काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा एमालेबाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई अगाडि बढाउने निर्णय भएको छ ।
दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो ।
दलीय सहमतिमा भण्डारीलाई अघि बढाउने सहमति भएको कांग्रेस सांसद पदम परियारले जानकारी दिए ।
‘दलहरूका सहमतिअनुसार उपाध्यक्ष एमालेलाई दिने र संसदीय समितिमा कांग्रेसले २ र अरु दलले १/१ लिने सहमति भएको बुझिएको छ । त्यसको औपचारिक जानकारी भने आएको छैन,’ परियारले भने ।
उनी एमालेको केन्द्रीय कमिटी सदस्य हुन्। उनी माओवादी हुँदै नयाँशक्तिमा पार्टी हुँदै नेकपा एकता भन्दा पहिल्यै उनी एमालेमा भित्रिएकी हुन्।
राष्ट्रियसभामा कांग्रेसका २४, नेकपाका १७, एमालेका १०, जसपा नेपालका ३ (महन्थ ठाकुरसहित), जनमोर्चाका १ र राष्ट्रपतिबाट मनोनीत २ (राष्ट्रियसभा अध्यक्षसहित) छन् । राष्ट्रपतिबाट मनोनीत हुने एक सिट रिक्त छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।