काठमाडौं– एनएमबि बैंकले मधेश प्रदेशका उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ।
बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै मधेश प्रदेशमा हालसम्म १५६ जना उखु किसानलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको छ।
बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता गरेको थियो। सम्झौताअनुसार उक्त चिनी उद्योगलाई आवश्यक उखुको माग पूरा गर्न आवश्यक पर्ने उखु खेती गर्न प्रोत्साहन गर्दै किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो। साथै, सुगर मिल्ससँग सहकार्य गरी किसानहरुको उखु खेतीलाई आवश्यक अन्य विभिन्न प्राविधिक सहयोग पनि गर्दै आएको छ।
कर्जा प्रवाह भएपश्चात हालसालै बैंकले गरेको स्थलगत निरीक्षणमा अधिकांश किसानहरुको जीवनस्तर परिवर्तन भएको र किसानहरुले उखु बिक्रीबाट लाभान्वित भई बैंकको कर्जा समेत तोकिएको भाकाभित्रै भुक्तानी गरिरहेको पाइएको छ।
चिनी उद्योगहरुमा उखुको माग हुँदाहुँदै पनि कर्जा नपाउँदा उखु खेती गरी उत्पादन बढाउन नसकेका किसानहरुले बैंकले सहुलियपूर्ण कर्जा उपलब्ध गराएपछि राहत महसुस गरेको जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।