• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर १०, २०८२ Wed, Nov 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

गोरखाली रबर र बुटवल धागो कारखाना निजीक्षेत्रलाई दिने तयारी, विराटनगर जुट मिल्सलाई संग्रहालय बनाउन सिफारिस

64x64
सुमित्रा कार्की बुधबार, चैत १६, २०७८  १६:४७
1140x725

काठमाडौं– सरकारी स्वामित्वका बन्द कारखाना अब निजीक्षेत्रले सञ्चालन गर्न पाउने भएका छन्। बन्द कारखाना सञ्चालनका लागि गठित कार्यदलको सिफारिसबमोजिम निजीक्षेत्रलाई दिने तयारी भएको हो।

पहिलो चरणमा गोरखकाली रबर उद्योग र बुटवल धागो कारखाना सञ्चालनका लागि निजीक्षेत्रबाट प्रस्ताव आह्वान गर्ने तयारी मन्त्रालयले गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले गएको कात्तिक १५ गते सरकारी लगानी रहेका बन्द संस्थान र उद्योग पुनः सञ्चालन गर्न के–कस्तो मोडालिटी उपयुक्त हुनसक्छ भन्ने अध्ययन गर्न एक कार्यदल गठन गरेका थिए। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलको संयोजकत्वमा गठित कार्यदलमा अर्थमन्त्रालयका सहसचिव रमेशकुमार केसी र पाराश्वर ढुंगाना तथा उपसचिव गगनबहादुर विके सदस्य थिए। उक्त कार्यदलले बुटवल धागो कारखाना र गोरखकाली रबर उद्योग सञ्चालन गर्न निजीक्षेत्रलाई आह्वान गर्न सकिने प्रतितवेदन तयार पारेको थियो।

गोरखकाली रबर उद्योग २०७१ चैतदेखि र बुटवल धागो कारखाना २०६४ सालदेखि बन्द छन्। नेपाल औषधि लिमिटेडमा भने सरकारले नै लगानी बढाउनुपर्ने सुझाव कार्यदलले दिएको छ।

अध्ययन कार्यदलले सुझावसहितको प्रतिवेदन अर्थमन्त्रालयमा पेस गरेको छ। कार्यदलको प्रतिवेदनमा सबै उद्योगको जडित क्षमता कम रहेको र प्रविधिसमेत पुरानो भएको उल्लेख छ। यसअघि बन्द रहेका कुनै पनि उद्योग यथास्थितिमा सञ्चालन गर्न नसकिने प्रतिवेदनमा उल्लेख छ। थप लगानी गरी स्तरोन्नति नगरेसम्म यस्ता उद्योग चलाउन नसकिने निष्कर्षसमेत कार्यदलले निकालेको छ।

हाल चलाउन सकिने सम्भावना रहेका उद्योग सरकार आफैंले नचलाइ निजीक्षेत्रको सहभागितामा मात्र चलाउन सकिने कार्यदलको निष्कर्ष छ। सम्भावना नभएका तथा उपयुक्त प्रस्ताव नआएका उद्योग वा प्रस्ताव नै नपर्ने उद्योगमा भने थप लगानी नगर्न कार्यदलले सिफारिस गरेको छ। यस्ता उद्योगको जग्गा सरकारको मातहत ल्याउन, ब्राण्ड र मेसिन बिक्री गर्न र कम्पनी खारेज गर्नसमेत कार्यदलले सुझाव दिएको छ।

पहिले नै ऋणमा डुबेका कम्पनी सञ्चालन गर्न पुनः करोडौं रुपैयाँ ऋण दिनपर्ने अवस्था रहेको पूर्व अर्थसचिव रामेश्वर खनाल बताउँछन्। उनी भन्छन्, ‘यस्ता कम्पनी सञ्चालन गर्न निजी क्षेत्रलाई दिनुभन्दा नयाँ तरिकाले सोच्नु आवश्यक छ।’

जनकपुर चुरोट कारखाना
सरकारले चुरोट उत्पादन नगर्ने नीतिअनुसार जनकपुर चुरोट कारखाना बन्द गरेको थियो। कार्यदलले समेत यो कारखाना सञ्चालनका लागि सिफारिस गरेको छैन।

Ncell 2
Ncell 2

कार्यदलले जनकपुर चुरोट कारखानाको ट्रेडमार्क र ब्राण्ड बिक्री गर्ने, निजीक्षेत्रलाई सञ्चालन गर्न कारखानाले ओगटेको जग्गासमेत लिजमा उपलब्ध गराउने र मेसिन बिक्री गर्न सिफारिस गरेको छ। कारखानाको जग्गा भने नेपाल सरकारको नाममा ल्याउनु पर्ने सुझाव कार्यदलको छ।

बुटवल धागो कारखाना
कार्यदलले बुटवल धागो कारखाना भने प्रविधि स्तरोन्नति गरी सञ्चालन गर्न निजीक्षेत्रलाई प्रस्ताव आह्वान गर्ने र उपयुक्त प्रस्ताव आएमा समुदाय र निजीक्षेत्रको सहभागिता (पीपीपी मोडल)मा सञ्चालन गर्न सकिने सुझाव दिएको छ। प्रस्ताव नआएमा भने कम्पनी खारेज गर्न सकिने सुझावसमेत दिइएको छ।

बुटवल धागो कारखाना तथा हेटौंडा कपडा उद्योगलाई एउटै प्याकेजमा राखी सञ्चालन गर्न प्रस्ताव आह्वान गर्नुपर्ने कार्यदलको सुझाव छ। 

गोरखकाली रबर उद्योग
उद्योग सञ्चालन गर्न इच्छुक फर्म वा कम्पनीले सञ्चालन गर्ने मोडालिटीसहितको व्यावसायिक योजना निजीक्षेत्रबाट प्रस्ताव आह्वान गर्न सकिने कार्यदलको प्रतिवेदनमा उल्लेख छ।

प्राप्त प्रस्ताव मूल्यांकन गरी उपयुक्त भएमा सञ्चालन गर्न दिन सकिने कार्यदलको सुझाव छ। गोरखकाली टायरको ब्राण्ड नेम बिक्री गरी जग्गा नेपाल सरकारको नाममा ल्याउने तथा मेसिन बिक्री गर्न सकिनेसमेत कार्यदलको सुझाव छ।

विराटनगर जुट मिल्स
विराटनगर जुटमिलको कारखानालाई संग्रहालयका रुपमा विकास गर्ने र उद्योगले चर्चेको जग्गा नेपाल सरकारको नाममा ल्याई प्रदेश सरकारले संग्रहालय सञ्चालन गर्न सक्ने विकल्प कार्यदलले दिएको छ।

निजीक्षेत्रलाई जग्गा बाहेकको कारखाना बिक्री गर्ने वा लिजमा दिन प्रस्ताव माग गरी लिजमा दिने वा बिक्री गर्ने, क्लिन इनर्जी उद्योग सञ्चालन गर्न औद्योगिक क्षेत्र बनाउन सकिने प्रतिवेदनमा उल्लेख छ।

नेपाल औषधि लिमिटेड
यो उद्योगमा भने सरकारले व्यावसायिक योजना बमोजिमको लगानी गरी पुनः सञ्चालन गर्न कार्यदलले सिफारिस गरेको छ। प्रतिवेदनमा भनिएको छ, ‘औषधि उद्योग अत्यन्तै नाफामूलक उद्योग हो । केही पुराना मेसिनको सट्टा नयाँ प्रविधिको स्थापनाबाट पुरानै अवस्थामा फर्काउन सकिने भएकाले व्यावसायिक योजना बमोजिमको लगानी गरी पुनः सञ्चालन गर्न उपयुक्त हुनेछ।’

नेपालमा १९९३ सालमा विराटनगर जुटमिलको स्थापना भएसँगै सार्वजनिक संस्थान खुल्न थालेका हुन्। संस्थानको सेयर पूँजीमा ५० प्रतिशतभन्दा बढी सरकारको स्वामित्व भएको निकायलाई सार्वजनिक संस्थान घोषणा गरिएको छ। 

अहिले नेपालमा ३८ वटा सार्वजनिक संस्थान अस्तित्वमा छन्। त्यसमध्ये २० वटा नाफामा छन् भने १८ वटा घाटामा रहेको सरकारी तथ्यांक छ। अहिले ६ वटा सार्वजनिक संस्थान भने बन्द छन्।

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १६:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
धरहरा सञ्चालनको एक वर्षमा ७ करोड ७१ लाख राजस्व संकलन यस अवधिमा प्रवेश शुल्कबापत उक्त रकम संकलन भएकाे हाे । अघिल्लो वर्षको मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट ह... मंगलबार, मंसिर ९, २०८२
लगातार तेस्रो दिन बढ्यो सेयर बजार, घट्यो कारोबार आज सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दै बन्द भएको हो। योसँगै आज २६५६ अंकमा पुगेको छ। मंगलबार, मंसिर ९, २०८२
सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २... मंगलबार, मंसिर ९, २०८२
ताजा समाचारसबै
विराटनगरले चितवनविरुद्ध पहिले बलिङ गर्ने बुधबार, मंसिर १०, २०८२
लगातार चौथो दिन बढ्यो सेयर बजार, चार कम्पनीको मूल्यमा सर्किट बुधबार, मंसिर १०, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार बनाइयो बुधबार, मंसिर १०, २०८२
नवनियुक्त मुख्य सचिवले भने– राष्ट्र र जनताको हितमा निःस्वार्थ प्रशासनिक नेतृत्व सुनिश्चित गर्छु बुधबार, मंसिर १०, २०८२
गुरुराज घिमिरेको  टिप्पणी- पार्टीको बैठकले संसारका कीर्तिमान भंग गरिसक्यो, निष्कर्ष निस्केन बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
ईश्वर पोखरेलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा मंगलबार, मंसिर ९, २०८२
मन्त्रिपरिषद्का १४ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, मंसिर ९, २०८२
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ मंगलबार, मंसिर ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्