काठमाडौं– संघीय राजधानी काठमाडौं सँगै देशका प्रमुख शहरका पेट्रोल पम्प अगाडि सवारी साधनको लामो लाइन लागेको छ। व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि अभाव हुनसक्ने भन्दै अहिले पेट्रोल पम्प अगाडि उपभोक्ताहरु लाइन लागेका हुन्।
आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीहरु आन्दोलनमा छन्। व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन्।
व्यवसायीको आन्दोलनसँगै धेरै पेट्रोल पम्पले इन्धन नभएको भन्दै सूचना टाँस गरेका छन्।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, साझा पेट्रोल पम्प अगाडि पेट्रोल भर्ने सवारीको लामो लाइन छ।
प्रहरी प्रधान कार्यालय नक्सालस्थित पेट्रोल पम्पमा इन्धन भर्न पालो कुरिरहेका एक मोटरसाइकल चालकले आफू २ घण्टा लाइनमा बसेको बताए।
केही मोटरसाइकल चालकले ५ घण्टासम्म पनि लाइन बस्नुपरेको सुनाए।

यसबीच इन्डियन आयलल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमलाई नयाँ मूल्यसूचि पठाएको छ। जसअनुसार पेट्रोलको मूल्य केही घटेको छ भने डिजेल, मट्टितेल र खाना पकाउने (एलपी) ग्यासको मूल्य बढेको छ।

पछिल्लो मूल्यसूचिअनुसार एक महिनामै १० अर्ब रुपैयाँ घाटा हुने अवस्था रहेको निगमले जनाएको छ। निगमले आगामी दिनमा पेट्रोलको आपूर्ति नियमित बनाइराख्न अत्यन्त कठिन हुने जनाएको छ।





तस्बिरहरु: निमेषजंग राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।