काठमाडौं– नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग शुक्रबार शिष्टाचार भेट गरेका छन् ।
भेटका क्रममा भौतिक पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा नेपाल–भारतबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उपायहरूबारे छलफल भएको काठमाडौंस्थित भारतीय राजदुतावासले जनाएको छ ।
दुवै पक्षले बहुआयामिक द्विपक्षीय सहकार्यलाई थप अघि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।