• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
गाउँका सिंहदरबार

१२ स्थानीय तहले अझै सार्वजनिक गर्न सकेनन् बजेट, अहिलेसम्म गरेको खर्च गैरकानुनी!

स्थानीय तह भन्छन्– बजेट ल्याए पनि संघीय मन्त्रालयले इन्ट्री गरेन, मन्त्रालय भन्छ– बजेट नै नल्याइ कसरी इन्ट्री हुन्छ?
दुर्गा दुलाल/सुमित्रा कार्की शुक्रबार, चैत १८, २०७८  १२:४५
1140x725

काठमाडौं– पाँच वर्षको कार्यकाल बितिसक्दा कतिपय स्थानीय तह विवादमै रुमल्लिएका छन्। विवाद र प्रक्रियागत त्रुटिका कारण देशभरका १२ स्थानीय तहले चालु आर्थिक वर्षको बजेट अझै सार्वजनिक गर्न सकेका छैनन्।

चालु आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासिक सकिन लाग्दा पनि ती स्थानीय तहले बजेट पास गर्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। संवैधानिक व्यवस्थाअनुसार स्थानीय निकायले चालु आर्थिक वर्ष सकिनुभन्दा २० दिनअघि अर्को आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नुपर्छ। जसअनुसार असार १० गते आगामी आर्थिक वर्षको बजेट गाउँ वा नगरसभामा पेस गरेर पारित गर्नुपर्ने हुन्छ। तर, अघिल्लो वर्षकै बजेट आएको छैन।

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको विवादले गाउँसभा नै बस्न नसक्दा बजेट नआएको हो। सिरहाको नरहा गाउँपालिका रौतहटको वृन्दावन नगरपालिकालगायत केही स्थानीय तहका पदाधिकारी र प्रमुख प्रशासकीय अधिकृत भने बजेट ल्याउन नसकेको विषयमा टिप्पणी नै गर्न चाहँदैनन्। अन्य कतिपय स्थानीय तहले बजेट ल्याए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा इन्ट्री नभएको दाबी गरेका छन्।

गाउँ/नगरसभाबाट बजेट पारित नगरी कुनै पनि सरकारले विकास, वित्तपोषण, तलब वा अन्य भुक्तानीलगायतमा रकम खर्च गर्न सक्दैनन्। गाउँपालिका राष्ट्रिय संघले चैत ९ गते काठमाडौंमा गरेको ‘वित्तीय संघीयता र कार्यान्वयनको पाँच वर्ष’ विषयक अन्तरक्रियामा अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले बजेट पारित नभइ गरिने खर्च गैरकानुनी र असंवैधानिक हुने बताए। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले यस वर्ष १५१ स्थानीय निकायले समयमै बजेट प्रस्तुत गर्न नसकेको बताए। उनले भने, ‘बजेट ल्याउने र लेखा परीक्षण गर्नेमा कतिपय स्थानीय तह असफल भएका छन्। ५९ स्थानीय निकायले गत आर्थिक वर्षको आर्थिक गतिविधिको लेखापरीक्षण गर्न सकेका छैनन्।’

प्रदेश सरकारको आगामी नेतृत्वका लागि नीति तथा योजना तर्जुमा गर्न मन्त्रालयले स्थानीय तहसँग प्रतिक्रिया र सुझाव लिन थालेको प्रवक्ता अधिकारीले बताए। तर, स्थानीय जनप्रतिनिधिका लागि निकास योजना नहुँदा समस्या भएको उनको भनाइ छ। ‘स्थानीय निकायका कर्मचारीका लागि पनि यो पहिलो अनुभव हो। बक्यौता र अन्य वित्तीय दायित्वहरू, स्थानीय सरकारबाट प्राप्त सामान फिर्ता गर्ने जस्ता मुद्दा निकास योजनाका प्रमुख समस्या हुन्’ उनी भन्छन् ‘मन्त्रालयले स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ।’ 

पूर्व अर्थसचिव रामेश्वर खनालले भने स्थानीय तहले बजेट ल्याउन नसकेको अवस्थामा संघीय र प्रदेश सरकार वा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अवरोध हटाउन पहल गर्नुपर्ने बताए। स्थानीय तहले संकटमा राम्रो भूमिका खेलेको हुनाले सबैलाई एउटै प्रकारको मूल्यांकन गर्न नहुने बताए। खनालले भने, ‘कतिपय स्थानिय तहले कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा ठूलो योगदान पुर्‍याएका छन्। भौतिक पूर्वाधार विकास, फोहोर व्यवस्थापन र सरसफाइमा पनि राम्रो कागरेका छन्।’ 

यी हुन् बजेट ल्याउन असफल स्थानीय सरकार
चालु आर्थिक वर्षको बजेट ल्याउन नसक्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका, रौतहटका गरुणा र देवाही गोनाही नगरपालिका तथा बौधीमाई र वृन्दावन गाउँपालिका, सिराहाका औरही र नरहा गाउँपालिका छन्। त्यस्तै बाराका सिम्रौनगढ नगरपालिका र विश्रामपुर गाउँपालिका, रामेछापको लिखु तामाकोशी गाउँपालिका, सप्तरीको छिन्नमत गाउँपालिका तथा पर्साको पोखरीया नगरपालिकाले बजेट ल्याउन सकेका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

अझै बजेट सार्वजनिक गर्न नसक्ने जनकपुर एउटा मात्र उपमहानगरपालिका हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनकपुरलाई बजेट नल्याउने स्थानीय तहको सूचीमा राखे पनि उपमहानगरले भने नगरसभाले बजेट पारित गरिसकेको दाबी गरेको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायले बजेट समयमै ल्याएको, तर संघीय मामिला मन्त्रालयले ‘अपडेट’ नगरिदिएको बताए।

आफूहरुले ल्याएको बजेट संघको प्रणालीमा इन्ट्री नहुँदा समस्या भएको उनको भनाइ छ। ‘बजेट ल्याउने र काम गर्ने कुरामा कुनै समस्या भएको छैन, उपमहानगरपालिकामा प्राविधिक कर्मचारी नहुँदा समयमै मन्त्रालयमा अपडेट गर्न सकिएन,’ उनले भने, ‘हामीले कार्यपालिकाबाटै बजेट पारित गरेर खर्च गरिरहेका छौैँ।’ 

रौतहटको गरुडा नगरपालिकाले पनि आफूहरूले दिएको जानकारीबमोजिम मन्त्रालयले सूचना ‘अपडेट’ नगर्दा भ्रम सिर्जना भएको जनाएको छ। गरुडाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु राय यादवले बजेट ल्याएर त्यहीबमोजिम खर्च गरिरहेको दाबी गरे। ‘एक महिनाअघि पनि हामीले बजेट नल्याएको समाचार आएको रहेछ। हामीले बजेट ल्याएको सूचना मन्त्रालयलाई दिएका छौँ, तर अपडेट गरिदिएको छैन,’ उनले भने, ‘बजेटबारे कुनै समस्या छैन।’

उता पर्साको पोखरीय नगरपालिकाकी उपमेयर सलमा खातुनले पनि गएको असारमा नै बजेट ल्याएको दाबी गरिन्। त्यसैगरी, सिराहाको औरही गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अमरेन्द्र कुसियैतले बजेट आइसकेको, तर संघीय मामिला मन्त्रालयले ‘इन्ट्री’ नगरिदिएको बताए। आफूहरूले दुईपटक मन्त्रालयलाई पत्र लेखेर बजेट ल्याएको जानकारी दिएको उनको भनाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संघीय मामिला मन्त्रालयका प्रवक्ता अधिकारी भने इन्ट्री गर्ने काम स्थानीय तहकै भएको बताउँछन्। अधिकांशले बजेट नै नल्याइ खर्च गरिरहेकाले मन्त्रालयतिर दोष थोपार्न खोजिएको उनको भनाइ छ। ‘बजेट इन्ट्री गर्दा पुँजीगत खर्च, चालु खर्चदेखि शीर्षकगत खर्चको जानकारी गराउनुपर्छ,’ उनले भने, ‘यो सबै उल्लेख नभएसम्म इन्ट्री नै हुँदैन। यस्तो अपडेट सम्बन्धित स्थानीय तहले नै गर्ने हो, हामीले होइन।’ 

प्राविधिक समस्या भएर इन्ट्री गर्न नसकेका स्थानीय तहले पन त्यसबारे जानकारी नदिएको उनको भनाइ छ। ‘बजेट ल्याएर प्राविधिक कारणले मात्र इन्ट्री नभएको भए पत्र लेख्न सकिन्थ्यो, त्यस्तो पत्र मन्त्रालयमा आएको छैन,’ अधिकारीले भने।

जनप्रतिनिधि बीचको द्वन्द्व, प्रशासकीय अधिकृत नहुने र कार्यपालिकाको बैठक राख्ने आवश्यक कानुन निर्माणदेखि प्रक्रिया समेत मिलाउन नसक्दा बजेटमा समस्या आएको पाइएको छ। कतिपय स्थानीय तहले भने बजेट नल्याएको बारे जवाफ दिनसमेत नमान्ने अवस्था छ। रौतहटको देवाही गोनाही नगरपालिकाका सूचना अधिकारीले कार्यालयमा मेयर र कार्यकारी प्रशासकीय अधिकृत नभएकाले बजेटबारे टिप्पणी गर्न नसक्ने बताए। ‘बजेट खर्च भइरहेकाले ल्याएको हुनुपर्छ,’ उनले भने।

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  १२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? यससँगै पछिल्लो तीन कारोबारी दिनभित्रमा मात्रै सुनको मूल्य प्रतितोला कुल ७ हजार रुपैयाँले घट्न पुगेको छ। बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब... बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैया... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्