• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन १८, २०८२ Mon, Mar 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बेजोड विषय उठान गर्दागर्दै बहकिएका प्रकाश सपुत

64x64
युवराज भट्टराई आइतबार, फागुन २९, २०७८  १९:३५
1140x725

शुक्रबार साँझ सार्वजनिक भएको प्रकाश सपुतको नयाँ गीत ‘पीर’ अहिले सामाजिक सञ्जालमा ‘हट केक’ बनेको छ। राजनीतिक विषयलाई समेटेको गीतको ‘विश्लेषण’ गर्ने सञ्जाल प्रयोगकर्ता पनि दुई धारमा विभाजित भएका छन्। 

माओवादी ‘जनयुद्ध’का विभिन्न आयामलाई गीतका दृश्यमा देखाइएको छ। तीमध्ये पूर्वछापामार महिला देहव्यापारमा लागेको दृश्यले विवाद सिर्जना गरेको हो। धेरैले यसलाई राजनीतिक रूपमा ठीक वा बेठीक भनेर तर्क प्रस्तुत गरेका छन्। तर, सामाजिक कोणमा कमैले मात्र बोलेका छन्।

यो गीत पुरुष कोणबाट बनाइएको छ। दृश्य त्यसैगरी छनोट भएका छन्। ‘पुरुषवादी सोच’कै कारण महिला संवेदनशीलतालाई गायक सपुतले बिर्सिएका छन्। अनि बहस पनि लैंगिकभन्दा राजनीतिक भएको छ। बहसकर्ता दुई धारमा बाँडिएका छन्- माओवादी समर्थक र माओवादी विरोधी।

यो गीतको शब्द, संगीत र गायक प्रकाश सपुत हुन्। भिडियोको कल्पना र निर्देशक दुवै गायक सपुत नै हुन्। प्रकाशका गीतका शब्द समसामयिक छन्। शब्दप्रति विमति राख्नुपर्ने ठाउँ छैन। उनको सिर्जनशीलता पनि राम्रै देखिन्छ। तर, दृश्य समायोजनमा भने उनी बहकिएका छन्। गलत दृश्य समायोजन गर्दा शब्द छायाँमा परेका छन्। बहसको विषय अन्यत्रै मोडिएको छ।

गीत/संगीत राजनीति होइन, तर सम्बन्ध राख्छ। ठूला–ठूला परिवर्तनमा गीत–संगीतको भूमिका हुन्छ। कुनै विषय स्थापित गर्न पनि गीत/संगीतले भूमिका खेल्छ। अमेरिकी गायिका जोन बेजको गीत ‘बांलादेश’ले बंगलादेशको स्वतन्त्रता संग्रामपछि उक्त देशको अस्तित्व स्थापित गर्न ठूलो भूमिका खेलेको थियो। नेपालको सन्दर्भमा पनि रामेश र रायनको ‘गाउँ गाउँबाट उठ’ लगायत गीतले राजनीतिक आन्दोलनहरूमा प्रेरणादायी भूमिका खेलेका हुन्।

तर, राजनीतिभन्दा पर गएर प्रकाश सपुतले प्रयोग गरेको बिम्बमाथि बहस गरौँ। के त्यो बिम्ब लैंगिक रूपमा विभेदकारी सोचको उपज होइन?

कवि तथा गीतकार श्रवण मुकारुङको शब्दमा गीत, कविता र रचनामा आफ्नो वरिपरिका विषय नै प्रतिबिम्बित हुन्छन्। तर, गायक सपुतको ‘पीर’ले देखाएको ऐनामा आर्थिक अभावकै कारण ‘वेश्यावृत्ति’मा लागेकी महिला यो समाजको आम प्रतिबिम्ब हुन्? जबकि, अझै पनि ठूलो संख्यामा नागरिक गरिबीको रेखामुनि छन्। हाम्रा आमा, हजुरआमाको पालामा यो संख्या अझ ठूलो थियो।

वेश्यावृत्ति (अहिले त यसलाई वेश्यावृत्ति भनिँदैन, देहव्यापार भनिन्छ) मानव समाजको सुरुवाती चरणका पेशाहरुमध्येकै एक मानिन्छ। बीसी २४०० को समयमा पहिलो पटक वेश्यावृत्ति पेशा भएको अभिलेखीकरण गरिएको छ। तत्कालीन समयमा मन्दिर किसिमका वेश्यालयहरु उरुक शहर (वर्तमान इराकको समावाह क्षेत्र)मा सञ्चालित भएको अभिलेख पाइन्छ।

Ncell 2
Ncell 2

वेश्यावृत्ति आर्थिक अभावसँग जोडिएका थुप्रै उदाहरण छन्। तर, आर्थिक अभावबाट छुटकारा पाउने अन्तिम उपाय वेश्यावृत्ति नै हो भन्ने सत्य होइन। सन् २०१२ को आर्थिक मन्दीबीच बंगलादेशमा धेरै महिलाहरू अभाव झेल्न नसक्दा वेश्यावृत्तिमा लागेका थिए। आर्थिक अभावसँग जुध्ने यो नै उनीहरुको निम्ति अन्तिम उपाय थिएन। यसरी वेश्यावृत्तिमा लागेका महिलामध्ये आधाभन्दा धेरैलाई अन्य पेशामा लगाउने प्रलोभनमा त्यस क्षेत्रमा पुर्‍याइएको थियो। कतिपयलाई ढाँटेर र जबर्जस्ती यो पेशामा लगाइएको थियो। 

सपुतको ‘पीर’मा आर्थिक अभावबाट छुटकारा पाउने अन्तिम उपायको रूपमा वेश्यावृत्तिलाई चित्रण गरिएको छ। नेपाली कला क्षेत्रमा महिलालाई चित्रण गर्दा जुन रुपमा प्रस्तुत गरिन्छ, त्यसैको नयाँपन मात्र हो प्रकाशको प्रस्तुति। नेपाली कला क्षेत्रमा महिलाले गर्ने ‘निकृष्ट पेशा’ देखाउनुपर्‍यो भने अझै पनि देहव्यापारमा संलग्न भएकै देखाइन्छ। अथवा महिलाको दुर्दशाको पर्याय वेश्यावृत्तीलाई मानिन्छ। यो परम्पराको कुरुप निरन्तरता हो।

‘त्यसो भए फोन सोन आएको छैन?कति भयो?’

‘तीन महिना?’

‘यसो पीर बिसाउने हो त?’

गीतमा प्रस्तुत संवाद हुन् यी। श्रीमती विदेश गएपछिको यो दृश्यमा श्रीमानका निम्ति श्रीमतीको मायाभन्दा यौनप्यास महत्त्वपूर्ण छ। त्यसपछि मूल पात्र 'जनयुद्ध'मा सहयात्री रहेकी महिलाको कोठामा पुग्छ, जो आर्थिक अभावका कारण वेश्यावृत्तिमा लागेकी हुन्छिन्। सपुतले महिलालाई गरेको चित्रणले एक महिलालाई मात्रै नभएर सम्पूर्ण महिलामाथि प्रश्न गर्छ। अझ यसमा राजनीति जोड्ने हो भने ती महिलामाथि प्रश्न गर्छ, जो ‘जनयुद्ध’मा सामेल थिए र अहिले पार्टी र सत्ताबाट बेवास्तामा परेका छन्।

नेपालको सन्दर्भमा महिला स्वेच्छाले वेश्यावृत्तिमा लागेको कम पाइन्छ, बलजफ्ती लगाइने गरिएको छ। ग्लोबल प्रेस जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसार ‘आफूले विवाह गरेको व्यक्तिले ल्याइदिएको वा आफूलाई जबर्जस्ती लगाइएको’ कारण यो क्षेत्रमा आएको बताउने धेरै छन्।

वास्तवमा सपुतको गीत लैंगिक दृष्टिकोणबाट बनाइएको होइन, त्यहीकारण पनि धेरैले यसलाई राजनीतिक कोणबाटै हेरे। आ-आफ्नो पार्टी कित्ता र विचारअनुसार समर्थन र विरोध गरे। गीतले राजनीतिक असफलतामाथि प्रश्न गरेको छ। यो जायज छ। प्रश्न त उठ्छ नै। तर, यो प्रश्नलाई एउटै दृश्यले कमजोर बनाइदियो र बहस मोडिदियो। महिलाको अन्तिम विकल्प देहव्यापार हो भन्नेमा जोड दियो।

अधिकांश नेपाली सिनेमामा हुने नै यही हो, जस्तो गायक सपुतले गरे। गीतको दृश्यमा पनि महिलालाई पुरुषको भोक मेटाउने ‘साधन’ बनाइएको छ। यदि, मुख्य पात्रको श्रीमती विदेश नगएको भए, उसलाई ‘यौनप्यास’ जाग्दैन थियो र ती छापामार महिलाको ‘इन्ट्री’ गराउनै पर्दैन थियो। ती पुरुषको आवश्यकता पूरा गराउन महिला कलाकारलाई प्रवेश गराइएको छ।

नेपालको इतिहासमै सबैभन्दा धेरै महिला सहभागी भएको संघर्ष थियो, माओवादी युद्ध। अध्येता थोमर ए मार्कस्ले सन् २०१७ मा गरेको अध्ययनमा आधारित आलेख ‘रुट्स अफ कन्फ्लिक्टः फिमेल पार्टिसिपेसन इन नेपाल्स माओइस्ट पिपल्स वार’का अनुसार नेपाली समाजमा महिलाबारे विद्यमान सोच र पारिवारिक तथा सामाजिक अवस्थाबीच पनि 'जनयुद्ध'जस्तो सामाजिक–राजनीतिक गतिविधिमा महिलाको ठूलो संख्यामा उपस्थिति भएको थियो। उनीहरुलाई युद्धमा सामेल गराउन उनीहरुले भोग्ने गरेका विभिन्न किसिमका दमनका पक्षहरुको विश्लेषणभन्दा पनि अल्पकालीन रणनीतिहरू अपनाइएको थियो। समाजमा महिलाको पिछडिएको अवस्था, उनीहरूमाथि हुने हिंसालाई राजनीतिक परिचालनको आधार बनाइएको उक्त आलेखमा उल्लेख छ।

ग्रामीण भेगमा माओवादीले ‘वर्गसंघर्षको अभ्यास’ सुरु गरेदेखि नै महिलाहरू सहभागी थिए। मार्टिन चौतारीको प्रकाशन रहेको ‘माओवादी विद्रोह : सशस्त्र संघर्षको अवधि’मा हिसिला यमीले उल्लेख गरेअनुसार तत्कालीन 'जनयुद्ध'को समयमा महिलाहरुले प्रतिरोधको इतिहास रचेका थिए। सुरुवातकै चरणमा माओवादीमा एक दर्जन जति महिला पूर्णकालीन कार्यकर्ता भएको उनले उल्लेख गरेकी छन्।

नेपाली समाजमा महिला लैंगिक उत्पीडनमा छन्। त्यसकारण उनीहरूमाथि हुने आर्थिक र शारीरिक शोषण पनि बढी नै छ। संगीत, साहित्य र सिनेमाको क्षेत्रबाट त्यस्ता निरन्तरताको क्रमभंग गर्नुपर्ने हो। तर, भाषा फरक बनाएर ‘नयाँ बोतलमा पुरानो रक्सी भर्ने’ शैलीले उही विभेदलाई निरन्तरता दिन्छ।

के वेश्यावृत्तिमा लाग्नुपर्ने अन्तिम र एउटै मात्र कारण आर्थिक अभाव हो? के आर्थिक अभावबाट उम्किने अन्य उपाय छैनन्? के इतिहासदेखि विद्रोह गरेर वर्तमानसम्म आइपुगेका महिलाले आर्थिक अभाव भोग्दाको समयमा वेश्यावृत्ति गरेका थिए?

यी प्रश्न गायक सपूतले आफूलाई सोध्न आवश्यक छ।

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
रौतहटमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय सोमबार, फागुन १८, २०८२
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री सोमबार, फागुन १८, २०८२
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
इरानमा आक्रमणका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न बेलायतले दियो अनुमति सोमबार, फागुन १८, २०८२
लेबननबाट हिजबुल्लाहले गर्‍यो इसराइलमा आक्रमण सोमबार, फागुन १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु आइतबार, फागुन १७, २०८२
इरानले मध्य–पूर्वमा पुन: सुरु गर्‍यो आक्रमण आइतबार, फागुन १७, २०८२
खामेनेईको हत्या विरोधमा पाकिस्तानस्थित अमेरिकी बाणिज्य दूतावासमा आक्रमण, ९ जना मारिए आइतबार, फागुन १७, २०८२
इरानमा आक्रमणका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न बेलायतले दियो अनुमति सोमबार, फागुन १८, २०८२
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्