• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत
सुरसमीक्षा 

प्रकाश सपुतको ‘पिर’बाट निस्केको राजनीतिक तीर

64x64
डिबी खड्का शनिबार, फागुन २८, २०७८  १८:५५
1140x725

काठमाडौं– वर्तमान नेपाली संगीतमा प्रकाश सपुत नयाँ सिर्जनाका लागि दर्शक–स्रोतालाई पर्खाउन सक्ने ताकत राख्ने सर्जक हुन्। आमजनको कथाव्यथा हुँदै गुज्रिने उनका हरेक सिर्जनाले मटुको भित्री तह हल्लाइ दिन्छन्। 

प्रेमिल शब्दमा राजनीतिक दृष्यको अन्तरघुलनसहितको गीत ‘पिर’ शुक्रबार सार्वजनिक भएको छ। गीतका सुरुआती शब्द मात्रै सुन्दा प्रेममा वियोग बेहोरोको युवाको क्रन्दनजस्तो लाग्छ। गीतमा दोहोरीरहने शब्द (स्थायी) छः
तिम्रो मयाँले मलाई पिरदियो
कमलो मुटु, कमलो छाति चिरदियो

गीत राजनीतिक परिवर्तनका लागि लडेकाहरुको कठिन जीवनको हो। गीतबाट सपुतले ‘बाटो तर्‍यो, लौरो बिर्स्यौ’ गर्ने नेता र नेपाली राजनीतिक दललाई मीठो स्वरबाट तीतो पोखेका छन्। देशका लागि लडेकाहरुलाई परदेशिन बाध्य तुल्याउने नेपाली राजनीतिको प्रवृत्ति औंल्याएका छन्। 

सुनिरहन मन लाग्ने शब्दमा हेर्दा मन थाम्न नसकिने दृष्यहरु छन्। गीत, संगीत, गायनका साथै अभिनय र निर्देशनमा समेत उनले आफूलाई अब्बल सावित गरेका छन्। फरक खालका भूमिकामा आफूलाई दुरुस्तै प्रस्तुत गर्न सक्ने खुबी भएकी अभिनेत्री सुरक्षा पन्तको उनले साथ पाएका छन्। उनले कल्पेको महिला पात्रमा पन्तको रुपान्तरण स्वभाविक बनेको छ। पन्तसँगै सपुतको स्वभाविक अभिनयले म्युजिक भिडियोलाई ‘छोटो फिल्म’को स्तरमा उकासेको छ। 

म्युजिक भिडियोमा शब्द र दृष्यको संयोजनले आँखा तुरुक्क पार्ने थुप्रै ठाउँ छन्। त्यसमध्ये एउटा दृश्य आउँछ। त्यहाँ सपुतले गीत गाइरहेका छन्:
पिर बिसाउने ठावैँ पाइनँ काँ चौतारी चिनौं
मुन्छे बन्न मुस्किल भयो, के बनेर हिनौं

परदेशीएकी श्रीमतीले तीन महिनासम्म सम्पर्क नगरेको पिर बिसाउन हिँडेका छन्। त्यहाँ झन् ठूलो पिरसँग ठोकिन्छन्। जहाँ ज्यानकै दाउ लगाएर परिवर्तनका लागि सँगै युद्ध लडेकी युवती ज्यान पाल्न शरीर बेचिरहेको भेटिन्छिन्। समुन्नत देश र आदर्श समाज सपना बोकेर हिँडेका उनीहरुको विचारलाई परिस्थितिले ‘स्खलन’मा पुर्‍याएको त्यो दृष्य र ‘मुन्छे बन्न मुश्किल भयो’ भन्ने शब्दको तालमेलले मन कटक्क पार्छ।

एउटा सर्जकले महसुस गरेको पिरबाट शक्तिशाली सिर्जना सिर्जिएको छ। संयोगले त्यो थुप्रै योद्धाहरुलाई यो अवस्थासम्म पुर्‍याउने नेताहरुले ‘पिर’मा परिरहेकै बेला आएको छ। योद्धालाई म्युजिक भिडियोमा देखिएका पात्रकै परिस्थितिमा पुर्‍याउने नेताहरुलाई फेरि सत्तारोहणको पिर छ। 

‘देश परिवर्तन’को पर्दा च्यातिएपछि खिइँदै गएको अमुक पार्टी र त्यसका नेता अहिले कुनैबेलाको ‘वर्गशत्रु’ पार्टीसँग सहकार्य गर्न लालायित छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनको वैतरणी कुनैबेला उनीहरुको नजरले  ‘बुर्जुवा’ देख्ने पार्टीको पुच्छर समेतर तर्ने तयारी गर्दैछन्। यस्तो अवस्थामा गीत सार्वजनिक हुनुलाई ‘संयोग’का रुपमा लिनुपर्छ। माओवादी केन्द्रका नेता–कार्यकर्ताहरु गीतलाई राजनीतिकरण गरेर ‘पानीमाथि’को ओभानो बन्ने कोसिस त गर्लान्, तर आत्माले स्वीकार्ला त? घाइते लडाकुको पिरले पिरोल्न नै छाडेको हो भने चाहिँ भन्नु केही रहँदैन। 

माओवादी सशस्त्र युद्धका घाइते योद्धाले शान्तिपूर्ण राजनीतिपछि आफैं गरिखान अनेक उपाय अपनाएका छन्। तर, उनीहरुका लागि परिस्थिति अनुकूल बनिरहेको छैन। जिउने उपायका लागि आफूलाई युद्धमा होमिन उद्धेलित गर्ने सिंहदरबार आसिनहरुसँग थुप्रैपल्ट याचना गरेका छन्। दृष्यमा देखाइएजस्तै सरकारी सवारीमा हुइँकिएको ‘कमरेड’ले सडक नापिरहेको योद्धालाई अनदेखा गरिरहेको छ। 
जसलाई लक्षित गरेर गीतमार्फत् भनिएको छः
एउटै घटना कोहीलाई फाइदा, कोहीलाई भयो हानी
कतै मर्‍यो आत्मसम्मान कतै स्वभिमानी

यो गीतलाई तत्कालीन सशस्त्र युद्धका योद्धाहरुले आफ्नो कथाव्यथाका रुपमा अनुमोदन गरिदिएका छन्। जसले निश्चित पार्टीप्रति घृणाभाव फैलाउन खोजिएको आरोपबाट समेत सपुतलाई मुक्त गराउनेछ। गीत सार्वजनिक भएपछि युट्युबको कमेन्ट बक्समा सुकदेव अधिकारी नामका एकजना लडाकु लेख्छन्,‘यो परिवर्तनका निम्ति लडेको एउटा योद्धा म पनि हु। यो यथार्थ चित्रण गरेको गीति कथाले रुन बाध्य पार्‍यो। हार्दिक बधाई छ प्रकाशजी, म तपाईंको सिर्जनाको उच्च सम्मान गर्छु।’

चुनावकै बेला आएका हुनाले उक्त पार्टीका नेताकार्यकर्तालाई सत्य स्वीकार्न सहज हुनेछैन। सकेसम्म सपुतलाई हतोत्साहित नै गरेर ‘बन्द’ गराउन कोसिस गर्लान्। भन्लान्– सत्यभन्दा बढी भावना छ। गीतको स्रोत नै भावना भएकाले त्यसो भनिएमा पनि सपुतका लागि सफलता नै हो। 

Xtrem

Xtrem

देशका लागि लडेकाहरुको अवस्था सपुतकै पूर्व सिर्जना ‘बोल माया’का कफिनभित्र नेपाल फर्किने पात्रको जस्तो भइरहेको छ। सिर्जनामा निरन्तरताका हिसाबले ‘पिर’ त्यही ‘बोलमाया’को नारी भर्सनउन्मुख देखिन्छ। जहाँ गायिका सम्झना भण्डारीको आवाजमा गाइएको छः
अभावले हाम्रो घाँटी अँठ्यायो 
परिस्थितिले मलाई प्रदेश पठायो

पिरले घेरिएका नेपाली जनताका आँगनमा सपनाका व्यापारीहरु पुग्ने सिजन सुरु भएको छ। वैशाख ३० सिजनको सुरुवात हो। त्यसका लागि फेरि उनीहरुले जनताका पिर हरण गर्नेदेखि देशको कायापलट गर्ने गर्नेसम्मका सपना बेच्नेछन्। फेरि देशका नाममा भावुक बनाउनेछन्। 

दृष्यमा बालिकाले ‘देश भनेको के हो?’ भनेर गरेको बालसुलभव प्रश्नको उत्तर गीतबाट यसरी दिइएको छः
देश भन्नु त के रैछ र चारकिल्लाको माटो
त्यै माटो नि उनको मात्रै जो छन् टाठोबाठो

आमजनलाई भावुक बनाउने राजनीतिक पार्टीहरुको ‘राष्ट्रवाद’ वा ‘देशभक्ति’का बारेमा बडो सरलभाषामा सपुतले स्पष्ट पारिदिएका छन्। आमजन र जीवनका कथा भनिरहने सपुतले गीत ‘पिर’बाट राजनीतिक तीर छाडेका छन्। यसबाट जो–जो घाइते हुनेछन्, ती चोटका लायक थिए, छन् र हुनेछन्।

हेर्नुहोस् गीत:

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सुनको भाउ घट्यो सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्