• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु फेला
64x64
नेपाल लाइभ शुक्रबार, असार २०, २०८२  १२:१८
1140x725

दार्चुला – दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि घातक हुने इकोली जीवाणु पाइएको छ। 

स्वास्थ्य कार्यालय दार्चुलाले गरेको परीक्षणमा पाँच स्थानबाट संकलन गरिएको नमूनामध्ये चार स्थानको पानीमा इकोली जीवाणु फेला परेको हो। 

स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख वीरेन्द्रप्रसाद भट्टका अनुसार दूषित पानीकै कारण पानीमा इकोली देखिएको पुष्टि भएको छ। पछिल्लो दुई सातादेखि धमिलो पानी आउने गुनासो बढेपछि मुहान अनुगमन र पानी परीक्षण गरिएको थियो।

इकोली जीवाणु मानव वा जनावरको मलजन्य दूषित पानीमा पाइने गरेको भट्टको भनाइ छ। खलङ्गामा वितरण भइरहेको पानी महाकाली नगरपालिका–३ स्थित गारकुखोलाबाट ल्याइएको हो। एक महिनाअगाडि सोही खोलामा मरेको कुकुरको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यही खोलाको पानी सिधै डुङ्गरीस्थित ट्ङ्याकी हालेर धारामा पठाइएको थियो। तर ट्ङ्याकीमा समेत क्लोरिन नराखिँदा पानी धमिलो र दूषित देखिएको हो।

पानीको मूल स्रोत, प्रशोधन युनिट र उपभोक्ताको धारासम्मको पानीमा इकोली पाइएको स्वास्थ्य कार्यालय प्रमुख भट्टको भनाइ छ। पानी प्रयोग गर्दा उपभोक्ता सचेत हुनु आवश्यक रहेको उनले बताए। पानीमा क्लोरिनको मात्रासमेत राष्ट्रिय खानेपानी गुणस्तर निगरानी निर्देशिका, २०७० र प्रथम संशोधन, २०७६ को मापदण्डअनुसार नभएको भन्दै नियमित रूपमा क्लोरिन मिसाएर मात्रै पानी वितरण गर्न खलङ्गा सहरी खानेपानी आयोजनालाई सुझाव दिइएको छ।

प्रतिवेदनमा स्वास्थ्य कार्यालयले पानीको मुहान क्षेत्र वरिपरिको सरसफाइ, छेकबार, रेखदेख र वितरण पाइपहरूबाट अन्य दूषित पानी मिसिन नदिन नियमित अनुगमन र निगरानी गर्नुपर्ने सुझाव दिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए। स्वास्थ्य कार्यालयको प्रतिवेदनअनुसार महाकाली नगरपालिकामार्फत खलङ्गा सहरी खानेपानी आयोजनालाई पानीको गुणस्तर सुधार र सरसफाइमा ध्यान दिन भनिएको उनको भनाइ छ। साथै सरसफाइ सन्देश, उपभोक्तालाई कम्तीमा असार, साउन र भदौको महिनासम्म खानेपानी शुद्धीकरण तथा उमालेर खाने बानीको विकास गर्न सञ्चारमाध्यममार्फत सूचना सन्देश प्रसारण गर्न भनिएको छ।

गुणस्तर परीक्षण

यही असार १५ गते प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बैठक डाकेर खानेपानीमा देखिएको समस्या समाधान गर्न स्थलगत अनगुमन गर्ने तथा पानीको ‘स्याम्पलिङ’ गर्न निर्देशन दिएका थिए। यही असार १६ र १७ गते खानेपानी कार्यालय, उपभोक्ता समिति र स्वास्थ्य कार्यालयको टोलीले संयुक्त रूपमा स्थलगत निरीक्षण गर्दै पानीको नमूना संकलन गरेको थियो। परीक्षणमा राष्ट्रिय खानेपानी गुणस्तर निगरानी निर्देशिका, २०७० (प्रथम संशोधन २०७६) अनुसार पानीको गुणस्तर नपुगेको उल्लेख गरिएको छ।

खलङ्गाको महाकाली नगरपालिका–४ र ५ का करिब दुई हजार २०० घरधुरीमा गडाकु खोलाबाट ल्याइएको पानी वितरण भइरहेको छ। दूषित पानीका कारण स्वास्थ्यमा गम्भीर असर परेको भन्दै समाधान गर्न आग्रह गरिएको नागरिक समाज दार्चुलाका अध्यक्ष महेशराज भट्टले बताए। हामीहरुको निरन्तर खबरदारीको कारण पानीको गुणस्तर परीक्षण र मुहान क्षेत्रको अनुगमन भयो। यसले खलङ्गामा वितरण गरिएको पानी राम्रो नभएको पाएपछि अहिले सुधार भइरहेको छ।

दार्चुलामा आव २०७७/७८ देखि सुरु गरिएको खलङ्गा सहरी खानेपानी तथा सरसफाइ आयोजनाको लागत रु २९ करोड रहेको छ। निर्माणको जिम्मा ग्वालेक निर्माण सेवाले लिएको भए पनि सम्झौताअनुसार डेढ वर्षमा नै सकिनुपर्ने आयोजनाको काम सकिएको छैन। खलङ्गा सहरी खानेपानी आयोजनालाई निर्माण गरेर हस्तान्तरण गर्नुपर्नेमा अहिले निर्माण व्यवसायी नै सम्पर्कमा नरहेको खानेपानी उपभोक्ता समितिका सचिव खडकसिंह धामीले बताए। ‘गत वर्ष हामीले निर्माण गर्न बाँकी काम १५ बुँदामा लेखेर पठाएको थियौ’, उनले भने, ‘तर निर्माण व्यवसायी नै सम्पर्कमा आएका छैनन्। खानेपानी आयोजनाको महत्वपूर्ण कामहरु सम्पन्न भएको भए पनि सानातिना कामहरु बाँकी थिए।’

यसैगरी, निर्माण कम्पनीले प्रयोग गरेको झण्डै ४०० मिटर परिवर्तन गर्न सुझाव समितिले दिएको थियो। आयोजनाको पाइपहरुमा ‘सपोर्ट’ राख्नुपर्ने, लाइन खुला राख्न नहुने सुझाव कार्यान्वयन नगर्दा अहिलेसम्म हस्तान्तरण प्रक्रिया हुन नसकेको धामीको भनाइ छ। एसियाली विकास बैङ्कको ७० प्रतिशत अनुदान, नगर विकास कोषको २५ प्रतिशत ऋण तथा बाँकी उपभोक्ताबाट उठाइएको रकमबाट आयोजना सञ्चालन गरिएको हो। आयोजनाअन्तर्गत डुङरीमा राखिएको फिल्टर प्रणालीले समेत प्रभावकारी रूपमा काम नगरेको गुनासो आएको छ। पानीमा कुकुर फालिएको भिडियो सार्वजनिक भएपछि स्थानीयवासी खलङ्गा नजिकैका मुहान पुगेर पानी ल्याउन बाध्य भएका छन्। बर्खायाम सुरु भएसँगै मुहानमा थप प्रदूषण हुन सक्ने भन्दै स्वास्थ्यकर्मीहरूले पानी उमालेर वा फिल्टर गरेर मात्रै पिउन आग्रह गरेका छन्। रासस

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १२:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिपी राजमार्गको काभ्रे-खण्डमा राति सवारी चलाउन रोक
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड
बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु
सम्बन्धित सामग्री
बिपी राजमार्गको काभ्रे-खण्डमा राति सवारी चलाउन रोक कार्यालयद्वारा आज जारी सार्वजनिक सूचनामा मनसुन सक्रिय भएको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटन... शुक्रबार, असार २०, २०८२
बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर बोहराका अनुसार आज दिउँसो स्नानगृहको बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु भएको हो । शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा पौडेलले भन्सारमा घोषणा नगरी पाँच हजार अमेरिकी डलर बराबरको मुद्र... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
बिपी राजमार्गको काभ्रे-खण्डमा राति सवारी चलाउन रोक शुक्रबार, असार २०, २०८२
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड शुक्रबार, असार २०, २०८२
बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु शुक्रबार, असार २०, २०८२
क्रिकेटका पारखी किरोजको एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्रीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत : परराष्ट्र मन्त्रालय शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
एसिसी पुरुष  यु–  फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्