• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद् अवरोध गरिरहेको एमालेले किन दियो महाभियोग समितिमा नाम?

64x64
किशोर दहाल आइतबार, फागुन २२, २०७८  १९:०५
1140x725
प्रतिनिधि सभा बैठकमा अवरोध गर्दै एमाले। फाइल तस्बिर।

काठमाडौं- गत भदौदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले आइतबार पनि त्यसलाई निरन्तरता दियो। तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकाविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छानबिनका लागि गठन गरिएको 'महाभियोग सिफारिस समिति'मा भने नाम दियो। ११ सदस्यीय समितिमा एमालेका चार सांसद् छन्।

एमालेले नाम दिएर महाभियोग सिफारिस समितिलाई पूर्णता दिन भूमिका खेलेपछि सत्ता पक्षले भने त्यसलाई एमाले पनि प्रक्रियामा सामेल भएको अर्थमा बुझेको छ। कानुनमन्त्री दिलेन्द्र बडू भन्छन्, 'एमाले संसदीय प्रक्रियामा आएको मानौँ न। यसलाई सकारात्मक रुपमा लिनुपर्छ। आएको मान्नुपर्छ भन्छु म।'

एमालेले लामो समयदेखि संसद् अवरोधलाई जारी राखेको थियो नै, राणाविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावको पनि आलोचना गर्दै आएको छ। तर, समितिमा नाम दिएर उसले यो प्रक्रियामा सभामुखलाई सघाएको छ। सभामुखले प्रस्तावित गरेको ११ सदस्यीय सो समितिलाई प्रतिनिधि सभाको आइतबारको बैठकले अनुमोदन पनि गरिसकेको छ। समिति गठन भएसँगै निलम्बित अवस्थामा रहेका राणामाथिको छानबिन प्रक्रिया अघि बढ्ने छ। 

आखिर महाभियोगमाथि छानबिन गर्न गठित समितिमा एमालेले किन आफ्ना प्रतिनिधि पठायो त? केही एमाले नेताहरुले दिएको प्रतिक्रियाको आधारमा यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएको छ :

सभामुखको मात्रै विरोध हो भन्ने सन्देश दिन
एमालेको जारी संसद् अवरोधको एउटा प्रमुख कारण हो, सभामुख अग्निप्रसाद सापकोटाप्रतिको असन्तुष्टि। आफूले निष्कासन गरेका १४ सांसद्को सन्दर्भमा सूचना टाँस नगरेर सापकोटाले एमाले विभाजनमा भूमिका खेलेको उसको आरोप छ। त्यसैले उनीहरुले सभामुखलक्षित पक्षपातपूर्ण व्यवहार अन्त्य गर्न भन्दै नारा पनि लगाइरहेका छन्।

महाभियोग छानबिन समितिमा नाम दिएर र यो प्रक्रियामा सामेल भएर उसले आफूहरुलाई सभामुखको निष्पक्ष भूमिकामाथि सन्देह रहेको तर, अन्य प्रक्रियाप्रति प्रतिबद्ध रहेको सन्देश दिन खोजेको छ।

‘हामी संसदीय समितिका गतिविधिमा सहभागी हुँदै आएका छौं। त्यसमा हामीले बहिस्कार गर्ने वा भाग नलिने गरेका छैनौं। त्यसरी नै महाभियोग सिफारिस समितिमा सहभागी भएका हौं,’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले नेपाल लाइभसँग भने, ‘महाभियोग सिफारिस समितिमा सहभागी भएको विषयलाई संसद् अवरोध प्रक्रियासँग जोड्न मिल्दैन। हामी संसद् अवरोध जारी राख्छौं। संसदीय समितिका गतिविधि र र संसद् अवरोध बेग्लै कुरा भयो।’

यो पनि पढ्नुहोस्

एमालेले भन्यो– महाअभियोग सिफारिस समितिमा बस्नु फरक कुरा हो, संसद्‌को अवरोध जारी रहन्छआइतबार, फागुन २२, २०७८

एमालेको यो तर्क अस्वाभाविक होइन। किनकि, नयाँ बानेश्वरमा बस्ने संसद् बैठकमा सहभागिता नजनाए पनि एमालेका सांसद्हरुले सिंहदरबारमा बस्ने संसदीय समितिको बैठकमा सहभागिता जनाउँदै आएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

'संसद्का समितिका बैठकहरुमा अहिले पनि हामी भाग लिइरहेका छौँ। त्यसैले आजबाट यसमा (संसद् बैठकमा) संलग्न भएको भन्ने होइन', एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ भन्छन्।

छानबिन प्रक्रियामा सशक्त भूमिका खेल्न
राणा विरुद्धको महाभियोगलाई एमालेका नेताहरुले फरक-फरक तरिकाबाट धारणा सार्वजनिक गरिरहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले त सार्वजनिक रुपमै राणा विरुद्धको महाभियोग एमाले विरुद्धको भएको बताइसकेका छन्।

'यो (राणाविरुद्धको महाभियोग) किन ल्याएको भन्दा एमालेविरुद्ध ल्याएको हो, एमालेकाविरुद्ध। पाँच जनाले फैसला गर्ने, कोभन्दा को कम भनेर उफ्रीउफ्री, पाँच जना उफ्रिएको होइन त्यहाँ? अनि एक जना दोषी?', फागुन १४ गते आयोजित एमाले आबद्ध कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भनेका थिए।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीशविरुद्धको महाभियोग एमालेविरुद्धको हो : ओलीशनिबार, फागुन १४, २०७८

अर्कोतिर, आफू नेतृत्वको सरकारलाई विस्थापन गर्नका लागि तत्कालीन विपक्षी गठबन्धन र सर्वोच्च अदालतबीच 'सेटिङ' भएको पनि ओलीले दोहोर्‍याइरहेको विषय हो। त्यसैले सरकार पक्षले राणाविरुद्ध जस्ता आरोपहरु लगाइरहेका छन्, त्यसमा एक पाटो सत्ता पक्ष नै रहेको एमालेको बुझाइ छ।

'एउटाका पूर्वजेठानका त कुरा आयो। अरुका कुनकुन जेठान, कुनकुन भाइ, कुनकुन भतिजा, कुनका राजदूत, कुनका जीएम, कुनका नियुक्ति, कहाँकहाँ भएका छन्, क-कसले केके नियुक्ति पाएको छ, त्यो कुरा पनि भन्नुस् न श्रीमान्‌जीहरू', ओलीले सोही कार्यक्रममा भनेका थिए।

सिफारिस समितिमै सामेल हुँदा त्यहाँ सत्ता पक्षले उठाउने विषयलाई एमालेले 'काउन्टर' दिन सक्छ। यसअघि सडक लगायत सार्वजनिक कार्यक्रममा भन्दै आएका विषयलाई वैधानिक ठाउँमा राख्न र आफ्नो मत दर्ज गराउन उसलाई सजिलो हुन्छ। सत्ता पक्षले वास्तवमै न्यायालयको सुधारको लागि गम्भीर भएर महाभियोगको प्रस्ताव अगाडि बढाएको हो वा रणनीतिक चालबाजी मात्रै हो, सिफारिस समितिमा हुने छलफलले निर्क्योल गर्छ नै। समितिमा एमालेको पनि सहभागिता रहँदा उनीहरुले त्यहाँ हुने छलफलको सार्थकतालाई आम रुपमै उपयोग गर्न सक्छन्। आवश्यकता परे सत्ता पक्षलाई 'नंग्याउन' सक्छन्।

राणालाई छिटो सर्वोच्च फर्काउन!
नेकपा एमालेका अध्यक्ष ओली र राणाबीच सहज र सहयोगी सम्बन्ध छ भन्ने कुरा २०७७ मंसिर ३० मा बसेको संवैधानिक परिषद्को बैठक र त्यसले गरेको सिफारिस लगायतका विषयले प्रष्ट पारिसकेको छ। त्यसयता पनि दुईबीच पटक-पटक यस्ता सहयोगी सम्बन्ध देखिएको छ।

सर्वोच्चमा जारी आन्दोलनको बेलामा दुवैले उस्तै भाषामा प्रतिक्रिया समेत जनाएका थिए। राणालाई महाभियोगको प्रस्ताव ल्याउनु आफ्नो सरकारका पालामा गरिएका नियुक्तिहरु सोत्तर पार्ने मनशाय भनेर ओलीले विरोध जनाइसकेका छन्।

यो पनि पढ्नुहोस्

चोलेन्द्रले किन प्रस्ताव गरे न्यायाधीशहरुको सामूहिक राजीनामा?बुधबार, कात्तिक १०, २०७८

एमालेलाई सर्वोच्च अदालतमा राणाकै नेतृत्व रहँदा नै फाइदा हुनेछ। विगतमा पनि भएको थियो, महाभियोग असफल भएपछि झन् हुनेछ। उसैपनि महाभियोग प्रस्तावमाथि मतदान भएको अवस्थामा एमालेको साथबिना दुई तिहाइ मत पुग्दैन। त्यसैले यो प्रक्रियाको निर्णायक एमाले नै हो। र, ऊ राणामाथिको महाभियोगको पक्षमा छैन।

एमालेले समितिमा नाम नदिएको अवस्थामा समिति गठन पछि धकेलिन सक्थ्यो। उसको सहभागिताबिना नै अघि बढ्दा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको प्रतिनिधित्व नरहेको समितिको औचित्यमाथि प्रश्न उठ्थ्यो। एमालेको सहभागितासहितको समिति बनेपछि यो प्रक्रिया छिटो टुंगिने सम्भावना पनि बढेको छ।

समितिले काम सुरु गरेको तीन महिनाभित्रमा सिफारिस सहितको प्रतिवेदन दिनुपर्ने छ। त्यसपछि प्रतिनिधि सभाको बैठकमा सभामुखले तोकेको दिन र समयमा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुन्छ। त्यसपछि पनि समितिलाई एक हप्ताको समय दिन सकिने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा उल्लेख छ।

यो पनि पढ्नुहोस्

यस्तो छ प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्ताव [पूर्णपाठ]आइतबार, फागुन १, २०७८

यी सबै प्रक्रियालाई यथाशक्य चाँडो टुंग्याउन एमालेले समितिमार्फत भूमिका खेल्न सक्छ। र, सदनबाट महाभियोग असफल बनाउन र छिटोभन्दा छिटो चोलेन्द्रलाई सर्वोच्च फर्काउन सक्छ। नेम्वाङ भन्छन्- 'महाभियोगको प्रक्रियालाई ठीक ढंगले निष्कर्षमा पुर्‍याउनका लागि, ठीक ढंगले उपयुक्त निष्कर्षमा पुर्‍याउनका लागि हामीले भूमिका खेल्न भनेर ‌संसद् सचिवालयलाई नाम दिएका हौँ।'

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्