काठमाडौं– व्यवसायी सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
अनुसन्धानको लागी उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडाैँ जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठले बताए ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनलाई अदालतमा पेस गरेको हो ।
सुलभलाई बयानको लागी नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए । अग्रवाल शंकर ग्रुपका सञ्चालक हुन् । उनका बुबा शंकर अग्रवाललाई विभागले रिहा गर्ने निर्णय गरिसकेकाे छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।