• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ११, २०८२ Tue, Oct 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रकाशको ‘पिर’ले निम्त्याएको बहस

64x64
धनु विश्वकर्मा सोमबार, फागुन ३०, २०७८  ०७:००
1140x725

काठमाडौं– सर्जक प्रकाश सपुतको ‘पिर’ गीत सार्वजनिक भएसँगै चौतर्फी बहस सुरु भएको छ। माओवादी कार्यकर्ता (अधिकांश) एकातिर अरु अर्कोतिर बाँडिएका छन्। कसैले प्रकाशलाई बधाई दिइरहँदा कसैले गालीगलौज गर्नेदेखि सामाजिक बहिष्कार र युट्युबाट गीत हटाउन चेतावनी दिएका छन्। विवाद र चर्चाका बीच उनको गीतको भिडियो यतिबेला युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ।

दश वर्षको ‘जनयुद्ध’ले देशमा गणतन्त्र, संघीयता, धर्मनिरेपक्षता र समावेशिता जस्ता राजनीतिक उपलब्धि ल्यायो। तर, व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन भएन। युद्धमा होमिएका योद्धा र अघि सारिएका मुद्दालाई फर्केर हेर्दा आकाश–जमिनको फरक छ। गीत यिनै विषयको वरिपरि छ। 

तर, सिंगो माओवादी आन्दोलनमाथि नै प्रश्न उठाइएको भन्दै माओवादी नेता, कार्यकर्ता गीतको प्रतिवादमा उत्रिएका छन्। गीतको भिडियो महिलाद्वेषी भएको उनीहरूको आक्रोश छ। 

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटरमा लेखेका छन्, ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन। गीतले जनयुद्धको विरोध गरेको छैन। अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ। त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो। गीतका सर्जकलाई किन धम्काउने?’

तर, अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिँह भने गीत हटाउन माग गर्छिन्। ‘जनयुद्ध’का कारण परिवर्तन आएको हो भन्दै यस्ता खालका महिलाद्वेषी गीत हटाउन माग गरिन्। उनले लामो फेसबुकमा लामो स्टेटस लेखिन्, जसले राजनीतिमा तरंग नै पैदा गरेको छ। 

यो पनि पढ्नुहोस्

बेजोड विषय उठान गर्दागर्दै बहकिएका प्रकाश सपुत

उनी लेख्छिन्, ‘महान जनयुद्धको कारण केही थान मन्त्रीहरु, माननीयहरु र टाठाबाठाहरुको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रुपमा छ। 

सहिद परिवार बेपत्ता परिवार, पूर्वजनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखवर भने छैन। कतिपय प्रयत्नहरु सफल हुन सकेका छैनन्। व्यवस्थापनमा केही नभएको भन्ने पनि होइन। विभिन्न तहमा प्रयत्नहरु भइरहेका पनि  छन्। 

तर, व्यवस्थापन हुन नसकेका जटिलताहरु देखाएर जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिनेगरी प्रकाश सपुतजीले युट्युबमा अपलोड गरिएको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ। 

Ncell 2
Ncell 2

जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सभागिता सुनिश्चित भएको कुरा प्रकाशजी तपाईंलाई बुझाइरहन पर्ने हो। 

जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातिय विभेदबिरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाँडै भुल्नु भयो। तिनै दिदीबहिनीहरुमाथि अपमान हुने गरि बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु।’

अर्काथरी भन्छन्– कथा जे छ त्यो जायज छ। जुन सपना देखाएर उत्पीडित समुदायलाई युद्धमा सहभागी गराइएको थियो, आज त्यो सपना ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै भएको दृष्टान्त जगजाहेर छन्। जसलाई गीतमा प्रस्तुत गरिएको छ। 

पूर्वलडाकु लेनिन विष्ट फेसबुकमा लेख्छन्— ‘सत्य पचाउन सिकौं दाम्रेड हो! हिजो जनयुद्ध लडेका कयौं हाम्रै दाजुभाइको अहिले अवस्था के छ? सँगसँगै लडेका केही साथीहरु पहुँचवाला भए। कोही खाडीमुलुक भासिन बाध्य भए! कोही लडाकुले जनयुद्धलाई नै अनावश्यक थियो भन्न थाले!  

अनि इमानदार नेपालीहरुको अवस्था के छ अहिले? जनमुक्ति सेना कहाँ छन्? सहिदको रगतको मूल्य कति छ? घाइते र अपांगहरु जनयुद्धको बारेमा के सोच्दै होलान् कति तड्पिरहेका छन्? अहिलेको राज्य व्यवस्था यी विषयहरुबाट अन्जान छ? 

अझै भनौं त जनयुद्ध नै जग बनाएर सत्तामा पुगेकाहरु अहिले यस्तो अवस्थामा छन्? मानौं जनयुद्धसँग उनीहरुको कुनै चिनजान छैन।’ 

यिनै प्रकाश सपुतले सात महिनाअघि एक गीत सार्वजनिक गरे ‘कुरा बुझ्न पर्छ।’ जसमा उनले अवसर पाए दलित समुदायकी छोरी पनि डाक्टर बन्न सक्छिन् भन्ने देखाए। मनमाया क्षेत्री र फुलमाया विश्वकर्माको जातीय अन्तरघुलन देखाए। त्यसमा उनले जताततै वाहीवाही पाए। मिडियाका हेडलाइन बने। अन्तिममा उनले प्रेमीले प्याड उपहार दिएर झन् प्रगतिशील सोंचको चित्रण गरे। तर, पिरमा भने समर्थन र विरोध भएको छ। 

कवि हेमन्त गिरि फेसबुकमा लेख्छन्, ‘बाध्यतामा परेका महिलाहरुले देह व्यापार गर्छन् भन्ने भाष्य नै कमजोर छ। यो त व्यक्तिको इच्छा र स्वतन्त्रताको कुरा पो हो। 

यौन व्यवसायकै भरमा अर्थतन्त्रको ठूलो हिस्सा धानिएका देश पनि छन्। लुकिछिपी यौनधन्दा गरिने देशहरु पनि छन्। कुनै समाजमा यी पेसालाई सामान्य रूपमा लिइएको होला कुनै समाजमा जिब्रो टोकिने विषय बनाइएको होला! 

तर, यी पेसााहरुलाई महिलाको बाध्यतासँग जोड्ने सिलसिला जहिलेसम्म रहन्छ, तबसम्म न राजनीतिले क्रान्ति गरेको ठहर्छ न राजनीतिउपर लेखिएका गीत संगीतले नै क्रान्ति गरेको ठहर्छ। मानसिकता फेरौं, देह व्यापारलाई महिलाको कमजोरीको द्योतक बनाउन बन्द गरौं।’

अहिले गीतमा माओवादी विरुद्धमा र गैरमाओवादी समर्थनमा छन्। टिप्पणी पनि राजनीतिक विचारका आधारमा गर्न थालिएको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ता भानु पराजुली लेख्छन, ‘चुलो–भान्सामा खाद्यान्न सामग्रीका बट्टामा विदेश जाँदै गरेकी श्रीमतीले  कुन के हो भनी टाँसिदिएको चाहिँ पुरुषले भान्साको काम जान्दैन भन्ने आसय सामान्यीकरण गरियो, यो पनि अलि सुहाएन?’

यो पनि पढ्नुहोस्

प्रकाश सपुतको ‘पिर’बाट निस्केको राजनीतिक तीर

यस्तै, फेसवुक प्रयोगकर्ता यादव देवकोटाले पनि यौनलाई हेर्ने दृष्टिकोण फरक रहेको बताएका छन्। उनी लेख्छन, ‘यौन व्यवसायलाई हेर्ने चेतनाको बनिबनाउ चस्मा लगाएर तिनै मानिसहरु यसलाई चरित्रको सवाल बनाइरहेका छन्, जसले आफूलाई मार्क्सवादी/संस्कृतिकर्मी भनाउने रहर बेसाउँछन्।’ 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
एलिनाका पूर्वपति विष्णुको प्रश्न : हामी कहिलेसम्म पीडाको शिकार हुनुपर्ने हो ? यसबीच, एलिनाका पूर्वश्रीमान बिष्णु सापकोटाले सामाजिक संजालमा एक लामो विज्ञप्ति जारी गर्दै सामाजिक संजालबाट आउने कठोर शब्द, धम्कीपूर्... शुक्रबार, साउन २, २०८२
ताजा समाचारसबै
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
राष्ट्रिय सभाका सचिव अर्यालद्वारा राजीनामा मंगलबार, कात्तिक ११, २०८२
सेयर बजार हरियाली हुँदा कारोबार रकम बढ्यो मंगलबार, कात्तिक ११, २०८२
जुम्ला र जोमसोममा तापक्रम १ डिग्रीसम्म झर्ने अनुमान मंगलबार, कात्तिक ११, २०८२
आगामी पुसमा बाघ गणना गरिने मंगलबार, कात्तिक ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम सोमबार, कात्तिक १०, २०८२
देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह सोमबार, कात्तिक १०, २०८२
बंगालको खाडीमा ‘मोन्था आँधी’ सक्रिय,नेपालमा कस्तो असर पर्छ ? मंगलबार, कात्तिक ११, २०८२
राष्ट्रिय सभाका सचिव अर्यालद्वारा राजीनामा मंगलबार, कात्तिक ११, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम सोमबार, कात्तिक १०, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्