काठमाडौं– देशको आर्थिक अवस्था बिग्रदै गएको भन्दै नेपाल राष्ट्र बैंकले आयातलाई थप कडाइ गर्ने तयारी गरेकोे छ। केन्द्रीय बैंकले सोमबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृततहरुलाई बोलाएर गाडीलगायत वस्तुको आयात रोक्न आग्रह गरेको हो।
केन्द्रीय बैंकले सोमबार २७ वटै वाणिज्य बैंकका सीईओहरुलाई बोलाएर अत्यावश्यकबाहेकका वस्तु अन्यमा एलसी नखोल्न आग्रह गरेको हो।
विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै राष्ट्र बैंकले निजी सवारी साधन आयातको प्रतितपत्र (एलसी) नखोल्न बैंकहरुलाई निर्देशन दिएको बैठकमा सहभागी एक बैंकरले बताए।
यस्तै छलफलमा सीडी रेसियो ९० प्रतिशतभन्दा बढी पुगेकाले त्यसलाई सीमामा ल्याउन पनि आग्रह गरेको ती बैंकरले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।