काठमाडौँ– सरकारले डा. नारायण दत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ ।
आइतबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा रहने संवैधानिक पद हो । यससँगै कँडेलले फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्नेछन् ।
साथै, सरकारवादी हुने सबै मुद्दामा बहस र पैरवीको नेतृत्व गर्ने जिम्मेवारी पनि उनकै रहनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।