काठमाडौं- नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विद्युत खरिद गर्ने भएको छ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका हुन्।
पछिल्लो केही समय यता विद्युतको माग उच्च रुपमा बढेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले जानकारी दिए।
आज राति १२ बजेर १५ मिनेटपछि ३८ रुपैयाँ युनिटमा विद्युत किन्न लागिएको बताउँदै घिसिङले अब कुनै पनि क्षेत्रमा लोडसेडिङ नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।