काठमाडौँ – प्रहरीले वैदेशिक रोजगार मुद्दामा डिल्लीबजार कारागारबाट फरार प्रतिवादीलाई १४ बर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गाको लिखु गाउँपालिका–२ घर भई हाल गोंगवु काठमाडौँ बस्ने ४५ बर्षीया पेशल राज बुढाथोकी रहेका छन् ।
बुढाथोकीलाई अदालतले २०६६ साउन १९ गतेको ३ बर्ष कैद र ३ लाख जरिवाना तोकेको थियो । भने २०६६ फागुन २५ गते भएको अन्तिम फैसला पछि उनलाई डिल्लीबजार कारागार लगिएको थियो ।
तर उनी २०६७ साउन २९ गते कारागारबाट फरार भएका थिए । उनको खोजी गर्ने क्रममा बुधबार गोंगवु क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका सूचना अधिकारी अपील राज बोहराले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।