• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

चुनावका कारण बजारमा आउने पैसाले अर्थतन्त्रको संकट समाधान हुन्छ? 

64x64
सुमित्रा कार्की शुक्रबार, चैत ११, २०७८  ०७:०३
1140x725

काठमाडौं– चालु आर्थिक वर्षको सुरुवातदेखि नै देखिएको तरलता अभावले अर्थतन्त्र संकटमा परेको बताइन्छ। आगामी वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनका कारण विभिन्न निकाय र संस्थाबाट हुने खर्चले तरलता अभावको समस्या हटाउने केही जानकारहरूको भनाइ छ। तर, कतिपयले भने यसमा विमति पनि राखेका छन्।

निर्वाचनका लागि सरकारले अर्बौँ बजेट खर्च गर्दैछ। उता निर्वाचन आयोगले उम्मेदवारहरुले चुनावी खर्च बैंकिङ प्रणालीबाट गर्नुपर्ने निर्देशन दिएको छ। यसबाट बैंकहरुलाई निक्षेप संकलनमा सहज हुने अनुमान छ।

निर्वाचन आयोगले स्थानीय तहअनुसार उम्मेदवारले गर्न पाउने खर्च तोकेको छ। सबैभन्दा बढी महानगरका मेयर पदका उम्मेदवारले खर्च गर्न पाउने छन्। यस्ता उम्मेदवारले साढे ७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन्। अन्य उम्मेदवारका लागि त्यसभन्दा कम हुने गरी क्रमशः खर्च तोकिएको छ।

निर्वाचन आचारसंहिताअनुसार चुनावमा गरिने खर्चका लागि उम्मेदवारहरूले बैंक तथा वित्तीय संस्थामा खाता खोल्नुपर्नेछ र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्नेछ। राजनीतिक दलले पनि चुनावसम्बन्धी खर्च बैंक खातामार्फत नै गर्नुपर्नेछ। दलले तोकेको जिम्मेवार पदाधिकारीमार्फत यस्तो खर्च गर्नुपर्ने पनि आचारसंहितामा उल्लेख छ। 

निर्वाचनमा उम्मेदवारहरूले ५० हजारभन्दा बढी आर्थिक सहयोग लिँदा बैंक तथा वित्तीय संस्थामार्फत लिनुपर्ने व्यवस्था गरिएको छ। दल र उम्मेदवारहरूले आम्दानी र खर्चको विवरण निर्वाचन कार्यालयलाई बुझाउनुपर्ने आचारसंहितामा उल्लेख छ। यसले गर्दा अहिले देखिएको बैंकको घट्दो निक्षेप संकलनको अवस्थालाई वृद्धि गर्ने जनाइएको छ।

तर, पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भने स्थानीय तह निर्वाचनले अर्थतन्त्रको अहिलेको संकट समाधानका लागि खासै भूमिका नखेल्ने बताउँछन्। उनी भन्छन्, ‘चुनावका लागि अधिकांश सामग्री आयात गर्नुपर्ने हुन्छ। जस्तो, अहिले निर्वाचन आयोगलाई ८ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ। त्यसमा बाहिरबाट ल्याउने बस्तुको माग २७ करोड छ। देखाउनका लागि २७ करोड भन्ने हो। अन्य धेरै काम पनि नेपालमा हँुदैनन्। त्यसकारण तरलता अभाव कम होला भन्न सकिन्न।’ 

अहिले अर्थतन्त्रको ५० प्रतिशत स्वरूप अनौपचारिक रहेको क्षेत्रीले बताए। उनका अनुसार ५० प्रतिशतभन्दा बढी कारोबार करको दायरा वा बैंकिङ प्रणालीमा आउँदैन। ‘चुनावमा निर्वाचन आयोगलाई दिने पैसा सीमित छ। औपचारिक रूपमा आउने पैसा भनेको त्यही हो। त्यो पैसाले केहि हुनेवाला छैन,’ उनले भने, ‘तर, गएको चुनावमा वडाध्यक्ष लड्नको लागि एक करोडभन्दा बढी पैसा खर्च भयो भन्ने गरेको सुनिन्छ।’

यसरी अनौपचारिक रूपमा निर्वाचनको पैसा बजारमा प्रशस्त आउने, तर त्यो फजुल खर्चमा जाने उनी बताउँछन्। ‘त्यो पैसा मिहिनेतले कमाएको हुँदैन। पाउने र गुमाउने दुवैको मिहिनेतभन्दा बाहिरको कमाइ हुन्छ। यस्तो पैसाले बजारमा महङ्गी बढाउने सम्भावना पनि हुन्छ,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

जबसम्म अर्थतन्त्रको आधारभूत सिद्धान्तमा रहेर काम हुँदैन, तबसम्म यस्तो समस्या आइरहने क्षेत्री बताउँछन्। उनी भन्छन्, ‘अहिले सरकारले थिलथिलो परेको अर्थतन्त्र सुधारका लागि केही प्रयास त गरेको छ, तर व्यवसायीलाई दिएको पुनर्कर्जालगायत व्यवसाय सञ्चालनमा दिइएको ऋण सबै आयातमा खर्च भएको राष्ट्र बैंक आफैंले तथ्यांक सार्वजनिक गरिरहेको छ। यसकारण हाम्रो व्यापार खाटा ७÷८ महिनामै ११ खर्ब रुपैयाँ पुग्यो।’

चुनावमा उम्मेदवारले गरेको खर्च पनि बैंकिङ प्रणलीबाट आउँछ भनेर विश्वास गर्न नसकिने उनको भनाइ छ। ‘हाम्रो कानुनले भ्रष्टाचार गर्न हुन्न भन्छ। तर, यो भइरहेको हुन्छ। चुनावी खर्च पनि त्यस्तै हो। पहिले पनि चुनावमा गर्ने खर्चको सीमा तोकिएकै थियो।’

अहिले देखिएको अर्थतन्त्रको समस्या तरलता अभावबाट सिर्जना भएको पूर्वबैंकर तथा एनआरएन डेभ्लोपमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनराज भट्टराई बताउँछन्। अब हुने निर्वाचनले तरलता समस्याको समाधान नै गर्न नसके पनि पैसाको चलखेल भने बढाउने उनको भनाइ छ।

पैसाको क्रियाकलाप बढ्नु भनेको एक व्यक्तिको हातमा भएकोे पैसा अर्को व्यक्तिको हातमा पुग्नु हो। यसले अहिले देखिएको अर्थतन्त्रका समस्या समाधानमा ठूलो भूमिका नखेले पनि सकारात्मकतातिर फर्काउने भट्टराई बताउँछन्। यसअघि पनि आयात गरिने वस्तु तथा सेवामा खर्च बढ्दा अर्थतन्त्र सधैँ समस्यामा पर्ने गरेको उनी बताउँछन्।

Xtrem

Xtrem

‘दुई वर्षसम्म खर्च नभएको पैसा बैंकमा गएर थुप्रिएर बसेको थियो। यो पैसा अहिले आक्रामक रूपमा बजारमा गएको छ। अब चुनाव नै नभए पनि आर्थिक ग्रोथ हुँदै जाने समय आएको छ,’ भट्राई भन्छन्, ‘चुनाव नहुने थियो भने पैसा खर्च हुने समय सकिइसकेको छ। हुने नै हुँदा पनि नियमित पैसा खर्चको समय सकियो। अब सामान्यतयाः निक्षेप बढ्छ, कर्जाको प्रवाह विस्तारै कम हुँदै जान्छ।’

यसअघि सन् २०१२ र २०१७ मा पनि नेपालमा यस्तै आर्थिक समस्या देखिएको भट्टराई बताउँछन्। यस्तो समस्या बारम्बार देखिइरहने हुँदा बढी चिन्ता गर्नु नपर्ने उनको भनाइ छ। ‘अन्य क्षेत्र अहिले धेरै नकारात्मक छैन, त्यसैले अहिले नै आर्थिक संकट भइसकेको छैन। चलायमान अर्थतन्त्रमा कहिलेकाहीँ यस्तो हुन्छ,’ उनले भने। 

२५ वर्षअगाडि बैंकहरुले गरेको कर्जा लगानी पनि आयातमुखी नै रहेकाले अहिलेको समयलाई मात्र दोष देखाउन नमिल्ने उनको जिकिर छ। ‘अबको १०औं वर्षपछि पनि आयातको अवस्था यस्तै नै रहन्छ। त्यसैले यो समस्या आउनुमा आयातलाई दोष देखाउन मिल्दैन,’ उनले भने, ‘व्यवसाय ठप्प छन्। रेमिट्यान्स घटेको छ। पर्यटन व्यवसाय लयमा छैन। यी सबै फ्याक्टर हेर्नुपर्छ।’

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्