• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रकाशको ‘पिर’ले निम्त्याएको बहस

64x64
धनु विश्वकर्मा सोमबार, फागुन ३०, २०७८  ०७:००
1140x725

काठमाडौं– सर्जक प्रकाश सपुतको ‘पिर’ गीत सार्वजनिक भएसँगै चौतर्फी बहस सुरु भएको छ। माओवादी कार्यकर्ता (अधिकांश) एकातिर अरु अर्कोतिर बाँडिएका छन्। कसैले प्रकाशलाई बधाई दिइरहँदा कसैले गालीगलौज गर्नेदेखि सामाजिक बहिष्कार र युट्युबाट गीत हटाउन चेतावनी दिएका छन्। विवाद र चर्चाका बीच उनको गीतको भिडियो यतिबेला युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ।

दश वर्षको ‘जनयुद्ध’ले देशमा गणतन्त्र, संघीयता, धर्मनिरेपक्षता र समावेशिता जस्ता राजनीतिक उपलब्धि ल्यायो। तर, व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन भएन। युद्धमा होमिएका योद्धा र अघि सारिएका मुद्दालाई फर्केर हेर्दा आकाश–जमिनको फरक छ। गीत यिनै विषयको वरिपरि छ। 

तर, सिंगो माओवादी आन्दोलनमाथि नै प्रश्न उठाइएको भन्दै माओवादी नेता, कार्यकर्ता गीतको प्रतिवादमा उत्रिएका छन्। गीतको भिडियो महिलाद्वेषी भएको उनीहरूको आक्रोश छ। 

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटरमा लेखेका छन्, ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन। गीतले जनयुद्धको विरोध गरेको छैन। अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ। त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो। गीतका सर्जकलाई किन धम्काउने?’

तर, अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिँह भने गीत हटाउन माग गर्छिन्। ‘जनयुद्ध’का कारण परिवर्तन आएको हो भन्दै यस्ता खालका महिलाद्वेषी गीत हटाउन माग गरिन्। उनले लामो फेसबुकमा लामो स्टेटस लेखिन्, जसले राजनीतिमा तरंग नै पैदा गरेको छ। 

यो पनि पढ्नुहोस्

बेजोड विषय उठान गर्दागर्दै बहकिएका प्रकाश सपुत

उनी लेख्छिन्, ‘महान जनयुद्धको कारण केही थान मन्त्रीहरु, माननीयहरु र टाठाबाठाहरुको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रुपमा छ। 

सहिद परिवार बेपत्ता परिवार, पूर्वजनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखवर भने छैन। कतिपय प्रयत्नहरु सफल हुन सकेका छैनन्। व्यवस्थापनमा केही नभएको भन्ने पनि होइन। विभिन्न तहमा प्रयत्नहरु भइरहेका पनि  छन्। 

तर, व्यवस्थापन हुन नसकेका जटिलताहरु देखाएर जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिनेगरी प्रकाश सपुतजीले युट्युबमा अपलोड गरिएको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ। 

Ncell 2
Ncell 2
nimb
nimb

जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सभागिता सुनिश्चित भएको कुरा प्रकाशजी तपाईंलाई बुझाइरहन पर्ने हो। 

जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातिय विभेदबिरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाँडै भुल्नु भयो। तिनै दिदीबहिनीहरुमाथि अपमान हुने गरि बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु।’

अर्काथरी भन्छन्– कथा जे छ त्यो जायज छ। जुन सपना देखाएर उत्पीडित समुदायलाई युद्धमा सहभागी गराइएको थियो, आज त्यो सपना ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै भएको दृष्टान्त जगजाहेर छन्। जसलाई गीतमा प्रस्तुत गरिएको छ। 

पूर्वलडाकु लेनिन विष्ट फेसबुकमा लेख्छन्— ‘सत्य पचाउन सिकौं दाम्रेड हो! हिजो जनयुद्ध लडेका कयौं हाम्रै दाजुभाइको अहिले अवस्था के छ? सँगसँगै लडेका केही साथीहरु पहुँचवाला भए। कोही खाडीमुलुक भासिन बाध्य भए! कोही लडाकुले जनयुद्धलाई नै अनावश्यक थियो भन्न थाले!  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अनि इमानदार नेपालीहरुको अवस्था के छ अहिले? जनमुक्ति सेना कहाँ छन्? सहिदको रगतको मूल्य कति छ? घाइते र अपांगहरु जनयुद्धको बारेमा के सोच्दै होलान् कति तड्पिरहेका छन्? अहिलेको राज्य व्यवस्था यी विषयहरुबाट अन्जान छ? 

अझै भनौं त जनयुद्ध नै जग बनाएर सत्तामा पुगेकाहरु अहिले यस्तो अवस्थामा छन्? मानौं जनयुद्धसँग उनीहरुको कुनै चिनजान छैन।’ 

यिनै प्रकाश सपुतले सात महिनाअघि एक गीत सार्वजनिक गरे ‘कुरा बुझ्न पर्छ।’ जसमा उनले अवसर पाए दलित समुदायकी छोरी पनि डाक्टर बन्न सक्छिन् भन्ने देखाए। मनमाया क्षेत्री र फुलमाया विश्वकर्माको जातीय अन्तरघुलन देखाए। त्यसमा उनले जताततै वाहीवाही पाए। मिडियाका हेडलाइन बने। अन्तिममा उनले प्रेमीले प्याड उपहार दिएर झन् प्रगतिशील सोंचको चित्रण गरे। तर, पिरमा भने समर्थन र विरोध भएको छ। 

कवि हेमन्त गिरि फेसबुकमा लेख्छन्, ‘बाध्यतामा परेका महिलाहरुले देह व्यापार गर्छन् भन्ने भाष्य नै कमजोर छ। यो त व्यक्तिको इच्छा र स्वतन्त्रताको कुरा पो हो। 

यौन व्यवसायकै भरमा अर्थतन्त्रको ठूलो हिस्सा धानिएका देश पनि छन्। लुकिछिपी यौनधन्दा गरिने देशहरु पनि छन्। कुनै समाजमा यी पेसालाई सामान्य रूपमा लिइएको होला कुनै समाजमा जिब्रो टोकिने विषय बनाइएको होला! 

तर, यी पेसााहरुलाई महिलाको बाध्यतासँग जोड्ने सिलसिला जहिलेसम्म रहन्छ, तबसम्म न राजनीतिले क्रान्ति गरेको ठहर्छ न राजनीतिउपर लेखिएका गीत संगीतले नै क्रान्ति गरेको ठहर्छ। मानसिकता फेरौं, देह व्यापारलाई महिलाको कमजोरीको द्योतक बनाउन बन्द गरौं।’

अहिले गीतमा माओवादी विरुद्धमा र गैरमाओवादी समर्थनमा छन्। टिप्पणी पनि राजनीतिक विचारका आधारमा गर्न थालिएको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ता भानु पराजुली लेख्छन, ‘चुलो–भान्सामा खाद्यान्न सामग्रीका बट्टामा विदेश जाँदै गरेकी श्रीमतीले  कुन के हो भनी टाँसिदिएको चाहिँ पुरुषले भान्साको काम जान्दैन भन्ने आसय सामान्यीकरण गरियो, यो पनि अलि सुहाएन?’

यो पनि पढ्नुहोस्

प्रकाश सपुतको ‘पिर’बाट निस्केको राजनीतिक तीर

यस्तै, फेसवुक प्रयोगकर्ता यादव देवकोटाले पनि यौनलाई हेर्ने दृष्टिकोण फरक रहेको बताएका छन्। उनी लेख्छन, ‘यौन व्यवसायलाई हेर्ने चेतनाको बनिबनाउ चस्मा लगाएर तिनै मानिसहरु यसलाई चरित्रको सवाल बनाइरहेका छन्, जसले आफूलाई मार्क्सवादी/संस्कृतिकर्मी भनाउने रहर बेसाउँछन्।’ 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । बिहीबार, असोज २९, २०८३
‘सारथी’ को प्रोमो सार्वजनिक अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकार... मंगलबार, असोज २७, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्