• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मछिन्द्रलाई मोफसलदेखि लागेको धक्का

64x64
दीप सुवेदी बुधबार, चैत २३, २०७८  २०:४४
1140x725

काठमाडौं– टिम निर्माणमा ठूलो धनराशी खर्चिएर खेलाडी अनुबन्धन गरेको मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ चल्दाचल्दै मध्यान्नमै शीर्षस्थानमा रहँदै एएफसी कप छनोट गर्ने सौभाग्य पायो।

एएफसी कप छनोट खेल्ने पक्का भएपछि मछिन्द्रका लागि लिगको उपाधि यात्रा खासै कठिन भने रहेन। उसलाई एएफसी कप छनोट खेलिसकेको मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मीले समेत लिग उपाधिबाट रोक्न सकेनन्। मछिन्द्रले लिगमा ११ जित र २ बराबरी खेल्दै दोस्रो भएको अर्को अपराजित आर्मीलाई १२ अंकले पछाडि पारेको थियो। 

तर, अपराजित रहँदै लगातार दोस्रोपटक लिगको उपाधि रक्षा गरेपछि मछिन्द्रले खेलाडी अनुबन्धनको हिसाबले भने निरन्तर उत्कृष्ट खेल देखाउन सकेन। मछिन्द्रले काठमाडौंको लिगपछि मोफसलमा आहा रारा गोल्डकप, खप्तड गोल्डकप र राजर्षि जनक कप खेलेको थियो। तर, उपाधिनजिक पुगेर पनि मछिन्द्रले यस सिजन गोल्डकप उपाधिको स्वाद चाख्न पाएन। 

पहिलोपल्ट एसियाली क्लब फुटबलमा देशको प्रतिनिधित्व गर्दा समेत मछिन्द्रको उही खराब लय जारी रह्यो। मंगलबार श्रीलंकाको ब्लू स्टार एफसीसँग २–१ ले पराजित हुँदै मछिन्द्र एएफसी कप २०२२ प्रारम्भिक छनोटको पहिलो खेलबाटै बाहिरियो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले तोकेअनुसार लिगको सातौं चरणमा शीर्ष स्थानमा रहेपछि मछिन्द्रले एएफसी कप २०२२ को छनोट खेल्ने अवसर पाएको थियो। २०७६ सालमा पहिलोपल्ट ‘ए’ डिभिजन लिगको उपाधि जित्दा भने एएफसी क्लब लाइसेन्स नहुँदा टोलीले एएफसी कपमा सहभागिता जनाउन पाएन। त्यसको फाइदा लिगको दोस्रो स्थानमा रहेको विभागी टोली त्रिभुवन आर्मी क्लबले लियो। 

आर्मीले एएफसी कप छनोटमा प्रारम्भिक चरणको पहिलो खेल नै जितेको थियो। श्रीलंकन पुलिसलाई दशरथ रंगशालामा ५–१ पराजित गरेको आर्मी दोस्रो खेलमा इन्डियन सुपर लिग (आईएसएल)क्लब बैंग्लुरुसँग हारेपछि प्लेअफमा पुग्न भने सकेन।

ब्लू स्टारसँग खेल्नुअघि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले आफूहरुको लक्ष्य कम्तीमा एएफसी कपको समूह चरणसम्म पुग्नु रहेको बताएका थिए। मछिन्द्रले त्यसैअनुसार तयारी गरेको उनको भनाइ थियो।

उनले भनेका थिए, ‘घरेलु मैदानमा खेल छ। अन्तर्राष्ट्रिय खेल हो दबाब पनि छ। तर, दबाबलाई पन्छाएर समूह चरणको लक्ष्य छ।’ तर, उनको लक्ष्य भने पूरा हुन सकेन। 

Ncell 2
Ncell 2
nimb
nimb

खेलको १६औं मिनेटमा अरेपाडे ओम्बेबेले प्रहार गरेको पेनाल्टी गोलरक्षक विशाल श्रेष्ठले रोक्दै मछिन्द्र बलियो नै रहेको संकेत दिएका थिए। तर, पाहुना टोलीले पहिलो हाफमै दुई मिनेटको अन्तरमा दुई गोल गर्‍यो।

२५औं मिनेटमा मैदानको मध्य भागनजिक पाएको फ्रिकिकमा मोहमद अर्सदले चलाखिपूर्ण तरिकाले बल मोहमद इसानलाई दिँदा मछिन्द्रका कुनै पनि खेलाडीले पत्तै पाएनन्। 

इसानले गोलरक्षक विशालसँग ‘वान भर्सेस वान’ मा राम्रो फिनिसिङ देखाउँदै गोल गरे। सेनाल सन्देशले २८औं मिनेटमै अग्रता दोब्बर बनाए। डिफेन्डर रन्जित धिमालको गल्तीमा पाएको बललाई उनले सशक्त रूपमा प्रहार गर्दै जाली चुमाएका थिए। त्यसपछि मछिन्द्रले ब्लू स्टारको तुलनामा खेललाई पूर्णतः नियन्त्रणमा राखेपनि कप्तान सुजल श्रेष्ठले इन्ज्युरी समयमा गोल गर्नुबाहेक अन्य समय उत्कृष्ट ‘मूभ’ नै बनाउन सकेन। 

खेलपछि मछिन्द्रका प्रशिक्षक कटुवालले आफूले बनाएको रणनीति खेलाडीले पालन नगर्दा पराजय हुन पुगेको बताए। उनले भने, ‘ब्लू स्टारका दुई खेलाडी राम्रा देखिएका थिए, जसलाई राम्रोसँग निगरानी गर्न भनेको थिएँ, उनैले गोल गरे।’

Xtrem

Xtrem

मोफसलदेखि लागेको धक्का
अधिकांश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टार खेलाडीले भरिएको मछिन्द्रले मोफसलमा ‘आहा रारा गोल्डकप’बाट यात्रा सुरु गरेको थियो। काठमाडौंको ‘ए’ डिभिजन लिग जितेपछि पोखरा पुगेको मछिन्द्र सेमिफाइनलमा विभागीय टोली एपीएफसँग पराजित हुँदै बाहिरियो।

त्यसपछि मछिन्द्र सर्वाधिक २१ लाख रुपैयाँसहितको खप्तड गोल्डकपको ट्रफी उचाल्ने लक्ष्यसहित धनगढी पुगेको। तर, मछिन्द्र पहिलो खेलमै ‘सी’ डिभिजन छनोटमा असफल मोफसलको टोली बागमतीसँग स्तब्ध बन्यो।

धनगढीको असफल यात्रापछि मछिन्द्र राजर्षि जनक कप खेल्न सर्लाही पुग्यो। सुरुआती दुई खेलमा जित निकाल्दै मछिन्द्र फाइनलमा पुग्यो। उपाधिका लागि मछिन्द्र डिफेन्डिङ च्याम्पियन पिप्ले युवा क्लब मकवानपुरसँग प्रतिस्पर्धामा उत्रिएको थियो। तर, अन्तिम खेलमा टाइब्रेकरमा पराजित हुँदै उसले मोफसलको अर्को टोलीलाई राजर्षिको उपाधि सुम्पियो।

मोफसलमा उपाधि हात पार्न नसकेको मछिन्द्र त्यसपछि काठमाडौं फर्किएको थियो। त्यसयता मछिन्द्रले एएफसी कप २०२२ छनोटको तयारी आधार बनायो। 

मछिन्द्रले अघिल्लो साता थाइल्यान्डमा दुई खेल खेल्न राष्ट्रिय टोलीका विशाल श्रेष्ठ, विशाल राई, विमल घर्तीमगर, सुनिल बल, मनिष डाँगी, सुजल श्रेष्ठ, रञ्जित धिमाललगायत खेलाडी पठाएको थिएन । सम्पूर्ण ध्यान यही प्रतियोगितामा थियो। 

प्रशिक्षक कटुवालले पनि तयारी राम्रो भएको र २४ खेलाडी नै फिट रहेकाले लक्ष्य सहजै पूरा हुने बताएका थिए। तर, ब्लू स्टारको खेलपछि भने उनले अजरबैजानी फरवार्ड नुर्लान नोभ्रुजोभ फिट नरहेकै कारण हार्न पुगेको आरोप लगाउन भ्याए।

उनले भने, ‘उन (नोभ्रुजोभ)ले सजिलो अवस्थामा पनि गोल गर्न सकेन। लिगमा पनि त्यस्तै भयो। परिवर्तन गर्न खोजेको पाइएन। एनएसएल (नेपाल सुपर लिग)को कारण लोनमा पनि फरवार्ड पाइएन। त्यसैले गाह्रो भयो।’ 

मनमुटावले मछिन्द्रलाई नै घाटा!
नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण अझै अनिश्चित छ। खेलाडीसँगको अनुबन्धन बाँकी रहँदै एनएसएलका टोलीले भटाभट आफ्ना खेलाडी लान थालेको भन्दै विरोध गर्नै ‘ए’ डिभिजनको ६ क्लबमध्ये मछिन्द्र पनि एक थियो। अनि मछिन्द्रकै प्रशिक्षक कटुवाल र विमल घर्तीमगरसहितका खेलाडी एनएसएलकै फ्रेन्चाइजी टोली ललितपुर एफसी पनि थिए। 

विमल ललितपुरको ‘मार्की’ भइसकेका थिए। तर, मछिन्द्रले आफ्ना प्रशिक्षक र खेलाडीको विरोध गर्न सकेन। न त उनीहरुमाथि कारबाही नै गर्‍यो। क्लब एकोहोरो एनएसएल आयोजकसँग कुर्लियो। जसको मारमा भने मछिन्द्र नै परेको छ। 

प्रशिक्षक कटुवाल क्लबहरुकै विवादका कारण नोभ्रुजोभको विकल्प खोज्न नसकेको बताउँछन्। ‘हामीले विदेशी खेलाडी पनि परिवर्तन गर्न खोजेका थियौं। तर, त्यसो गर्न पाइएन,’ उनले भने, ‘नेपाल सुपर लिगका कारण पनि विदेशी खेलाडी हामीले अनुबन्ध गर्न पाएनौं। गोल गर्ने क्षमता भएका विदेशी फरवार्ड नेपालमै थिए। तर, एनएसएल हुने/नहुने दुविधा हुँदा हामी अनुबन्ध गर्न असमर्थ रह्यौं।’

प्रशिक्षक कटुवालले एनएसएलका कारण अन्य कुनै असर भने नपरेको बताए। उनले मोफसलका प्रतियोगितामा एएफसीलाई ध्यानमा राख्दै चोट नलाग्ने तरिकाले खेलेको र त्यसले नतिजामा केही असर परेको बताए।

‘क्लबमा एनएसएलको प्रभाव केही थिएन। समग्रमा हाम्रो प्रदर्शन राम्रो भएको हो। सजिलो गोल गर्ने अवसरहरुलाई स्कोरमा कन्भर्ट गर्न नसक्दा हामीले नतिजा ब्लू स्टारलाई सुम्पिन पुग्यौं,’ कटुवालले थपे।

उनले दोस्रो हाफमा नुर्लान, सुनिल बल र डिफेन्डर छिरिङ गुरुङलाई परिवर्तन गर्दै अभिषेक रिजाल, मनीष डाँगी र रेजिन सुब्बालाई अग्रपंक्तिमा उतारेका थिए। सेन्टर फरवार्ड विमल घर्तीमगर पूरा समय नै खेले। तर, पनि मछिन्द्रको ‘फिनिसिङ’ आहा! भन्न लायक भएन र ब्लू स्टारलाई २–१ को नतिजा सुम्पियो। 

ब्लू स्टारले प्रारम्भिक छनोटको दोस्रो खेलमा चैत २९ गते आईएसएल क्लब एटीके मोहन बगानविरुद्ध कोलकातामा खेल्नेछ। त्यसको विजेता प्लेअफमा पुग्नेछ। प्लेअफ जित्ने टोलीले दक्षिण एसियाली क्षेत्रको समूह चरणमा खेल्नेछ।

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  २०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
स्पेनको जितमा यमलको २ गोल लामिन यमलले दुई गोल गरेपछि विश्वकप विजेता स्पेनले क्रोएसियालाई ४–१ ले पराजित गरेको छ। बुधबार, असोज १४, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार जर्गेन क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार बेहोरेको छ। यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा दिमित्रिस कुर्बेलिसले निर्णायक ग... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज १५, २०८३
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्