काठमाडौं– रुस–युक्रेन युद्धका कारण नेपालमा पनि इन्धनको मूल्य बढ्ने संकेत देखिएको छ। दुई देशको युद्धको प्रभाव इन्धनमा नेपालले पनि भोग्नु परेको नेपाल आयल निगमका प्रवक्ता बिनितमणि उपाध्याय बताउँछन्।
अहिले अन्तर्राट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण मंगलबार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट ग्यास, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेर आएको उनी बताउँछन्।
डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ र खाना पाकाउने ग्यासमा प्रतिसिलिण्डर एक सय रुपैयाँले बढेर नयाँ मूल्य आएको उनले बताए ।
निगमका अनुसार १५ दिन अगाडिको मूल्यअनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा निगमलाई प्रतिलिटर क्रमशः १६ रुपैयाँ ५९ पैसा र १२ रुपैयाँ ५८ पैसा घाटा रहेकोमा अब त्यस्तो घाटा बढेर क्रमशः लिटरमा २० रुपैयाँ ५२ पैसा र १६ रुपैयाँ ८ पैसा पुगेको छ ।
यस्तै, खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर घाटा ५६५ रुपैयाँबाट बढेर ६६५ रुपैयाँ पुगेको पनि निगमको दावीछ। मंगलबारप्राप्त नयाँ मूल्यपछि निगमको नियमित बिक्रीबाट आईओसीको रकम भुक्तानी हुन नसक्ने अवस्था आएको निगमको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।