• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

प्रिय चिनियाँ मित्र! हामी सुध्रिन समय लाग्ला, तर समाप्त हुदैनौँ

64x64
प्रकाश गुरागाईं शनिबार, फागुन २१, २०७८  ०७:००
1140x725

चिनियाँ पत्रकार चाउ सेङपिङको पुस्तक छ हातमा। नाम हो– ‘चिनियाँ पत्रकारका नजरमा नेपाल : सुधार वा समाप्त होऊ।’

नाम नै यति कडा! चेतावनीजस्तो पनि, सुझाव जस्तो पनि।

पुस्तक समात्दा नै यसको नामले कता–कता चस्स घोचेको हो। पढ्दै गर्दा लाग्यो, लेखक सेङपिङ नेपालको इतिहासबारे प्रशस्तै जानकारी राख्छन्। त्यति जानकारी राख्ने मान्छेलाई पक्कै थाहा छ, राणाकालको १०४ वर्ष र त्यसभन्दा अघि झन्डै एक शताब्दी नेपाल ‘सुध्रिएको’ अवस्थामा थिएन। र समाप्त पनि भएन।

मलाई यो लेखको सुरुवातमै लेख्न मन थियो, ‘हामी अझै बिग्रिन पनि सक्छौँ, तर समाप्त हुदैनौँ। के तिमीलाई हाम्रो इतिहास थाहा छ?’ तर, पहिलो वाक्य नै यति रुखो बनाइनँ।

मलाई पुस्तकको नामांश ‘सुधार वा समाप्त होऊ’मै आपत्ति छ।

जस्तो पुस्तकको नाम छ, त्यसैगरी नेपालको राजनीतिमाथि एकांगी दृष्टिकोण पोखिएको छ। पत्रकारले लेखेको पुस्तकमा ‘चिनियाँ सत्ताको गन्ध’ शब्दशब्दमा भेटिन्छ।

पहिलो त, उनले ‘नेपाल सानो छैन’ भनेर सान्त्वना दिन एउटा शीर्षक नै बनाएका छन्। जबकि, नेपालले चीन, भारत वा अमेरिकाको सम्बन्धमा ‘सानो देश’को मान्यता राख्दैन। तर, ‘तिमी सानो छैन’ भनेर बारम्बार भनिरहनुको कुटनीतिक अर्थ ‘तिमी सानो छौ’ भन्नु हो। जुन सेङपिङले गरेका छन्।

पुस्तकमा एउटा ‘एनालोजी’ छ–

Ncell 2
Ncell 2
nimb
nimb

घरपालुवा कुकुरहरू आफ्नो मालिकलाई रिझाउन एवं अरु मानिसहरूको सहानुभूति जित्न आफ्नो आँखालाई याचनापूर्वक प्रस्तुत गर्छन् र यसले वास्तवमै काम गर्छ।

लेखकले यो प्रसंगलाई हाम्रा राजनीतिज्ञले भन्ने ‘सानो देश’ थेगोसँग दाँजेका छन्। उनले दिएको एनालोजीको स्पष्ट अर्थ हो- ती राजनीतिज्ञ ‘ठूला देश’को सहानुभूति जित्न आफूलाई याचनापूर्वक प्रस्तुत गर्छन्। चीनका नेताहरूसँगको छलफलमा नेपाली नेता ‘निरिह’ बनेर प्रस्तुत हुने उनको दाबी छ। यहीँबाट अनुमान लगाउन सकिन्छ कि चीनको सिन्ह्वा समाचार एजेन्सीको ब्युरो प्रमुखका रूपमा नेपाल बसेका लेखक सेङपिङ कुन मनोभावले पुस्तक लेखिरहेका छन्।

हाम्रा नेताको चरित्र सेङपिङभन्दा बढी हामीले भोगेका र बुझेका छौँ। तर, अचम्म त के छ भने, यही पुस्तकमा झलनाथ खनालको मन्तव्य छ र त्यसको सारांश छ, ‘यो पुस्तक सेङपिङले निकटतम् मित्रराष्ट्र नेपाललाई दिनुभएको बहुआयामिक सुझावहरूको ठेली हो।’ कस्तो आइरोनी!

चीन नेपालको आन्तरिक मामिलामा खुलेर बोल्न चाहँदैन। तर, ‘भित्र–भित्र’ खुलिरहेकै हुन्छ। चीनले नेपाललाई गर्ने सहयोग र नेपालमा गर्ने क्रियाकलापमा अन्य देशलाई जोड्नु पक्कै आवश्यक छैन। ऊ नेपालको सार्वभौमसत्तामाथि आँच नआउने गरी र द्विपक्षीय सम्बन्ध नबिग्रिने गरी काम गर्न स्वतन्त्र छ। तर, भारत र अमेरिकासँग जुध्ने हिसाबमा गतिविधि गर्नु ‘अन्यथा’ हो। सेङपिङको पुस्तक पढिरहँदा लाग्छ– नेपालमा हुने चीनका गतिविधि कि भारत, कि त अमेरिकाविरुद्ध कहीँ न कहीँ लक्षित छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तत्कालीन नेकपालाई सर्वोच्च अदालतले फुटाइदिएको घटना ‘कम्युनिष्ट सिद्धान्त मन नपराउनेका लागि ठूलो राहत’ भएको व्याख्या सेङपिङको छ। नेकपालाई कसले पक्षपोषण गरिरहेको छ भन्ने लेखाजोखा नगरी उसमाथि अत्यधिक विश्वास गर्नु चीनको सबैभन्दा ठूलो पश्चाताप भएको उनले उल्लेख गरेका छन्। यो वाक्यसम्म आइपुग्दा उनी पत्रकारभन्दा बढी ‘अरु कोही’ भएको भान हुन्छ। नेकपालाई कसले पक्षपोषण गरिरहेको थियो? उनले खुलस्त लेख्न चाहेनन्। तर, उनको संकेत भारततिरै हो।

नेपाली कांग्रेसबारे उनको टिप्पणी पनि उदेकलाग्दो छ। कांग्रेस नेतृत्वको सरकारसँग गरिने व्यवहार चीनका लागि चुनौती भएको उनले उल्लेख गरेका छन्। त्यसपछिको वाक्य त झनै अचम्मको छ। उनले लेखेका छन्, ‘नेपाली कांग्रेस आफैंमा चीनको लागि समस्या होइन। पहिलो कुरा त समयक्रमले परीक्षित भएको यो पार्टी चीनको शत्रु होइन भने यही बेला यो इन्डियाको कठपुतली पनि होइन।’

उनले जे लेख्न खोजेका हुन्, त्यसको ठीक विपरीत अर्थ आउने गरी माथिको वाक्य निर्माण भएको छ। अर्थात्, उनले नेकपा एमाले वा नेकपा माओवादी केन्द्रको लागि नेपाली कांग्रेसलाई व्याख्या गर्न प्रयोग गरेजस्ता कठोर शब्द लेखेनन्। किनभने, ती कम्युनिष्ट हुन् (चीनजस्तै नाम मात्रको सही) भन्ने सोचले काम गरेको छ। कांग्रेसलाई भने उनले सिधै ‘भारतमुखी’ नै भएको ट्याग लगाइदिए। अनि, त्यही अनुच्छेदको अन्त्यमा लेखे, ‘चीनसँगको सहकार्यले नेपाली कांग्रेसलाई बढी लोकप्रिय बनाउने छ, जसले गर्दा १८ महिनापछि हुने आम निर्वाचनमा यसलाई विजयी बनाउन मद्दत गर्ने छ।’

तपाईंको यो वाक्य नै चीन नेपालमा कतिसम्म ‘माइक्रो म्यानेजमेन्ट’ गर्न लागि परेको छ भन्ने प्रमाण होइन पत्रकार सेङपिङ महोदय!

चिनियाँ नेतालाई महान् देखाउन सकेसम्म कोमल शब्द प्रयोग गरेका लेखकले मृत्यु भइसकेका नेपाली नेतालाई पनि होच्याउने ढंगको भाव दिएका छन्। उनले बीपी कोइरालालाई ‘कुरा नबुझ्ने’ खालको र चाउ एनलाईलाई ‘चलाख नेता’को रूपमा चित्रित गरेका छन्।

उनले लेखेका छन्–

‘सन् १९६० को मार्च महिनामा बेइजिङ भ्रमणमा रहेका प्रधानमन्त्री बीपी कोइरालाले आफ्ना समकक्षी चाउ एनलाईसँगको भेटमा भनेका थिए कि, इन्डियाले नेपाललाई आर्थिक सहायता स्वरूप १८० मिलियन रुपैयाँ प्रदान गरेको थियो। यसमा टिप्पणी गर्दै चाउले भनेका थिए, चीनले त्योभन्दा थोरै कम उपहार प्रदान गर्ने छ। अलमल परेका काइरालाको जिज्ञासालाई शान्त पार्दै चाउले प्रस्ट पारेका थिए कि, चीनले यस्तो सन्देश दिन चाहन्न कि ऊ नेपाल मामिलामा इण्डियासँग प्रतिस्पर्धा गर्दैछ।’

के नेपाल कुटनीतिक परेडस्थल हो?
लेखकले नै चाउ एनलाईको ‘चलाखी’ त उल्लेख गरे, तर तिनै नेताको भनाइविपरीत यतिबेला चीन नेपालमा भारत र अमेरिकासँग कुटनीतिक प्रतिस्पर्धाको अवस्थामा छ। नेपाली दलका नेता पनि यो वा त्यसको ‘गोटी’ बन्ने कसरतमा पक्कै छन्।

एमसीसीमार्फत नेपालले अमेरिकालाई आफ्नो भूमिमा निमन्त्रणा गरेको सेङपिङले उल्लेख गरेका छन्। त्यति मात्र नभइ, नेपालले अमेरिकामार्फत चिनियाँ शक्तिसँग सन्तुलन मिलाउन खोजेको समेत उल्लेख गरेका छन्। तर, अमेरिका दशकौँअगाडिदेखि नेपालमा छ। भलै उसका क्रियाकलापमा पनि प्रश्न उठाउने ठाउँहरू छन्।

चीनले नेपालमाथि संशयको दृष्टि राख्ने अर्को विषय हो, तिब्बत मामिला। नेपालले पटक-पटक ‘एक चीन नीति’माथि प्रतिबद्धता जनाएकै छ। तर, अमेरिकाले नेपालमार्फत तिब्बतमा अशान्ति मच्चाउने प्रयास गरेको चीनको आरोप बारम्बार आइरहन्छ। सेङपिङले पनि चीन सरकारको त्यही दृष्टिकोण पुस्तकमा घुसाएका छन्।

संसारभरिका शान्त भनिएका देशमा फाट्टफुट्ट अवान्छित गतिविधि हुनु नौलो होइन। ती गतिविधिलाई सामान्यीकरण गर्न सकिँदैन। जस्तो, उपल्लो मुस्ताङको सीमा पार गरेर केही समयअघि ४६ वर्षीय तिब्बती भागेर पोखरा आए। उनलाई पक्राउ गरी फिर्ता पठाइयो। यसकै आधारमा सेङपिङले ‘नेपाल चीनको सुरक्षाका लागि सुरक्षित स्थान नभएको’ र ‘चीन विरोधी शक्तिहरूले खेल जारी राखेको’ उल्लेख गरेका छन्।

चीनले गरेको तिब्बतको सुरक्षा कडाइले उत्तरतर्फ नेपाल पनि सुरक्षित रहेको लेखकको दाबी छ। यो ठीक पनि हो। तर, यो त पारस्परिक विषय हो। नेपालले कायम गरेको सुरक्षाले चीनको नेपालसँग जोडिएको दक्षिणी सिमाना पनि सुरक्षित भएको छ। यो विषयलाई पनि लेखकले उल्लेख गर्नै चाहेका छैनन्। किनभने उनी ‘ठूलो देश’का लेखक र पत्रकार हुन्।

तिब्बत सुरक्षाको विषयलाई लिएर लेखकले ‘धम्कीकै भाषा’ प्रयोग गरेका छन्, मानौँ उनी चीन सरकारका प्रतिनिधि हुन्। उनले उठाएको सुरक्षाको विषय अमेरिका र भारतप्रति लक्षित छ। उनले लेखेका छन्– ‘यदि यसरी समस्या कायमै रह्यो भने राष्ट्रिय सुरक्षा र स्थायित्वका लागि चीनले सिमानामा पर्खाल लगाउनुपर्ने हुन्छ। फलस्वरूप, नेपाल–तिब्बतबीचको वृहत् सहयोग नराम्रोसँग प्रभावित हुने छ। माथि भनिए झैँ यसबाट नेपालले सबैभन्दा ठूलो क्षति बेहोर्नुपर्छ।’

पुस्तकमै होस्, के एउटा पत्रकारको भाषा यस्तो हुनसक्छ?

तिब्बत मामिलालाई लिएर सञ्चारमाध्यमका विषयमा पनि लेखक सेङपिङले अनौठो तर्क दिएका छन्। ‘तिब्बत स्वशासित क्षेत्रको शान्तिपूर्ण स्वतन्त्रताको ७०औँ वार्षिकोत्सव’ मनाउन चीनका शीर्ष राजनीतिक सल्लाहकार वाङ याङ तिब्बत पुगेछन्। उनले चीनको राष्ट्रिय सुरक्षा र सिमानाको स्थायित्वका लागि संयुक्तरूपमा पृथकतावादी गतिविधि विरुद्ध जुध्नुपर्ने कुरा बताएछन्। ‘यति महत्त्वपूर्ण घटना’ले पनि नेपालका मूलधारका सञ्चारमाध्यममा स्थान नपाएकोमा दुःख लागेको उनले लेखेका छन्। तर, त्यो नेपाली पाठकका लागि ठूलो महत्त्वको समाचार होइन, महोदय। त्यही विषय नेपालको नामै लिएर चिनियाँ राष्ट्रपति वा प्रधानमन्त्रीले बोलेको भए जरुर समाचार बन्ने थियो।

एमसीसी भर्सेस बीआरआई!
अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामा भएका नेपालविरोधी दफा नेपालीहरूकै चासोको विषय हुन्। तर, एमसीसीको विषयलाई लिएर पछिल्ला केही दिनमा चीनको ‘लजालु कुटनीति’ किन आक्रामक भयो बुझ्न सकिन्छ।

पत्रकारसमेत रहेका सेङपिङ लेख्छन्, ‘अमेरिका आफू एमसीसी सम्झौता र अरु तरिकाबाट आफ्नो भूराजनीतिक स्वार्थ पूरा गर्नका लागि यो हिमाली राष्ट्रमा महत्त्वपूर्ण भूमिका खेल्न आतुर छ भन्ने कुरा बुझ्न जरुरी छ।’

त्यसअघि उनले नेपालमा अमेरिकाको प्रभाव बढ्न दिनुलाई ‘नेपालका नेताहरू लाचार हुनु’ भनेका छन्। एमसीसी सम्झौता नेपाल र अमेरिकाबीच हो। यहाँ चीन कहाँ छ? स्वीकार गर्दा ‘लाचार’ र अस्वीकार गर्दा ‘क्रान्तिकारी’ देख्नु भनेको चिनियाँ सत्ताको चस्मा हो। आवश्यकताअनुसार निर्णय नेपाल आफैंले गर्छ। नेपाली नेतालाई ‘लाचारी’को विशेषण झुन्डाउनु उनको अभद्रता हो।

आवश्यकता अनुसार नेपाल ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स्’ (बीआरआई) सम्झौतामा जानसक्छ वा एमसीसीमा। तर, कुनै चिनियाँ आएर ‘खबरदार एमसीसी!’ भन्नु वा कुनै अमेरिकी आएर ‘खबरदार बीआरआई!’ भन्नु कुटनीतिक मर्यादा होइन।

यसै पनि पश्चिमा देश र सञ्चारमाध्यमले बीआरआईलाई ‘ऋणको पासो’ भनेकै छन्। त्यसलाई पुस्तकमा ‘तथाकथित’ त भनियो, तर स्पष्ट पारिएको छैन। जस्तो कि, चिनियाँ लगानीमा बन्दै गरेको पोखरा अन्तराष्ट्रिय विमानस्थल नेपालले लिएको अहिलेसम्मकै महंगोमध्येको ऋण हो। भलै यो बीआरआई अन्तर्गत होइन। तर, आशंका त उब्जन्छन् नै।

हाम्रा लागि प्रमुख विषय, नेपालको विकास हो। तर, नेपाललाई ‘मैदान’ बनाएर एमसीसी वा बीआरआईको नाममा किन लडाइँ भइरहेको छ? नेपाल आवश्यकता अनुसार र देशको सार्वभौमसत्तामा खलल नपुग्ने गरी ऋण वा सहयोग लिन स्वतन्त्र छ भने चीन र अमेरिका आरोप–प्रत्यारोपमा उत्रिनुको कारण के हो? पुस्तकमा यी गुप्त विषय आउनै सकेनन्।

बीआरआईमा नेपालले छानेका नौ वटामध्ये एउटा प्रमुख आयोजना केरुङ–काठमाडौँ रेलमार्ग हो। तर, त्यो अब कम्तीमा १० वर्षलाई ‘आकाशको फल’ भएको पुस्तकमा उल्लेख छ। नेपालीका लागि त अब त्यो पूरा नहुने सपना हो। बीआरआईका अन्य नौ आयोजना कतिपय नेपालले नै बनाउन सक्छ भने कतिपय चीनले बनाइदिए पनि नेपालको मुहारै फेर्ने खालका छैनन्। भलै, एमसीसी सम्झौताबाट बन्ने आयोजनाबाट पनि नेपालको मुहार भने फेरिन्छ भन्न सकिँदैन।

000
पुस्तकमा नेपालका कमजोरी खोतल्ने प्रयास छन्। हाम्रा कमजोरी देखाइदिएकोमा लेखकलाई धन्यवाद। तर, सँगै चिनियाँ सबै नेता महान् र नेपाली सबै नेता आलोचनायोग्य भन्ने भाष्य तयार गर्न खोजिएको छ। यसले नेपालमा न चीनको उचाइ बढ्छ, न त लेखकको नै।

प्रिय लेखक! हामी बिग्रिएका छौँ। तर, अहिले आएर मात्र बिग्रिएका होइनौँ। दुई सय वर्षदेखि बिग्रिरहेको अवस्थामा सुधारका प्रयास हुन थालेको करिब ७० वर्ष भयो। यहीबीचमा पनि उतारचढाव रहे। अझै उतारचढाव आउला। सुधार गर्न अरु धेरै समय लाग्ला। तर, समाप्त हुन सक्दैनौँ। हाम्रो इतिहासले त्यही भन्छ।

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्