• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

नयाँ स्टक एक्स्चेन्ज ल्याउने तयारीमा सरकार, लाइसेन्स लिने ‘लबिइङ’मा निजीक्षेत्र

64x64
सुमित्रा कार्की आइतबार, फागुन २२, २०७८  ०९:३५
1140x725

काठमाडौं– सरकारले नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारी गरेको छ। यसमा पुँजी बजारका नियामक निकायहरुसमेत लागिपरेका छन्। सरकारको यस्तो तयारीसँगै नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स लिन निजीक्षेत्र पनि ‘लबिइङ’मा लागेको छ। 

नेपालमा विगत २८ वर्ष देखि नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मात्र यो भूमिकामा छ। अब उसको एकाधिकार तोड्ने भन्दै सरकार नै नयाँ एक्स्चेन्जलाई अनुमति दिने तयारीमा लागेको हो। यसबारे जानकार स्रोत भन्छ, ‘अहिले भइरहेको नेपाल स्टक एक्स्चेन्जमा धेरै नै समस्या छन्। तर, ती समस्या समाधानका लागि पहल गर्नुसाटो सरकार नीजि क्षेत्रबाट पैसा कुम्ल्याएर नयाँ स्टक एक्स्चेन्ज ल्याउने तयारीमा लागेको छ।’

त्यो जानकार स्रोतका भनाइमा निजीक्षेत्रलाई नयाँ स्टक एक्स्चेन्जको अनुमति दिन ठूलै पैसाको खेल भएको छ। स्रोतले भन्यो, ‘यसकै लागि सरकारले नेप्से तथा नेपाल धितोपत्र बोर्डमा आफूले इच्छाएका व्यक्तिलाई नियुक्ति दिएको हो।’  

जहाँबाट सुरु भयो नयाँ स्टक एक्स्चेन्जको चर्चा 
२०६६ सालमा नेपाल धितोपत्र बोर्डले सेयर बजारलाई प्रतिस्पर्धी बनाउन भन्दै नयाँ स्टक एक्स्चेञ्ज सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको थियो। बोर्डका तत्कालीन अध्यक्ष डा. सुरवीर पौडेलले त्यसका लागि इच्छुकबाट आवेदन माग गर्ने निर्णयसमेत गराएका थिए।

आवेदन मागपछि नेपाल सेक्युरिटिज एण्ड डेरिबेटिभ एक्स्चेञ्ज, काठमाडौं स्टक एक्स्चेञ्ज, नेशनल स्टक एक्स्चेञ्ज र हिमालयन स्टक एक्स्चेञ्जले आवेदन दिएका थिए। यी कम्पनीहरुले लाइसेन्स माग गर्दै आवेदन दिएको १२ वर्ष नाघिसक्दा पनि केही निर्णय नभएको नेपाल धितोपत्र बोर्ड स्रोत बताउँछ।  

१२ वर्षअघि भएको उक्त निर्णयलाई निरन्तरता दिने प्रयास नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष डा. रेवतबहादुर कार्कीले गरेका थिए। कार्कीको उक्त प्रयासलाई पछिल्लोपटक बोर्ड अध्यक्ष रहेका भीष्मराज ढुंगानाले पनि निरन्तरता दिने भन्दै कार्ययोजना समेत बनाएका थिए। तर, कार्की र ढुंगानाको योजनालाई अर्थ मन्त्रालयले साथ दिएन। यहीबीचमा ढुंगाना सर्वोत्तम सिमेन्टको सेयर खरिदमा मुछिएर बर्खास्त भए। र, अहिले सरकार आफै नै नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिन अग्रसर भएको छ। 

के नयाँ स्टक एक्स्चेन्ज जरुरी छ? 
नेपालको ओभर इकोनोमिक तथा नेप्सेमा सूचीकृत कम्पनीको संख्या हेर्दा नयाँ स्टक एक्स्चेन्जको आवश्यक नभएको नेपाल ब्रोकर एसोसियसनका अध्यक्ष सन्तोष मैनाली बताउँछन्। उनी भन्छन्, ‘यस्तो अवस्थामा दुइटा स्टक एक्स्चेन्ज भयो भने एउटा बन्द हुने अवस्थामा पुग्छ। नभए त्यो बेच्नु पर्ने अवस्था देखिन्छ। नेपाल सरकारले अहिले नियामक निकायलाई अन्तराष्ट्रिय बजारमा केही भइरहेको छ, यसको पनि अध्ययन गर्नू भनेको छ। जबकि, अन्तराष्ट्रिय बजारमा पनि स्टक एक्स्चेन्ज मर्जरमा गइरहेको छ।’ 

मैनाली थप्छन्, ‘अहिले भएको नेपाल स्टक एक्स्चेन्ज स्लो भएको छ। यसका केही प्रविधिजन्य कुराहरु सुधार गर्नुपर्ने छ। अहिले भएको नेप्सेको जुन प्रकारको म्यानेजमेन्ट छ, त्यो पनि एकदम सुस्त छ। यसलाई सुधार आवश्यक छ, तर त्यसका लागि सरकारको केही पहल देखिँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ स्टक एक्स्चेन्ज ल्याउँदा एउटा कम्पनी दुइतिर सूचीकृत हुने कुरा हुँदैन। मैनाली भन्छन्, ‘यदि एउटै कम्पनी दुइतिर सूचीकृत भयो भने त्यसको मूल्य निर्धारणदेखि यावत कुरा जोडिन्छन्। हाम्रो जस्तो मुलुकमा त्यति धेरै कम्पनी पनि छैनन् जसलाई दुइटा स्टक एक्स्चेन्ज आवश्यक परोस्।’

सरकारको ठूलो लगानी भएको संस्थालाई सुधार गर्नुको साटो नयाँ कम्पनी ल्याउनु भनेको भइरहेको कम्पनीलाई सिध्याउन खोजिएको अर्थ लाग्ने उनी बताउँछन्। ‘नेपाल स्टक एक्स्चेन्ज आफैमा भोलि खर्बौं रुपैयाँको भ्यालुएसन हुनसक्ने संस्था हो,’ मैनाली भन्छन्, ‘यसलाई नै नै अलिकति प्राइभेटाइज गर्ने र विदेशी लगानीकर्ता भित्र्याउने गर्दा राम्रो हुन्छ। किनभने नेपालको स्टक एक्स्चेन्जलाई टेक्नोलोजी आवश्यक छ र विदेशी नलेजको पनि खाँचो छ। त्यो ल्याएर भएको नेप्सेलाई चुस्त बनाउने हो भने अर्को स्टक एक्स्चेन्ज आवश्यक नै पर्दैन।’ 

हुन पनि अहिले नेप्सेको टिएमएसमा अनेकन् समस्या छन्। साइटदेखि हरेक कुरा समस्याग्रस्त छन्। यी समस्या समाधान गर्नेतर्फ चासो नदिएर सरकार नयाँ स्टक एक्स्चेन्ज ल्याउने तयारीमा अनावश्यक भएको जानकारहरु बताउँछन्।  

तर, नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्की भने नयाँ स्टक एक्स्चेन्ज आवश्यक रहेको बताउँछन्। २०७६ र २०७७ को बोर्डको नीति तथा कार्यक्रममै दुइटा कमोडिटी एक्स्चेन्ज र दुइटा स्टक एक्स्चेन्ज बनाउन प्रस्ताव गरिएको उनको भनाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कार्की भन्छन्, ‘मैले नेप्से दुइटा किन हुनुपर्छ भनेको हो भने अहिले भइरहेको नेप्से सरकारी हो। सरकारी संस्थालाई जतिसुकै चुस्त बनाउन खोजे पनि नेपालको अस्थिर राजनीतिको कारण यो सम्भव छैन। एउटा सरकार हुँदा यो हुनुपर्छ भन्छ, अर्को सरकार आएपछि त्यो योजना नै ओझेलमा पर्छ। एउटा सरकारले गरेको निर्णय अर्को सरकार आएर लागू गर्न नदिएका धेरै उदाहरण छन्। यसकारण निजीक्षेत्रको स्वामित्वमा अर्को स्टक एक्स्चेन्ज आयो भने निजी क्षेत्रले त राम्रो गर्छ नि।’

नयाँ स्टक एक्स्चेन्ज आउँदा अहिले भएको महँगो ब्रोकर कमिसनदेखि लगानीकर्ताले तिर्नु परेको महँगो लागत पनि घट्न सक्ने कार्कीको अनुमान छ। उनी भन्छन्, ‘सरकारले नयाँ स्टक एक्स्चेन्ज ल्याउन अनुमति दियो भने अहिले भएको स्टक एक्स्चेन्ज सिद्धिन्छ भन्ने कुरा सुन्छु। केही समय अघि राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकमात्र थिए। त्यो बेला निजी संस्थाले नयाँ बैंक ल्याउन लाग्दा पनि यस्तै कुरा आएको थियो। तर, अहिले सरकारी बैंकभन्दा राम्रो काम निजी बैंकहरुले गरिरहेका छन्।’

नेप्सेमा कसको कति लगानी? 


नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सरकारको ५८.६६ प्रतिशत लगानी रहेको छ। त्यस्तै, सरकार मातहतका निकाय, नेपाल राष्ट्र बैंकको १४ दशमलव ६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, तीन वाणिज्य बैंकको १६ दशमलव १४ प्रतिशत र केही ब्रोकर र मर्चेन्ट कम्पनीको शून्य दशमलव ६ प्रतिशत सेयर स्वामित्व छ।

के गर्दै छ सरकार? 
अर्थ मन्त्रालयले धितोपत्र बोर्ड तथा नेप्सेका कार्यकारीलाई बोलाएर गत बुधबार छलफल गरेको छ। त्यो छलफलमा नेप्से तथा बोर्डका प्रमुखलाई निर्देशनसमेत दिइएको छ। 

छलफलका क्रममा अर्थमन्त्री जनार्दन शर्माले दिएका प्रमुख ११ निर्देशनहरु यस्ता थिएः
१) कोभिड–१९महामारीबीच पुँजी बजारलाई लगानीकर्तामैत्री बनाउनेगरी नेपालको पुँजी बजारलाई कसरी अगाडि बढाउने भन्ने विषयमा मित्रराष्ट्रहरू भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायतमा कसरी पुँजीबजार सञ्चालन भएको छ भन्ने अध्ययन गर्ने। 
२) पुँजी बजारबाट कसरी पुँजी निर्माण गर्न सकिन्छ? कसरी लगानीकर्तालाई उच्चतम प्रतिफल प्रदान गर्न सकिन्छ र राष्ट्रिय महत्वका आयोजनाहरूमा आवश्यक लगानी कसरी व्यवस्था गर्न सकिन्छ भनेर अध्ययन गर्ने। ठूला पूर्वाधार, उत्पादन, पुँजी निर्माणका लागि पुँजी संकलन गर्ने व्यवस्था मिलाउने।
३) २० कात्तिक २०७५ देखि नयाँ टीएमएस भित्रिएको छ। यसले केही सहजता ल्याएपनि अझै प्रयोगकर्तामैत्री छैन भन्ने गुनासो छ। यस्ता गुनासो समाधान गर्नुपर्ने।
४) लगानीकर्ता समानस्तरका नहुने हुँदा साना कम्पनी, स्टार्टअप कम्पनीहरूलाई पनि पुँजी बजारमा प्रवेश गर्ने बाटो खुल्ला हुनुपर्ने। विशेषगरी एसएमई तथा ओटीसी बजारको विकास गरी भेन्चर क्यापिटल समेतको आधारमा साना कम्पनीहरूका लागि आवश्यक बजारको विकास गर्नुपर्ने। 
५) सूचीकरणमा आउन नसकेका तथा आईपीओको लागि योग्य भइनसकेका विभिन्न पब्लिक लिमिटेड कम्पनीहरूको सेयरलाई ओटीसी बजार विकास गरी कारोबार गर्ने व्यवस्था मिलाउने। आउँदा दिनमा इन्ट्रा डे कारोबार र सर्ट सेलिङ गर्न मिल्ने गरी प्रणालीको सुधार गर्ने।
६) अटोमेसन अक्सन सुरु गर्ने। अक्सन बजार लिलामीबाट सुरुमा बिक्री हुन नसकेका सेयर र खरिद बिक्री हुन नसकेका कारोबारको देशभर सबै लगानीकर्ताले खरिद गर्न पाउने व्यवस्था मिलाउने।
७) ब्रोकरलाई सक्षम बनाउन ‘सब–ब्रोकर’ मोडल तयार गर्ने। डेरिभेटिभ्स औजार बनाई कारोबार गर्ने। कमोडिटी एक्सचेन्ज सम्बन्धी ऐनलाई अगाडि बढाउने। 
८) अर्थतन्त्रको प्रतिनिधित्व गर्ने वैज्ञानिक तवरले निर्माण गरिएको नयाँ परिसूचक तयार गर्ने। भारतमा बम्बई स्टक एक्स्चेन्ज, अमेरिकाको डाउजोनस तथा नासडाक जस्ता परिसूचक निर्माण भएका छन्, त्यसबाट शिक्षा लिने। मार्केट क्यापका आधारमा लार्ज क्याप इन्डेक्स, मिड क्याप इन्डेक्स र स्मल क्याप इन्डेक्स बनाई बजार परिसूचकलाई थप व्यवस्थित गर्ने।
९) उत्पादनमूलक धेरै कम्पनीहरू सेयर बजारभन्दा बाहिर रहेकाले सेयर बजारमा ल्याउन बुक बिल्डिङ प्रणाली लागू गर्ने। इन्डेक्स फण्ड तथा ट्रेडेड फण्डको शुरुआत गर्ने। 
१०) ब्रोकरलाई मार्जिन ल्याण्डिङ दिने कुरा लागू गर्ने। ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकिङ संस्थाहरूमार्फत् मार्जिन ल्याण्डिङ प्रकृया अगाडि बढाउने।
११) सर्कुलर कारोबार, पम्प एड डम्प र इन्साइडर ट्रेडिङ रोक्ने। पुँजीबजार सम्बन्धी जनचेतना, पुँजीबजार साक्षरताको सञ्चालन, तालिम केन्द्रको स्थापना गर्ने।
 

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्