काठमाडौं– गजलकार तथा गायक थानेश्वर गौतमको स्वरमा नयाँ गजल ‘गड्यो प्यार दिल’मा सार्वजनिक भएको छ। गौतमको स्वरमा रहेको गीत ‘निर्भाना प्लस’ नामक युट्युब च्यालनमार्फत सार्वजनिक भएको हो।
सुपक अधिकारीको शब्द रहेको गीतमा संगीत पनि गायक गौतमले नै दिएका छन्। गीतको संगीत एरेन्ज भने नरेन्द्र वियोगीले गरेका छन्।
बासुरीमा रत्न बिक, सितारमा सितामैया राजचल, गितारमा सञ्जिव बराइली, तबलामा भुवन गन्धर्व र मनोज गौतमलगायतको समूहले काम गरेको छ। गीतको ब्याक भोकल भने सौरभ ढकाल, विशेष श्रेष्ठ र नरन पौडेलको रहेको छ।
गीतको भिडियोमा प्रियना आचार्य र प्रिन्स विश्वकर्माको अभिनय रहेको छ। गीतको निर्देशन र नृत्यको कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। रविन्द्र बरालले खिचेको गीतको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका छन्। गीतमा लगानी उषा वाग्लेको रहेको छ।
गीतको म्युजिक भिडियोमा प्रिन्स विश्वकर्मा र प्रियना आचार्यले अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।