• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सेयर बजारमा बढ्दै महिला लगानीकर्ता, चुनौती पनि उस्तै

64x64
सुमित्रा कार्की मंगलबार, फागुन २४, २०७८  १९:१२
1140x725

काठमाडौं– पछिल्लो तीन/चार वर्षको अवधिमा सेयर बजारमा प्रवेश गर्ने महिला लगानीकर्ताको संख्यामा उल्लेख्य बृद्धि भएको छ। नेपाल सीडीएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार अहिले सेयर बजारमा प्रवेश गर्ने लगानीकर्तामध्ये ४३ प्रतिशत महिला लगानीकर्ता छन्। 

सीडीएसीका अनुसार अहिले नेपालमा डिम्याट खाता खोलेर प्राथमिक सेयर (आईपीओ) भर्ने लगानीकर्ताको संख्या ५० लाखभन्दा माथि रहेको छ। जसको ४३ प्रतिशत लगानीकर्ता महिला रहेको सीडीएसीको तथ्यांकले देखाउँछ। 

सेयर बजार चक्रीय प्रणालीमा चल्ने हुँदा यो क्षेत्रमा आम लगानीकर्ताको सधैं एकै किसिमको आकर्षण नहुने सेयर लगानीकर्ता सिर्जना सुवेदी बताउँछिन्। उनी भन्छिन्, ‘बजार कहिले बढ्ने र कहिले घट्ने हुनु सामान्य हो। ‘बुल मार्केट’ मा धेरै नयाँ महिला लगानीकर्तालाई आकर्षित गर्ने बजारले ‘बियर मार्केट’सम्म पुग्दा यसै क्षेत्रमा लाग्ने महिलाहरुलाई समेत निष्क्रिय बनाइदिन्छ।’

विगतको अवस्था हेर्ने हो भने २०६३/६४ साल अघिसम्म सेयर बजारमा महिला लगानीकर्ताको संख्या सीमित रहेको सुवेदीको बुझाई छ। उनी भन्छिन, ‘१० वर्ष अगाडिको अवस्था हेर्ने हो भने सेयर बजारमा महिला लगानीकर्ताको अवस्था एकदम न्यून थियो। त्यो बेला महिला लगानीकर्ता औंलामा गन्न मिल्नेमात्र थिए। म सेयर बजार प्रवेश गर्दासम्म पनि महिलाहरू खुलेर लगानी गरेको भेटिदैनथ्यो।’

पछिल्लो समय महिलाहरु सेयर बजारमा मात्र नभएर अन्य आर्थिक क्षेत्रमा पनि सक्रिय हुँदै गइरहेका छन्। सुवेदी थप्छिन्, ‘केही वर्ष अगाडि महिलाहरुको जिम्मेवारी घर र परिवारको रेखदेख गर्नुमा सीमित थियो। अहिले महिला पनि पुरुष बराबर सबै क्षेत्रमा काम गर्ने अवस्थामा पुग्दै गइरहेका छन्। फलस्वरुप सेयर बजारमा लगानी गर्ने महिलाको संख्या पनि बढेको हो।’

महिला लगानीकर्तालाई अवसर
आफैं केही गरेर जीविकोपार्जन गर्छु भन्ने महिलालाई सेयर बजार एउटा राम्रो रोजगार तथा कमाउने अवसरको क्षेत्र भएको लगानीकर्ता तथा नेपाल पुँजी बजार फोरमकी अध्यक्ष राधा पोखरेल बताउँछिन्। उनी भन्छिन, ‘केही वर्ष अगाडि पुरुषले नारीको नामबाट डिम्याट खाता खोल्ने र आईपीओमा आवेदन दिनका लागि मात्र सेयर बजारमा महिलालाई प्रवेश गराइन्थ्यो। अहिले त्यो अवस्था छैन। दोस्रो बजारमा दैनिक लगानी गर्ने लगानीकर्ताको संख्या नै उल्लेख्य रुहेको छ। महिलाहरुमा पनि अहिले आफैं केही गर्नुपर्छ भन्ने चेतना बृद्धि भएको छ। जसको कारण बजारमा अहिले प्रशस्तै महिला लगानीकर्ताको संख्या देखिन्छ।’

अन्य क्षेत्रमा काम गर्ने लगानीकर्तालाई भन्दा सेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई धेरै अवसर भएको पोखरेलको बुझाई छ। ‘अन्य क्षेत्रमा काम गर्ने महिलाले फिजिकल रुपमा उपस्थित भएर कडा मिहिनेत गर्नुपर्ने हुन्छ। तर, सेयर बजारमा केही समय दिँदा पनि राम्रो कमाई गर्न सकिन्छ। यो क्षेत्रमा काम गर्ने महिलाले आफ्नो घरको काम भ्याएर पनि यता समय दिन सक्छन्’, उनी थप्छिन्, ‘घरमा आफ्ना बालबालिकालाई विद्यालय पठाउनेदेखि घरको हरेक जिम्मेवारी सम्हालेर यो क्षेत्रको लागि समय निकाल्न सक्छन्। यसकारण घर गृहस्थी सम्हालेर पनि आफ्ना लागि महिलाले यो क्षेत्रबाट कमाउन सक्छन्। त्यसैले सेयर बजार महिला लगानीकर्ताका लागि लगानीको प्रशस्त सम्भावना भएको क्षेत्र हो।’

यसैगरी, सेयर बजार महिलासँग भएको थोरै–थोरै पैसाबाट पनि केही पैसा कमाउने ठाउँ हो। जसले गर्दा महिलाले बचाएर राखेको थोरै पैसाले पनि सेयर बजारमा केही सेयर खरिद गरेर आम्दानी गर्न सक्छन्। पोखरेल भन्छिन्, ‘यसरी महिलाले बचत गरेर राखेको थोरै पैसाले पनि सेयर बजारमा लगानी गरेर आम्दानी गर्दा उनीहरु आत्मनिर्भर बन्न सक्छन्। थोरै पैसाको लागि पुरुषका अगाडि झुक्नुपर्ने अवस्थाको पनि अन्त्य गर्न सकिन्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

महिला लगानीकर्ताका चुनौती 
यद्यपि, सेयर बजार अहिले पनि महिला लगानीकर्ताको हितमा हुन नसकेको अध्यक्ष पोखरेल बताउँछिन्। अहिले सेयर बजारमा प्रवेश गर्ने महिला लगानीकर्ताको संख्या बढेको भएपनि सेयर बजारबारे महिला लगानीकर्तालाई एकदम कम जानकारी भएको सेयर बजारकी लगानीकर्ता तथा पुँजी बजार संघकी अध्यक्ष संरक्षणा चौधरी बताउँछिन्। 

उनी भन्छिन, ‘सेयर बजार महिला लगानीकर्ताको लागि कमाउने राम्रो अवसर भएको ठाउँ हो। तर, मोफसलसम्मका महिला दिदीबहिनीहरुसम्म यसको सचेतना पुगेको छैन। दूरदराजसम्म यसको सचेतना पुर्‍याउने हो भने महिला लगानीकर्ताले पनि यसबाट राम्रो आम्दानी गर्ने थिए।’

मोफसलसम्मका महिला लगानीकर्तालाई सेयर बजारबारे जानकारी तथा सचेतना जगाउन सके महिलाले बचत गरेको सानो पैसालाई पनि सेयर बजारमा भित्र्याउन सकिने चौधरीको बुझाई छ। उनी भन्छिन्, ‘पहिलेको जस्तो अहिले महिलालाई लुकाएर पैसा राख्नुपर्ने तथा पहिलेको जस्तो घरभन्दा बाहिर जानु नपर्ने आवस्था छैन। अहिले गाउँका महिला पनि केही केही उद्यममा सक्रिय भएका छन्। यसकारण सेयर बजारमा उनीहरुको पनि लगानी भित्र्याउनुपर्छ।’

अहिलेको सेयर बजार उपत्यकाभित्र मात्र सीमित भएको र यसलाई दूरदराजसम्म पुर्‍याउनु पर्ने चुनौती रहेको पोखरेल बताउँछिन्। उनी भन्छिन्, ‘गाउँमा जाँदा अहिले पनि कति महिलालाई सेयर बजार भनेको के हो नै थाहा छैन। यसकारण महिलालाई लक्षित गरेर गाउँ-गाउँसम्म सेयर बजारबारे शिक्षा दिन आवश्यक छ। गाउँमा सेयर शिक्षासँगै महिला लगानीमैत्री वातावरण पनि बनाउन आवश्यक छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अहिले दोस्रो बजारमा लगानी गर्नका लागि लगानीकर्ताले काठमाडौं र ठूला शहरमा मात्र ब्रोकरको पहुँचमा रहन पाउँछन्। दूरदराजका महिलालाई ब्रोकर आईडी खोल्नका लागि काठमाडौं आउनुपर्ने बाध्यता रहेको अध्यक्ष चौधरी बताउँछिन्। उनी भन्छिन्, ‘यसरी टाढाबाट सिटीमा आएर ब्रोकर आईडी बनाउनु पर्ने हुँदा कति महिलाहरुले चाहेर पनि सेयर बजारमा कारोबार गर्न पाएका छैनन्।’

महिला लगानीकर्तालाई ऋण लिएर सेयर बजारमा लगानी गर्न पनि चुनौती रहेकोे लगानीकर्ता सुवेदी बताउँछिन्। उनी भन्छिन्, ‘महिला दिदीबहिनीहरुलाई सेयर बजारमा दीर्घकालीन रुपमा लगानी गर्नका लागि पनि समस्या छ। किनभने अहिले महिलाको नाममा भएको सम्पत्ति पनि महिला एक्लैले चलाउन पाएको हुँदैनन्। महिलाले आफ्नो नामका जग्गा राखेर ऋण लिनु पर्‍यो भने ऋण पत्याउन मुस्किल छ। बजार बढ्दा महिलालाई प्रोत्साहन गरिन्छ तर, घट्दा प्रोत्साहन गर्नुको साटो पैसा डुबाइस् भनेर मानसिक यातना दिने गरेको पाइन्छ। यसले गर्दा पनि दीर्घकालीन रुपमा सेयर बजार महिलाको हितमा छैन।’

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्