• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

ब्रोकरलाई आफ्नै टीएमएस चलाउन दिने तयारी

64x64
सुमित्रा कार्की मंगलबार, फागुन २४, २०७८  १२:४५
1140x725

काठमाडौं– नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल कम्पनीलाई छुट्टै टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) चलाउन दिने भएको छ। 

बोर्डका अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताको सेयर किनबेच आदेशलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)को मुख्य कारोबार प्रणालीमा जोड्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई  सञ्चालन गर्न दिने प्रक्रिया अगाडि बढेको बताए। 

यसैगरी, अनलाइन सेयर कारोबार गर्ने लगानीकर्तालाई समेत सहजता प्रदान गर्न नेप्सेले तयार पारेको मापदण्डअनुसार ब्रोकरले आफ्नै लगानीमा सिस्टम विकास गरी वा विदेशबाट किनेर टीएमएस सञ्चालन गर्न पाउनेछन्। अहिले ब्रोकरहरूले नेप्सेले विकास गरेको टीएमएस प्रयोग गर्दै आएका छन्। 

ब्रोकर कम्पनीलाई आफ्नै टीएमएस ल्याउन दिने प्रक्रिया एक वर्षअघि नै थालिएको थियो। तर, नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र  नेपाल स्टक एक्सचेन्जका कार्यकारी अधिकृत चन्द्रसिंह साउँद सर्वोत्तम सिमेन्टको भित्रि कारोबारको आरोपमा मुछिएपछि यो प्रक्रिया रोकिएको थियो। बोर्ड अध्यक्ष ढुंगाना निलम्बित भए भने एक्सचेन्जका कार्यकारी अधिकृत साउँदले राजीनामा दिएका थिए। 

सेयर बजारको मूख्य नियामक निकाय नेतृत्वविहीन भएपछि ब्रोकरले आफ्नै टीएमएस सञ्चालनमा ल्याउने योजना पनि ओझेलमा परेको थियो। अहिले बोर्डले पश्चात नेतृत्व पाएको छ। बोर्डको अध्यक्षमा हमाल र नेप्सेको सीईओमा कृष्णबहादुर कार्कीे नियुक्त भएसँगै ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिने प्रक्रिया अगाडि बढाइएको हो।

ब्रोकरलाई आफ्नै टीएमएस सञ्चालन गर्न दिन नेप्सेले पहिले नै सूचना प्रविधि सम्बन्धी नीतिअन्तर्गत विनियमावली तयार पारेर सेबोनमा बुझाएको नेप्सेका एक अधिकारीले जानकारी दिए। तर, केही विषय स्पष्ट नभएका कारण बोर्डले पुनः त्यसलाई स्पष्ट पार्न भनेको ती अधिकारी बताउँछन्। 

धितोपत्र बोर्डले नेप्सेलाई टीएमएस बनाउने भेन्डर कस्तो हुनुपर्छ खुलाएर पठाउनू भनेको थियो। नेप्सेका प्रवक्ता मुराहरी पराजुली भन्छन्, ‘जसले टीएमएस सफ्टवयरको निर्माण गर्छ। त्यसको योग्यताहरू के–के हुनुपर्छ। यो कस्तो हुनुपर्छ भनी सोधेर पठाएको थियो। हामीले त्यसको उत्तर दिएर पठाएका थियौं। त्यसमा दुई बुँदाहरू स्पष्ट नभएको भन्दै बोर्डले त्यो स्पष्ट पार्न भनेको थियो। यो एक वर्ष लगाडिको कुरा हो।’ 

नेपालमा ब्रोकरलाई लाइसेन्स दिने विषय अनतर्राष्ट्रिय प्रक्रियाको अनुसन्धान गरेर सुरु गरिएको एक जानकार बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘अन्तर्राष्ट्रिय सेयर बजारमा यस्तो अभ्यास रहेछ। अर्को व्यवस्था भनेको नेप्सेले बनाएको टीएमएसलाई भाडामा प्रयोग गर्न सक्छन्। स्टक एक्सचेन्जसँग किनेर चलाउने व्यवस्था पनि छ’, उनी भन्छन्, ‘नेप्सेले बनाएको टीएमएस बेसिक लेभलको हुन्छ। यसमा किनबेच गर्ने कुरामात्र होला। अर्को व्यवस्था भनेको ब्रोकरलाई नै टीएमएस बनाउन दिने हो। यस्तो गर्दा ब्रोकरले एडभान्स रुपमा टीएमएस बनाउन सक्छ।’ 

ब्रोकर आफैंले बनाएको टीएमएसमा सूचना हेर्नेदेखि पेमेन्ट, सेयर ट्रान्फरका विषयमा ब्रोकरले चाहेजति सुविधा दिन सक्ने उनी बताउँछन्। अहिले नेपालमा रहेको टीएमएस ब्रोकरहरूले टीएमएसकै लागि भनेर पैसा तिर्ने नगरेको नेप्सेका अधिकारी बताउँछन्। 

धितोपत्र बोर्डको निवर्तमान अध्यक्ष भीष्मराज ढुंगाना हुँदा नै अस्पष्ट भएका विषय स्पष्ट पार्न नेप्सेलाई भनेको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जनाए। उनी थप्छन्, ‘नयाँ अध्यक्षको पदबहाली भएपछि छलफल भएको छ। सम्भवतः वैशाखभित्र काम सम्पन्न गर्छौं। अहिले ब्रोकरले नेप्सेले तयार पारेको सिस्टम चलाइरहेका छन्।’

टीएमएस सञ्चालन गर्ने स्वीकृति पाएपछि ब्रोकरले आफैं विकास गरेर वा विदेशमा सञ्चालित सिस्टम खरिद गर्न सक्ने उनी बताउँछन्। ब्रोकरहरूले आफ्नै टीएमएस चलाउने वा नेप्सेको टीएमएस चलाउने भन्ने छनोटसहित कारोबार विनियमावली संशोधन हुँदैछ। यो विनियमावलीमा सेबोनले औंल्याएका विषय स्पष्ट पार्नका लागि काम भइरहेको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनका अनुसार विनियमावलीमा आवश्यक विषय समेटर संशोधनपछि बोर्डमा चैतभित्रै बुझाउने तयारी छ। 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्