काठमाडौं– वस्तुगत संघका पदाधिकारीहरूले आफ्ना क्षेत्रका समस्या समाधानमा सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघसमक्ष आग्रह गरेका छन्।
महासंघको वस्तुगत परिषद्वारा नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूको सम्मानमा आयोजना गरिएको बधाई एवं शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी संघका अध्यक्षहरूले सो आग्रह गरेका हुन्।
हालै निर्वाचन सम्पन्न भएका महासंघका वस्तुगत सदस्य संघहरु नेपाल निर्यात परिषद्, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल बोटल वाटर उद्योग संघ, नेपाल मुद्रा विप्रेषक संघ, रेष्टुरेन्ट एण्ड बार एसोसिएसन, नेपाल र नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका अध्यक्ष एवं पदाधिकारीहरूलाई एक कार्यक्रमका बीच स्वागत एवं वधाई दिइएको थियो।
कार्यक्रममा आफ्ना क्षेत्रका बारेमा कुरा राख्दै निर्यात परिषद्बा अध्यक्ष रेशम बहादुर पोखरेलले वस्तु विकास गरौं र निर्यात बढाऔं भन्ने कुरालाई एक अभियानका रुपमा अगाडि लैजान एक्लै नसकिने हुँदा यसमा महासंघको बलियो साथ आफ्नो संस्थाले खोजेको बताए।
कच्चा पदार्थमा लाग्ने भन्सार महसुल, चर्को बैंक ब्याजदर, ट्रान्जिटका लागि पाउने सुविधाहरू लगायतका विषयहरूमा पनि महासंघले पहल गरिदिन उनले जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।