• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सेयर बजारमा बढ्दै महिला लगानीकर्ता, चुनौती पनि उस्तै

64x64
सुमित्रा कार्की मंगलबार, फागुन २४, २०७८  १९:१२
1140x725

काठमाडौं– पछिल्लो तीन/चार वर्षको अवधिमा सेयर बजारमा प्रवेश गर्ने महिला लगानीकर्ताको संख्यामा उल्लेख्य बृद्धि भएको छ। नेपाल सीडीएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार अहिले सेयर बजारमा प्रवेश गर्ने लगानीकर्तामध्ये ४३ प्रतिशत महिला लगानीकर्ता छन्। 

सीडीएसीका अनुसार अहिले नेपालमा डिम्याट खाता खोलेर प्राथमिक सेयर (आईपीओ) भर्ने लगानीकर्ताको संख्या ५० लाखभन्दा माथि रहेको छ। जसको ४३ प्रतिशत लगानीकर्ता महिला रहेको सीडीएसीको तथ्यांकले देखाउँछ। 

सेयर बजार चक्रीय प्रणालीमा चल्ने हुँदा यो क्षेत्रमा आम लगानीकर्ताको सधैं एकै किसिमको आकर्षण नहुने सेयर लगानीकर्ता सिर्जना सुवेदी बताउँछिन्। उनी भन्छिन्, ‘बजार कहिले बढ्ने र कहिले घट्ने हुनु सामान्य हो। ‘बुल मार्केट’ मा धेरै नयाँ महिला लगानीकर्तालाई आकर्षित गर्ने बजारले ‘बियर मार्केट’सम्म पुग्दा यसै क्षेत्रमा लाग्ने महिलाहरुलाई समेत निष्क्रिय बनाइदिन्छ।’

विगतको अवस्था हेर्ने हो भने २०६३/६४ साल अघिसम्म सेयर बजारमा महिला लगानीकर्ताको संख्या सीमित रहेको सुवेदीको बुझाई छ। उनी भन्छिन, ‘१० वर्ष अगाडिको अवस्था हेर्ने हो भने सेयर बजारमा महिला लगानीकर्ताको अवस्था एकदम न्यून थियो। त्यो बेला महिला लगानीकर्ता औंलामा गन्न मिल्नेमात्र थिए। म सेयर बजार प्रवेश गर्दासम्म पनि महिलाहरू खुलेर लगानी गरेको भेटिदैनथ्यो।’

पछिल्लो समय महिलाहरु सेयर बजारमा मात्र नभएर अन्य आर्थिक क्षेत्रमा पनि सक्रिय हुँदै गइरहेका छन्। सुवेदी थप्छिन्, ‘केही वर्ष अगाडि महिलाहरुको जिम्मेवारी घर र परिवारको रेखदेख गर्नुमा सीमित थियो। अहिले महिला पनि पुरुष बराबर सबै क्षेत्रमा काम गर्ने अवस्थामा पुग्दै गइरहेका छन्। फलस्वरुप सेयर बजारमा लगानी गर्ने महिलाको संख्या पनि बढेको हो।’

महिला लगानीकर्तालाई अवसर
आफैं केही गरेर जीविकोपार्जन गर्छु भन्ने महिलालाई सेयर बजार एउटा राम्रो रोजगार तथा कमाउने अवसरको क्षेत्र भएको लगानीकर्ता तथा नेपाल पुँजी बजार फोरमकी अध्यक्ष राधा पोखरेल बताउँछिन्। उनी भन्छिन, ‘केही वर्ष अगाडि पुरुषले नारीको नामबाट डिम्याट खाता खोल्ने र आईपीओमा आवेदन दिनका लागि मात्र सेयर बजारमा महिलालाई प्रवेश गराइन्थ्यो। अहिले त्यो अवस्था छैन। दोस्रो बजारमा दैनिक लगानी गर्ने लगानीकर्ताको संख्या नै उल्लेख्य रुहेको छ। महिलाहरुमा पनि अहिले आफैं केही गर्नुपर्छ भन्ने चेतना बृद्धि भएको छ। जसको कारण बजारमा अहिले प्रशस्तै महिला लगानीकर्ताको संख्या देखिन्छ।’

अन्य क्षेत्रमा काम गर्ने लगानीकर्तालाई भन्दा सेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई धेरै अवसर भएको पोखरेलको बुझाई छ। ‘अन्य क्षेत्रमा काम गर्ने महिलाले फिजिकल रुपमा उपस्थित भएर कडा मिहिनेत गर्नुपर्ने हुन्छ। तर, सेयर बजारमा केही समय दिँदा पनि राम्रो कमाई गर्न सकिन्छ। यो क्षेत्रमा काम गर्ने महिलाले आफ्नो घरको काम भ्याएर पनि यता समय दिन सक्छन्’, उनी थप्छिन्, ‘घरमा आफ्ना बालबालिकालाई विद्यालय पठाउनेदेखि घरको हरेक जिम्मेवारी सम्हालेर यो क्षेत्रको लागि समय निकाल्न सक्छन्। यसकारण घर गृहस्थी सम्हालेर पनि आफ्ना लागि महिलाले यो क्षेत्रबाट कमाउन सक्छन्। त्यसैले सेयर बजार महिला लगानीकर्ताका लागि लगानीको प्रशस्त सम्भावना भएको क्षेत्र हो।’

यसैगरी, सेयर बजार महिलासँग भएको थोरै–थोरै पैसाबाट पनि केही पैसा कमाउने ठाउँ हो। जसले गर्दा महिलाले बचाएर राखेको थोरै पैसाले पनि सेयर बजारमा केही सेयर खरिद गरेर आम्दानी गर्न सक्छन्। पोखरेल भन्छिन्, ‘यसरी महिलाले बचत गरेर राखेको थोरै पैसाले पनि सेयर बजारमा लगानी गरेर आम्दानी गर्दा उनीहरु आत्मनिर्भर बन्न सक्छन्। थोरै पैसाको लागि पुरुषका अगाडि झुक्नुपर्ने अवस्थाको पनि अन्त्य गर्न सकिन्छ।’ 

Ncell 2
Ncell 2

महिला लगानीकर्ताका चुनौती 
यद्यपि, सेयर बजार अहिले पनि महिला लगानीकर्ताको हितमा हुन नसकेको अध्यक्ष पोखरेल बताउँछिन्। अहिले सेयर बजारमा प्रवेश गर्ने महिला लगानीकर्ताको संख्या बढेको भएपनि सेयर बजारबारे महिला लगानीकर्तालाई एकदम कम जानकारी भएको सेयर बजारकी लगानीकर्ता तथा पुँजी बजार संघकी अध्यक्ष संरक्षणा चौधरी बताउँछिन्। 

उनी भन्छिन, ‘सेयर बजार महिला लगानीकर्ताको लागि कमाउने राम्रो अवसर भएको ठाउँ हो। तर, मोफसलसम्मका महिला दिदीबहिनीहरुसम्म यसको सचेतना पुगेको छैन। दूरदराजसम्म यसको सचेतना पुर्‍याउने हो भने महिला लगानीकर्ताले पनि यसबाट राम्रो आम्दानी गर्ने थिए।’

मोफसलसम्मका महिला लगानीकर्तालाई सेयर बजारबारे जानकारी तथा सचेतना जगाउन सके महिलाले बचत गरेको सानो पैसालाई पनि सेयर बजारमा भित्र्याउन सकिने चौधरीको बुझाई छ। उनी भन्छिन्, ‘पहिलेको जस्तो अहिले महिलालाई लुकाएर पैसा राख्नुपर्ने तथा पहिलेको जस्तो घरभन्दा बाहिर जानु नपर्ने आवस्था छैन। अहिले गाउँका महिला पनि केही केही उद्यममा सक्रिय भएका छन्। यसकारण सेयर बजारमा उनीहरुको पनि लगानी भित्र्याउनुपर्छ।’

अहिलेको सेयर बजार उपत्यकाभित्र मात्र सीमित भएको र यसलाई दूरदराजसम्म पुर्‍याउनु पर्ने चुनौती रहेको पोखरेल बताउँछिन्। उनी भन्छिन्, ‘गाउँमा जाँदा अहिले पनि कति महिलालाई सेयर बजार भनेको के हो नै थाहा छैन। यसकारण महिलालाई लक्षित गरेर गाउँ-गाउँसम्म सेयर बजारबारे शिक्षा दिन आवश्यक छ। गाउँमा सेयर शिक्षासँगै महिला लगानीमैत्री वातावरण पनि बनाउन आवश्यक छ।’

अहिले दोस्रो बजारमा लगानी गर्नका लागि लगानीकर्ताले काठमाडौं र ठूला शहरमा मात्र ब्रोकरको पहुँचमा रहन पाउँछन्। दूरदराजका महिलालाई ब्रोकर आईडी खोल्नका लागि काठमाडौं आउनुपर्ने बाध्यता रहेको अध्यक्ष चौधरी बताउँछिन्। उनी भन्छिन्, ‘यसरी टाढाबाट सिटीमा आएर ब्रोकर आईडी बनाउनु पर्ने हुँदा कति महिलाहरुले चाहेर पनि सेयर बजारमा कारोबार गर्न पाएका छैनन्।’

महिला लगानीकर्तालाई ऋण लिएर सेयर बजारमा लगानी गर्न पनि चुनौती रहेकोे लगानीकर्ता सुवेदी बताउँछिन्। उनी भन्छिन्, ‘महिला दिदीबहिनीहरुलाई सेयर बजारमा दीर्घकालीन रुपमा लगानी गर्नका लागि पनि समस्या छ। किनभने अहिले महिलाको नाममा भएको सम्पत्ति पनि महिला एक्लैले चलाउन पाएको हुँदैनन्। महिलाले आफ्नो नामका जग्गा राखेर ऋण लिनु पर्‍यो भने ऋण पत्याउन मुस्किल छ। बजार बढ्दा महिलालाई प्रोत्साहन गरिन्छ तर, घट्दा प्रोत्साहन गर्नुको साटो पैसा डुबाइस् भनेर मानसिक यातना दिने गरेको पाइन्छ। यसले गर्दा पनि दीर्घकालीन रुपमा सेयर बजार महिलाको हितमा छैन।’

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
दोहोरो अंकले घट्यो नेप्से अघिल्ला तीन कारोबार दिन लगातार बढिरहेको नेप्से बिहीबार १०.६६ अंकले घटेको हो । बुधारको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ ह... बिहीबार, पुस ३, २०८२
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्