काठमाडौँ – दोलखाको तामाकोशी गाउँपालिका-४ मालुस्थित मतदान केन्द्रमा पुन: मतदान सुरु भएको छ ।
तामाकोशी ४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि सुरु भएको हो।
मतदान सुरु भएसँगै स्थानीय प्रशासनले माइकिङ गरेर तितरबितर भएका मतदातालाई बोलाइएको छ ।
सो मतदान केन्द्रमा करिब ३ सय मत खसेपछि विवाद भएर मतदान राकीएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।