काठमाडौं– बालबालिकासम्बन्धी कसुरमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मालाई हिरासतमुक्त गर्न जिल्ला अदालत काठमाडौंलेआदेश जारी गरेको छ । अदालतले हिरासतबाहिर राखेर थप अनुसन्धान अघि बढाउन आदेश जारी गरेको हो ।
यसअघि नै मुद्दा चलाउन नपर्ने निर्णय भइसकेकाले उनलाई हिरासतमुक्त गरी मुद्दाको अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आदेश जारी गरेको हो । शर्माले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।