काठमाडौं– अशोक लेलैण्डले ‘मेगा सर्भिस क्याम्प २०२२’ सुरु गरेको छ। आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले देशभर रहेको आफ्नो १५ सर्भिस सेन्टरहरुमा सर्भिस क्याम्प सुरु गरेको हो।
योजनाअन्तर्गत ग्राहकलाई केन्द्रित गर्दै पार्ट्समा ५० प्रतिशतसम्म छुट, लुब्रिकेन्टमा १२ प्रतिशतसम्म छुट र लेबर चार्जमा ३० प्रतिशत छुटका साथै ४५ पोइन्ट फ्री चेकअप पनि उपलब्ध हुनेछ। यस्तै यस सर्भिस क्याम्पका क्रममा ग्राहकले विभिन्न आकर्षक उपहारका साथै फ्रि गाडी वासिङ, फ्रि टिसर्ट, १ लिटरसम्म फ्रि इन्जिनयल र कुलेन्ट टप–अप पनि लिन सक्नेछन्।
यस सर्भिस क्याम्पको अफर आशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सियल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुने कम्पनीले जानकारी दिएको छ।
अशोक लेलैण्डका नेपालभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर ग्राहकले यो सेवा प्राप्त गर्न सक्नेछन् । यो योजना चैत ६ देखि ११ गतेसम्म मात्र लागु हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।