काठमाडौं– एनएमबि बैंकले मधेश प्रदेशका उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ। बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै मधेश प्रदेशमा हालसम्म १५६ जना उखु किसानलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको छ।
बैंकले उखु किसानलाई सहज रुपमाकर्जा प्रवाहगर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता नै गरेको थियो।
सम्झौताअनुसार ती चिनी उद्योगलाई आवश्यक उखुको माग पूरा गर्न आवश्यक पर्ने उखु खेतीगर्न प्रोत्साहानगर्दै किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो।
साथै सुगर मिल्ससंग सहकार्य गरी किसानहरुको उखु खेतीलाई आवश्यक अन्य विभिन्न प्राविधिक सहयोग पनि गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।