• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

‘शिरिषको फूल’मा बदलिएको सुयोगवीर, नबदलिएकी सकमबरी

64x64
युवराज भट्टराई बुधबार, चैत ९, २०७८  ०७:०४
1140x725

काठमाडौं– कोही सर्जकको कुनै एक सिर्जना जीवनकै उत्कृष्ट हुने मानिन्छ। त्यसलाई अंग्रेजीमा ‘म्याग्नम ओपस’ भनिन्छ। जस्तो, ‘शिरिषको फूल’लाई पारिजातको म्याग्नम ओपस मानिन्छ। यस्ता उत्कृष्ट मानिएका सिर्जनालाई नाट्य रुपान्तरण गर्नु जोखिमपूर्ण पनि हुनसक्छ। त्यो जोखिम उठाउने आँट धेरैमा हुँदैन।

‘चौथो आयाम’ नाटक समूहले त्यो जोखिम उठाउने आँट गरेको छ। कीर्तिपुरस्थित ‘थिएटर मल’मा पारिजातको उपन्यास ‘शिरिषको फूल’माथि बनेको नाटक प्रदर्शन भइरहेको छ। चैत १२ गतेसम्म चल्ने नाटकमा पारिजातले ५६ वर्षपहिले लेखेको पुस्तकलाई दृश्यांकन गरिएको छ। 

पारिजातको उपन्यासमाथि उही शीर्षकमा बनाइएको नाटकमा स्वयं पारिजात उपस्थित् छिन्। यो प्रयोगलाई सुन्दर मान्नुपर्छ। पारिजातको भूमिकामा देखिएकी जेनी सुनुवार शिरिषको बोट नजिकै उभिएको दृश्यबाट नाटक सुरु हुन्छ। उनी दर्शनको चस्माबाट देखिने दुनियाँबारे आफ्ना विचार प्रस्तुत गर्दै जान्छिन्।

अनि मञ्चमा प्रकट हुन्छन् ‘शिरिषको फूल’मा उनिएका पात्रहरू।

उपन्यासमा सुयोगवीर एउटा कुन्ठाग्रस्त पात्र हो। ४५ वर्षे भूपु सैनिकले विगतमा धेरै नारीमाथि शोषण गरेको हुन्छ। तर, युद्धबाट अवकाश पाएपछि उसको जीवनमा यी विषयले तर्साउन थालेका छन्। हरेक दिन कल्पना र सपनामा उसलाई तर्साउन आइरहन्छन् युद्धका ती त्रासदीहरू। दिनभर बिनाकाम शहरका गल्लीहरूमा डुल्नु र साँझ नयाँ सडकका भट्टीमा आफ्नो मन भुलाउने प्रयास गर्नु उसको दैनिकी हो। 

यता सकम्बरी (बरी)को आफ्नै दुनियाँ छ। ऊ फरक छे। तर्कशील छे। चुरोटको अम्मली छे। मुडुलो टाउकोले उसको उपस्थितिलाई फरक बनाएको छ। उपन्यासमा निस्सार र विसंगतिपूर्ण जीवनको चित्रण पाइन्छ। त्यही विसंगतिमा संगति खोज्न खोज्दा दुर्घटना भएको छ।
उपन्यासका पक्षहरुलाई छाडेर नाटकमा केन्द्रित हौं।

कीर्तिपुरमा मञ्चन भइरहेको नाटक ‘शिरिषको फूल’मा पारिजातको उपन्यासकै कथाको चित्रण छ। तर, उक्त चित्रणमा थुप्रै दृश्यले पारिजातका पाठकहरूको चित्त दुखाउन सक्छ। सुयोगवीरमा भएको युद्धको ग्लानीदेखि बरीसँगको चुम्बनपछि बुनिएका दृश्यहरुमा दर्शक निराश हुन सक्छन्।
उपन्यासमा जस्तै नाटकमा सुयोगवीरलाई युद्धमा आफूले गरेका कर्महरुले झस्काइरहन्छ। यौन इच्छापूर्तिका लागि मात्रै उपयोग गरेका महिलाहरूको सम्झनाबाट ऊ झस्किरहन्छ। ती झस्काइलाई देखाउन गरिएको प्रयोग सुन्दर छ। 

Ncell 2
Ncell 2
nimb
nimb

युद्धको झझल्को प्रस्तुत गर्न निर्देशकले गरेको बिम्बात्मक प्रस्तुति पनि प्रशंसायोग्य छ। त्यस्तै, प्रशंसायोग्य छ नाटकमा सकम्बरीको भूमिकामा देखिएकी समृद्धि नेपालको अभिनय। छोटो कपालमा मञ्चमा देखिएकी उनको संवाददेखि अब्बल अभिनयसम्मले दर्शकलाई तान्छ। घरको रेलिङमा बसेर हातमा चुरोट र पुस्तक बोकिरहेको बखत होस् वा बगैंचामा शिरिषको फूल नजिक बसेको बखत होस्, उनी वास्तवमै बरीको प्रतिबिम्ब लाग्छिन्।

उपन्यासमा शब्दमार्फत महसुस गर्न कठिन लाग्ने व्यंग्यहरूलाई नाटकमा सजिल्यै दर्शकले महसुस गर्न सक्छन्। बेलाबखत सुयोगवीरको अहंमा चोट पुग्ने गरी बरीले गर्ने ‘बुढो हुनुभयो’ संबोधन अस्वाभाविक लाग्दैन।

नाटकमा मञ्चको परिकल्पना पनि सुन्दर छ। एउटै मञ्चलाई नयाँ सडकको भट्टीदेखि शिवराजको घरका कोठाहरू र सुयोगवीरको बहालको कोठासम्मका लागि प्रयोग गरिएको छ। दृश्यअनुसार मञ्चका सामग्रीहरूलाई ओल्टाइपल्टाई प्रयोग गरिन्छ। 

तर, नाटकले सुयोगवीरको ग्लानी र बरीको आत्मालापलाई न्याय नगरेको भान हुन्छ। उपन्यासमा पोखिएको ग्लानी नाटकमा देखिएका सुयोगवीर पात्रमा पाउन कठिन छ। नाटकमा सुयोगवीर ४५ वर्षे छैनन्। उनको आत्मालाप पनि उनी स्वयंसँग नभएर भिडसँग गरेको सुनिन्छ। 

रंगमञ्चमा एउटा व्यवहारिकता हुन्छ, दर्शकलाई नाटकमा भएका घटनासँग जोड्न सक्नुपर्छ। तर, यो नाटकले दर्शकलाई दृश्यहरूसँग जोड्न सकेको छैन। जस्तो, तपाईं ऐना सामुन्ने बसेर आफैंलाई सम्बोधन गरिरहँदा चिच्याएर शहरलाई सम्बोधन गरेजस्तो बोल्नुहुँदैन। तर, सुयोगवीर आफूसँगको संवादमा नेताको भाषणजस्तो गरी प्रस्तुत हुन्छ। 

उपन्यासमा मनोवाद जसरी प्रस्तुत भएका पक्षहरूलाई नाटकमा दृश्यांकन गर्दा सोही शैली अपनाउनुपर्ने आवश्यकता थिएन। बरु, ती मनोवादलाई दृश्यात्मक बनाउँदा बढी सुन्दर हुनसक्थे। मनोवादमा प्रयोग भएका परिस्कृत शब्दावलीभन्दा दर्शकले दृश्यलाई महसुस गर्न सक्थे।

नाटकमा देखाइएका केही दृश्य उपन्यासभन्दा बिल्कुल फरक छन्। यसले दर्शकलाई द्विविधा उत्पन्न गरेको छ। उपन्यासकी लजालु र सेतो साडीमा सजिएकी मुजुरा नाटकसम्म आइपुग्दा ‘मोर्डन’ देखिन्छिन्। सुयोगवीरलाई जिस्काउनमा उनले कुनै कसर बाँकी राखेकी छैनन्। लाग्छ, नाटक निर्माणमा पारिजातको शिरिषको फूल परिमार्जित भएको छ। पारिजातको उपन्यास सार्वजनिक भएको समयमा भर्खर १४ वर्ष पुगेकी गायिका मिरा राणाको गीत ‘चाहिँदैन, मलाई चाहिँदैन’ नाटकमा सानुले गाइरहेकी हुन्छिन्। यसले पनि नाटकलाई पूर्ण रूपमा उपन्यासमै आधारित बनाउन खोजिएको हो वा परिमार्जन गरेर प्रस्तुत गरिएको हो भन्ने द्विविधा उत्पन्न हुन्छ।

पारिजातले आफ्नो सिर्जनाहरूमा भएको अस्तित्ववादको दर्शनलाई पाठकले नबुझेको आफ्ना अन्र्तवार्ताहरूमा बताएकी थिइन्। पारिजात आफैंले भनेकी छिन्, ‘प्रगतिशील समीक्षक र पाठकहरुले मलाई मात्र दुई चिरा पारेर हेर्छन्। एक– जनविरोध र दुई– प्रगतिवादी। यस्तो हेराइ वैज्ञानिक हुँदैन। मेरो लेखन कसरी गतिवान भएर आएको छ, त्यसको मूल्यांकन नगरिदिएकोमा मलाई गुनासो छ।’ (पारिजातका संकलित रचनाहरु, ग्रन्थ ६)

नाटकमा पनि पारिजातले गुनासो गरेकै पक्ष दोहोरिएका छन्। बरी पात्रमा जति पारिजातको दर्शन र सोच प्रस्तुत भएको महसुस हुन्छ, मुख्य पात्र सुयोगवीरको चित्रणमा त्यो पक्ष उति नै कमजोर छ। उपन्यासमा भएका सबै गौण पात्रहरूमा पनि जुन विसंगतिको चित्रण पाइन्छ, नाटकमा भेट्न सकिँदैन। नाटकमा बरीमा धेरै मात्रामा पारिजातको दर्शनको प्रभाव छ। तर, सुयोगवीर पात्र कमजोर छ। उसले बरीलाई उपन्यासमा सोच्ने ‘सुनगाभा’जस्तो पक्षहरू नाटकमा छैनन्। 

शिरिषको फूल उपन्यास पढेका र पारिजातको सिर्जनासँग परिचित भएकालाई नाटक केही खल्लो महसुस हुनसक्छ। यद्यपि, नाटकका प्राविधिक पक्षले त्यसलाई छोप्न पनि सक्छन्। 

तर, उपन्यास नपढेकाहरूका निम्ति नाटक गजब छ। प्रकाशको संयोजन र पाश्र्व ध्वनी अब्बल छन्। दोस्रो विश्वयुद्धको समाप्ति र हिटलरको मृत्यु दर्शाउन ध्वनीमार्फत गरिएको प्रयोग पनि सुन्दर छ।

उपन्यास वा साहित्यिक कृतिमाथि विगतमा बनेका नाटक हेर्नेहरूका निम्ति शिरिषको फूलको नाट्य संवाद र दृश्य रुपान्तरण त्यति स्वाद नपर्न सक्छ। यद्यपि, सर्जक र सिर्जनाको तुलना हुँदैन। तैपनि, प्रसंगका लागि इन्द्रबहादुर राईको कथा ‘जयमाया एक्लै लिखापानी आइपुगिन्’, वा उपेन्द्र सुब्बाको कथा ‘जोखाना’जस्ता साहित्यिक सिर्जनामा आधारित नाटक हेर्ने दर्शकले पक्कै गजब स्वाद पाएको हुनुपर्छ। 

नाटकका परिकल्पनाकार केदार श्रेष्ठ र निर्देशक अन्जान प्रदीपले शिरिषको फूललाई दृश्यहरूमा जीवन्त बनाउन निकै मिहिनेत गरेको देखिन्छ। सकमबरीको भूमिकामा समृद्धि नेपाल, सुयोवीरको भूमिकामा सञ्जय विश्वकर्मा, शिवराजको भूमिकामा हाङ ओ हाङ राई, मुजुराको भूमिकामा सविना गोपाली, सानुको भूमिकामा मञ्जु महर्जन छन्।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्