• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ २०, २०८३ Wed, Jun 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सुमन पोखरेलको कविता : गर्मी

64x64
नेपाल लाइभ शुक्रबार, असोज २०, २०७४  ०९:०८
1140x725
nimb
nimb
Ncell 2
Ncell 2

गर्मी आफ्नो उत्कर्षबाट अझ मास्तिर उक्लँदो छ,
मानौं कसम खाएको छ तमाम थर्मामिटरहरू नफुटाइकन तल नओर्लिने।
 
हावा यता छिर्न मन गरिरहेको छैन,
बादललार्इ लिएर गएको छ कतै हनिमुन मनाउन
त्यसैले पानी पनि पर्न सकिरहेको छैन।
 
सूर्य भएभरको शक्ति लगाएर घाम बर्साइरहेको छ,
लादिरहेछ निर्ममतापूर्वक निरीह जीवनहरूमाथि आफ्नो एकोहोरो शासन।
 
मान्छेको शरीर र मस्तिष्कको सामञ्जस्यलार्इ भत्काइदिएको छ गर्मीले।
सिमसार भएको छ मान्छेको शरीर।
बौलाहा बाढीले जस्तो एकछत्त भिजाएको छ सम्पूर्ण शरीरलार्इ पसिनाले।
 
उसले छुट्टयाउन सकेको छैन छाला र रौं,
र मान्छेको विचारलार्इ टाउकादेखि बगाउँदै पैतालासम्म पुर्‍याइदिएको छ।
 
पसिनाले तानेर जिउमै लपक्क टाँसिदिएको छ
करैले लगाउनुपरेका लुगाहरू पनि।
आजीवन अभिनयरत मान्छे
गाली गर्दो छ कपडाको आविष्कारकलार्इ।
झ्यालहरू भएर पनि नभए झैं छन्
कुनै असफल राष्ट्रको सरकार झैं।
पर्दाहरू हल्लिऊँ कि नहल्लिऊँ भनेर अलमल्ल छन्।
 
भित्ताहरू नभएको वैमनष्यको तातो फ्याँक्दै सिँगौरी खेल्दै छन्, आपसमा जुधौं झैं गरेर।
कोठा आफैंमा बौलाएको छ आफैंभित्रको ताप खप्न नसकेर।
ओछ्यान तावाले झैं राप फ्याँक्दो छ,
उठ्‍दै गरेको मान्छेको जिउमा टाँसिएर भाग्न खोज्दो छ पसिनाले भिजेको तन्ना।
 
सिलिङ पङ्खा आजित छ अधिकारविहीन नाम मात्रको कुनै निमित्त हाकिम जस्तै
उँधोमुन्टो झुन्डिएर निरन्तर हप्काइरहँदा पनि गर्मीले टेरपुच्छर नलगाएकामा।
टाउको निहुर्‍याएर अगाडि पर्ने जोसुकैको गाली सुन्दै घुमिरहेछ टेबुल पङ्खा
सरकारी अफिसको कुनै श्रेणीविहीन फाजिल कर्मचारी जस्तै।
 
बिजुली गएको छ योजनाकारहरूका बैंकखातामा लुक्न
र बच्चो रुँदैछ आमाको दूध चुस्न नसकेर गर्मीले।
स्वास्नीमाथि खन्याउँदैछ लोग्ने अनाहक
असफल योजना र गर्मीको पारो फुटेर निस्किएको असरविहीन तातो झोँकलार्इ।
स्वास्नीको लागि त्यो झोँक उसले भोगिरहेको गर्मीभन्दा ज्यादा तातो छैन।
 
उन्मत्त उम्लिरहेछ बाटाको पिच
मान्छेको धैर्य चर्काउने गरी थपिरहेछ हावामा तातो।
अस्तव्यस्त गफ्फिइरहेछन्
खेत रोप्न नपाएर फुर्सद पाएका आइमार्इहरू रुखमुनि थुप्रिएर।
छेउमा बाँधेको बहर गोरु जान्न उत्सुक छ,
आइमार्इहरूलार्इ जाडोमा मात्र लाज लाग्दोरहेछ कि कसो भनेर।
सम्भ्रान्त भनाउँदा आइमार्इहरूका आफ्नै ऐनामा सीमित केही रहस्यहरू पनि
द्रुततर गतिमा सार्वजनिक भइरहेछन् गर्मीको निहुँमा।
 
पसिनाको चिपचिपाहटमा अल्झिएका छन् सबैका सीप र जाँगरहरू
प्रेमी-प्रेमिकाहरू एकअर्कालार्इ टाढैबाट हेरेर चित्त बुझाउँदै छन्,
तमाम मोह र आशक्तिभन्दा ज्यादा शक्तिशाली भएर उभिएको छ
उनीहरूका बीचमा यो प्रचण्ड गर्मीको विकर्षण।
 
सूर्य आफ्नो वर्चस्व देखाउन तल्लीन छ अझै
र एकोहोरो चढ्‍दो छ गर्मीको घमण्ड।
 
यति हुँदाहुँदै पनि विश्वस्त छन्‍ यहाँ बाँचिरहेका एकएक कणहरू
गर्मीलार्इ पछारेर अवश्य आउनेछ शीतलता भनेर।
 
अनुभव साक्षी छ,
निर्मम शासन गरेर कोही यहाँ धेरैबेर टिक्न सक्दैन।

जेठ २०६१, वीरगञ्ज

प्रकाशित मिति: शुक्रबार, असोज २०, २०७४  ०९:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता
मानवअधिकार आयोगको प्रतिवेदनबारे ओलीले के भने ?
नेतृत्व विवादप्रति राप्रपाभित्र चर्को असन्तुष्टि, एकता र जिम्मेवारीबारे ज्ञानेन्द्र शाहीले उठाए प्रश्न
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता बुधबार, जेठ २०, २०८३
मानवअधिकार आयोगको प्रतिवेदनबारे ओलीले के भने ? बुधबार, जेठ २०, २०८३
नेतृत्व विवादप्रति राप्रपाभित्र चर्को असन्तुष्टि, एकता र जिम्मेवारीबारे ज्ञानेन्द्र शाहीले उठाए प्रश्न बुधबार, जेठ २०, २०८३
सम्पत्ति छानबिन आयोग नमान्ने र बयान पनि नदिने ओलीको घोषणा बुधबार, जेठ २०, २०८३
प्रतिनिधि सभा निर्वाचनपछि कम्युनिस्ट आन्दोलनले ठुलो चुनौती भोगेको पौडेलको भनाइ बुधबार, जेठ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
करिब ५५ लाख रुपैयाँ लुकाएर मलेसिया जान लागेका एयरलाइन्सका एक कर्मचारी पक्राउ मंगलबार, जेठ १९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
एक खेल अगावै नेपाल एसियन गेम्समा छनोट मंगलबार, जेठ १९, २०८३
रास्वपाले भन्यो : सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनायो मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्