• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार-विश्लेषण

मनोरञ्जन क्षेत्रमाथि नै संशय सिर्जना गर्ने घटनाले अमिलिएको मन

दीपज्योति थापा बुधबार, फागुन ११, २०७८  २२:२७
1140x725

शोषण, अपराध, अत्याचार, यौन हिंसा हरेक क्षेत्रमा छ। तर, चलचित्र क्षेत्रमा भएका गतिविधि चर्चाको विषय बन्छन्। किनभने ‘सेलिब्रेटी’ जोडिन्छन्। सेलिब्रेटीमाथि आमजन र सञ्चार क्षेत्रको चासो हुन्छ। 

सबैको चासोको विषय हुने चलचित्र क्षेत्र अनि ‘पब्लिक फिगर’ भनेर चिनिने कलाकारहरुका निजी जीवनका कुरा निजी रहँदैनन्। उसै त ‘ग्ल्यामर’, ‘रंगिन’ दुनियाँ भनेर चिनिने यो क्षेत्र आजभोलि झन्–झन् बदनाम हुँदै गएको। एक चलचित्र पत्रकार हुनुको नाताले एउटा क्षेत्रमाथि नै संशय सिर्जना गर्ने यस्ता घटनाले मन अमिलो बनाउने रहेछ। 

मनोरञ्जन उद्योगले मनोरञ्जन दिने हो। समाजको वास्तविकतालाई पर्दामा प्रस्तुत गर्ने हो। कला र संस्कृति पनि जोडिने भएकाले सामाजिक उत्तरदायित्वबाट भाग्न मिल्दैन। मनोरञ्जन भनेको यौन होइन। तर, कहिलेकाहिँ मनोरञ्जन र यौन पर्याय जसरी जोडिएर आउँछ।

भित्र–भित्रै यो क्षेत्रमा ‘कास्टिङ काउच’, ‘ह्यारेसमेन्ट’ र ‘म्यानिपुलेट’ले घर बनाउनुमा कसको गल्ति छ? कलाकारिताको पर्यायवाची जस्तो किन बनिरहेको छ?

आजभोलि विभिन्न रियालिटी शो, कार्यक्रम र प्लेटफर्ममार्फत् प्रतिभावान बालबालिकाहरु कलाकारितामा आइरहेका छन्। सानै उमेरमा छलाङ मार्दैछन्। सेलिब्रेटी बन्दैछन्। नाम र दाममा प्रगति गरेका छन्। उनीहरुको चिचिलो मगजलाई कसैले बिगार्छ कि ? उनीहरुको शोषण हुँदैछ कि? भन्नेमा कोही सतर्क छ? (धेरैका आमाबाबु त बच्चाको प्रगतिले दङ्ग हुन्छन्। कतिलाई यो क्षेत्रमा केसम्म हुन सक्छ भन्ने हेक्का पनि छैन विचरा!)

यहाँ त परिपक्व भनिएकाहरुले आफ्नो स्वार्थ पूरा गर्न उनीहरुमध्ये कतिपयलाई प्रयोग गर्दैछन्। वास्तवमा उनीहरुको अभिभावक र मेन्टरको भूमिकामा हुनुपर्ने हो। जब वास्तविकता बाहिर आउन–आउन खोज्छ, तब अनेक तवरले घटनालाई भित्रभित्रै दबाउन कोसिस हुन्छ।  

पीडितलाई डर, धम्की वा लोभ देखाएर चुप लाग्न बाध्य पारिन्छ। किनभने समाजले पीडकहरुको विर्यमा अहमता भरिदिएको छ अनि नारीको इज्जत भने ‘कसिलो यौनीमा’ जोखिदिएको छ। (चर्चामा आएकी नाबालिग गायिकाको केसमा पनि यही हो।)

सामाजिक सञ्जाल हेर्‍यो, हेरिसाध्य छैन। अझ विशेषगरी कमेन्टमा पोखिएका विचारहरु! हामी यौनका विषयमा कुरा गर्न लाज मान्छौं। बालबालिकालाई यौन दुर्व्यवहार र उमेर पुगेपछिको शारीरिक सम्पर्कको बारेमा अब पनि राम्रो शिक्षा दिन सकेनौं भने यस्ता घटना अझै कति आउँछन् कति!

Ncell 2
Ncell 2

१३–१९ उमेर नै अलि अव्यवस्थित हुन्छ। शारीरिक र मानसिक रुपमा एकप्रकारको उथलपुथलको उमेर। यो समयमा किशोर किशोरी जोगाउनु अत्यन्तै गाह्रो कुरा हो। यतिबेला उनीहरुलाई ‘स्पर्श’, ‘अट्याचमेन्ट’ र ‘प्रेम’को भेद छुट्टाउन नसक्ने अवस्थाबाट सक्नेतर्फ लैजानु परिवार र अन्य वयश्कको कर्तव्य हो। (यी नाबालिग गायिका प्रेमका नाममा जसरी बहकिइन्।)

गलत प्रवृतिको बिरोध गर्न डराउने, आफूलाई पर्दा रोइकराइ गर्ने अनि अरुलाई पर्दा सस्ता र भद्दा टिप्पणी गर्ने तपाईं हाम्रा स्वभाव पनि कम्ति दोषपूर्ण छैन। (सम्बन्धित केसमा सत्यतथ्य बाहिर ल्याउनु पत्रकारको कर्तव्य हो। उल्टै ढाकछोप गर्न मतियार बनेका केही पत्रकार साथीहरु देखेर उदेक लागेर आयो।) 

महिलाले भोग्ने यस्तै विषयमा बोल्यो भने खुब जान्ने भकी ‘महिलावादी’ भन्ने ट्याग लाग्छ। ए बाबा, कसैको हितका लागि बोल्नु महिलावादी हुनु हो ? हामी हाम्रो शरीरमा बेरिएको साङ्लो काट्न चाहन्छौं, पुरुषको घाँटी होइन। हामीले कल्पना गरेको सुन्दर समाजलाई यथार्थमा परिणत गर्न अनि यस्ता विकृति अन्त्य गर्न तपाईंहरुसँगै हुन चाहन्छौं। 

पल शाह र ती नाबालिगको विषयमा सत्यतथ्य बाहिर आउन जरुरी छ। प्रहरीमा जाहेरी नै परेपछि अनुसन्धानले सत्यतथ्य उजागर गर्ने नै छ। हालका आरोपी पल कसूरदार ठहरिए हदैसम्मको कारबाही हुनुपर्छ। डर, इज्जत वा अन्य कारणले बोली फेरिरहे पनि अन्त्यमा जाहेरी दिएकोमा ती गायिका र उनको परिवारलाई सलाम छ। (फेरबदल भैरहेको उनको अभिव्यक्तिले पनि धेरैलाई अलमलमा चाहिँ अझै पारेकै छ।)

सामाजिक सञ्जालमा उनको हितमा आफ्ना विचार स्पष्ट राख्ने व्यक्तिहरुलाई हार्दिक धन्यवाद। आउनुहोस् अबको दिनमा उनी र उनी जस्तैलाई पश्चातापभन्दा पनि उच्च मनोबलका साथ स्वतन्त्रपूर्वक जीवन अघि बढाउने वातावरण सिर्जना गरौं।

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  २२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु !
सम्बन्धित सामग्री
नेपथ्य अस्ट्रेलिया शृंखलाको सुरुवात क्यानबेराबाट हलभित्र पस्ने दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् लिन्डा ट्रिग । नेपालमा कूटनीतिज्ञका रूपमा ला... मंगलबार, फागुन २०, २०८१
नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’ लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो । अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा देखापर... मंगलबार, फागुन १३, २०८१
कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ आजदेखि  कर्णाली उत्सवको पाँचौँ संस्करणसम्म भएका उपलब्धि भनेकै यसलाई चिन्ने र चिनाउने प्रयास हो भन्दै संयोजक लम्सालले नीतिगत सुझाव सङ्कलन तथा... सोमबार, फागुन ५, २०८१
ताजा समाचारसबै
सामाजिक न्यायको हक लागु गर्न सर्वोच्चको निर्देशनात्मक आदेश आइतबार, माघ १८, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु ! आइतबार, माघ १८, २०८२
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने आइतबार, माघ १८, २०८२
नेप्से परिसूचक १९ अङ्कले घट्यो आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्