमितता प्रकरण छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका हुन् ।
माओवादी केन्द्र पाल्पाको रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशनको बुधबार उदघाटन गर्दै पुनले पछिल्लो समय सहतमा आएका प्रकरणहरूको छानबिनका लागि समिति गठनको माग गरे ।
संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले शेरा दरबारबारे छानबिनको माग राखेर बोल्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओली मुछिएको भनिएको कम्बोडिया घटना, स्वीस बैंकमा पैसा राखेको विषय, गिरिबन्धु टी स्टेटमा नाम मुछिएकोलगायत विषयमा पनि छानविन गर्न सरकार तयार हुनुपर्ने उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।