• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बेजोड विषय उठान गर्दागर्दै बहकिएका प्रकाश सपुत

64x64
युवराज भट्टराई आइतबार, फागुन २९, २०७८  १९:३५
1140x725

शुक्रबार साँझ सार्वजनिक भएको प्रकाश सपुतको नयाँ गीत ‘पीर’ अहिले सामाजिक सञ्जालमा ‘हट केक’ बनेको छ। राजनीतिक विषयलाई समेटेको गीतको ‘विश्लेषण’ गर्ने सञ्जाल प्रयोगकर्ता पनि दुई धारमा विभाजित भएका छन्। 

माओवादी ‘जनयुद्ध’का विभिन्न आयामलाई गीतका दृश्यमा देखाइएको छ। तीमध्ये पूर्वछापामार महिला देहव्यापारमा लागेको दृश्यले विवाद सिर्जना गरेको हो। धेरैले यसलाई राजनीतिक रूपमा ठीक वा बेठीक भनेर तर्क प्रस्तुत गरेका छन्। तर, सामाजिक कोणमा कमैले मात्र बोलेका छन्।

यो गीत पुरुष कोणबाट बनाइएको छ। दृश्य त्यसैगरी छनोट भएका छन्। ‘पुरुषवादी सोच’कै कारण महिला संवेदनशीलतालाई गायक सपुतले बिर्सिएका छन्। अनि बहस पनि लैंगिकभन्दा राजनीतिक भएको छ। बहसकर्ता दुई धारमा बाँडिएका छन्- माओवादी समर्थक र माओवादी विरोधी।

यो गीतको शब्द, संगीत र गायक प्रकाश सपुत हुन्। भिडियोको कल्पना र निर्देशक दुवै गायक सपुत नै हुन्। प्रकाशका गीतका शब्द समसामयिक छन्। शब्दप्रति विमति राख्नुपर्ने ठाउँ छैन। उनको सिर्जनशीलता पनि राम्रै देखिन्छ। तर, दृश्य समायोजनमा भने उनी बहकिएका छन्। गलत दृश्य समायोजन गर्दा शब्द छायाँमा परेका छन्। बहसको विषय अन्यत्रै मोडिएको छ।

गीत/संगीत राजनीति होइन, तर सम्बन्ध राख्छ। ठूला–ठूला परिवर्तनमा गीत–संगीतको भूमिका हुन्छ। कुनै विषय स्थापित गर्न पनि गीत/संगीतले भूमिका खेल्छ। अमेरिकी गायिका जोन बेजको गीत ‘बांलादेश’ले बंगलादेशको स्वतन्त्रता संग्रामपछि उक्त देशको अस्तित्व स्थापित गर्न ठूलो भूमिका खेलेको थियो। नेपालको सन्दर्भमा पनि रामेश र रायनको ‘गाउँ गाउँबाट उठ’ लगायत गीतले राजनीतिक आन्दोलनहरूमा प्रेरणादायी भूमिका खेलेका हुन्।

तर, राजनीतिभन्दा पर गएर प्रकाश सपुतले प्रयोग गरेको बिम्बमाथि बहस गरौँ। के त्यो बिम्ब लैंगिक रूपमा विभेदकारी सोचको उपज होइन?

कवि तथा गीतकार श्रवण मुकारुङको शब्दमा गीत, कविता र रचनामा आफ्नो वरिपरिका विषय नै प्रतिबिम्बित हुन्छन्। तर, गायक सपुतको ‘पीर’ले देखाएको ऐनामा आर्थिक अभावकै कारण ‘वेश्यावृत्ति’मा लागेकी महिला यो समाजको आम प्रतिबिम्ब हुन्? जबकि, अझै पनि ठूलो संख्यामा नागरिक गरिबीको रेखामुनि छन्। हाम्रा आमा, हजुरआमाको पालामा यो संख्या अझ ठूलो थियो।

वेश्यावृत्ति (अहिले त यसलाई वेश्यावृत्ति भनिँदैन, देहव्यापार भनिन्छ) मानव समाजको सुरुवाती चरणका पेशाहरुमध्येकै एक मानिन्छ। बीसी २४०० को समयमा पहिलो पटक वेश्यावृत्ति पेशा भएको अभिलेखीकरण गरिएको छ। तत्कालीन समयमा मन्दिर किसिमका वेश्यालयहरु उरुक शहर (वर्तमान इराकको समावाह क्षेत्र)मा सञ्चालित भएको अभिलेख पाइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

वेश्यावृत्ति आर्थिक अभावसँग जोडिएका थुप्रै उदाहरण छन्। तर, आर्थिक अभावबाट छुटकारा पाउने अन्तिम उपाय वेश्यावृत्ति नै हो भन्ने सत्य होइन। सन् २०१२ को आर्थिक मन्दीबीच बंगलादेशमा धेरै महिलाहरू अभाव झेल्न नसक्दा वेश्यावृत्तिमा लागेका थिए। आर्थिक अभावसँग जुध्ने यो नै उनीहरुको निम्ति अन्तिम उपाय थिएन। यसरी वेश्यावृत्तिमा लागेका महिलामध्ये आधाभन्दा धेरैलाई अन्य पेशामा लगाउने प्रलोभनमा त्यस क्षेत्रमा पुर्‍याइएको थियो। कतिपयलाई ढाँटेर र जबर्जस्ती यो पेशामा लगाइएको थियो। 

सपुतको ‘पीर’मा आर्थिक अभावबाट छुटकारा पाउने अन्तिम उपायको रूपमा वेश्यावृत्तिलाई चित्रण गरिएको छ। नेपाली कला क्षेत्रमा महिलालाई चित्रण गर्दा जुन रुपमा प्रस्तुत गरिन्छ, त्यसैको नयाँपन मात्र हो प्रकाशको प्रस्तुति। नेपाली कला क्षेत्रमा महिलाले गर्ने ‘निकृष्ट पेशा’ देखाउनुपर्‍यो भने अझै पनि देहव्यापारमा संलग्न भएकै देखाइन्छ। अथवा महिलाको दुर्दशाको पर्याय वेश्यावृत्तीलाई मानिन्छ। यो परम्पराको कुरुप निरन्तरता हो।

‘त्यसो भए फोन सोन आएको छैन?कति भयो?’

‘तीन महिना?’

Xtrem

Xtrem

‘यसो पीर बिसाउने हो त?’

गीतमा प्रस्तुत संवाद हुन् यी। श्रीमती विदेश गएपछिको यो दृश्यमा श्रीमानका निम्ति श्रीमतीको मायाभन्दा यौनप्यास महत्त्वपूर्ण छ। त्यसपछि मूल पात्र 'जनयुद्ध'मा सहयात्री रहेकी महिलाको कोठामा पुग्छ, जो आर्थिक अभावका कारण वेश्यावृत्तिमा लागेकी हुन्छिन्। सपुतले महिलालाई गरेको चित्रणले एक महिलालाई मात्रै नभएर सम्पूर्ण महिलामाथि प्रश्न गर्छ। अझ यसमा राजनीति जोड्ने हो भने ती महिलामाथि प्रश्न गर्छ, जो ‘जनयुद्ध’मा सामेल थिए र अहिले पार्टी र सत्ताबाट बेवास्तामा परेका छन्।

नेपालको सन्दर्भमा महिला स्वेच्छाले वेश्यावृत्तिमा लागेको कम पाइन्छ, बलजफ्ती लगाइने गरिएको छ। ग्लोबल प्रेस जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसार ‘आफूले विवाह गरेको व्यक्तिले ल्याइदिएको वा आफूलाई जबर्जस्ती लगाइएको’ कारण यो क्षेत्रमा आएको बताउने धेरै छन्।

वास्तवमा सपुतको गीत लैंगिक दृष्टिकोणबाट बनाइएको होइन, त्यहीकारण पनि धेरैले यसलाई राजनीतिक कोणबाटै हेरे। आ-आफ्नो पार्टी कित्ता र विचारअनुसार समर्थन र विरोध गरे। गीतले राजनीतिक असफलतामाथि प्रश्न गरेको छ। यो जायज छ। प्रश्न त उठ्छ नै। तर, यो प्रश्नलाई एउटै दृश्यले कमजोर बनाइदियो र बहस मोडिदियो। महिलाको अन्तिम विकल्प देहव्यापार हो भन्नेमा जोड दियो।

अधिकांश नेपाली सिनेमामा हुने नै यही हो, जस्तो गायक सपुतले गरे। गीतको दृश्यमा पनि महिलालाई पुरुषको भोक मेटाउने ‘साधन’ बनाइएको छ। यदि, मुख्य पात्रको श्रीमती विदेश नगएको भए, उसलाई ‘यौनप्यास’ जाग्दैन थियो र ती छापामार महिलाको ‘इन्ट्री’ गराउनै पर्दैन थियो। ती पुरुषको आवश्यकता पूरा गराउन महिला कलाकारलाई प्रवेश गराइएको छ।

नेपालको इतिहासमै सबैभन्दा धेरै महिला सहभागी भएको संघर्ष थियो, माओवादी युद्ध। अध्येता थोमर ए मार्कस्ले सन् २०१७ मा गरेको अध्ययनमा आधारित आलेख ‘रुट्स अफ कन्फ्लिक्टः फिमेल पार्टिसिपेसन इन नेपाल्स माओइस्ट पिपल्स वार’का अनुसार नेपाली समाजमा महिलाबारे विद्यमान सोच र पारिवारिक तथा सामाजिक अवस्थाबीच पनि 'जनयुद्ध'जस्तो सामाजिक–राजनीतिक गतिविधिमा महिलाको ठूलो संख्यामा उपस्थिति भएको थियो। उनीहरुलाई युद्धमा सामेल गराउन उनीहरुले भोग्ने गरेका विभिन्न किसिमका दमनका पक्षहरुको विश्लेषणभन्दा पनि अल्पकालीन रणनीतिहरू अपनाइएको थियो। समाजमा महिलाको पिछडिएको अवस्था, उनीहरूमाथि हुने हिंसालाई राजनीतिक परिचालनको आधार बनाइएको उक्त आलेखमा उल्लेख छ।

ग्रामीण भेगमा माओवादीले ‘वर्गसंघर्षको अभ्यास’ सुरु गरेदेखि नै महिलाहरू सहभागी थिए। मार्टिन चौतारीको प्रकाशन रहेको ‘माओवादी विद्रोह : सशस्त्र संघर्षको अवधि’मा हिसिला यमीले उल्लेख गरेअनुसार तत्कालीन 'जनयुद्ध'को समयमा महिलाहरुले प्रतिरोधको इतिहास रचेका थिए। सुरुवातकै चरणमा माओवादीमा एक दर्जन जति महिला पूर्णकालीन कार्यकर्ता भएको उनले उल्लेख गरेकी छन्।

नेपाली समाजमा महिला लैंगिक उत्पीडनमा छन्। त्यसकारण उनीहरूमाथि हुने आर्थिक र शारीरिक शोषण पनि बढी नै छ। संगीत, साहित्य र सिनेमाको क्षेत्रबाट त्यस्ता निरन्तरताको क्रमभंग गर्नुपर्ने हो। तर, भाषा फरक बनाएर ‘नयाँ बोतलमा पुरानो रक्सी भर्ने’ शैलीले उही विभेदलाई निरन्तरता दिन्छ।

के वेश्यावृत्तिमा लाग्नुपर्ने अन्तिम र एउटै मात्र कारण आर्थिक अभाव हो? के आर्थिक अभावबाट उम्किने अन्य उपाय छैनन्? के इतिहासदेखि विद्रोह गरेर वर्तमानसम्म आइपुगेका महिलाले आर्थिक अभाव भोग्दाको समयमा वेश्यावृत्ति गरेका थिए?

यी प्रश्न गायक सपूतले आफूलाई सोध्न आवश्यक छ।

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्