• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपथ्य अस्ट्रेलिया शृंखलाको सुरुवात क्यानबेराबाट

64x64
नेपाल लाइभ मंगलबार, फागुन २०, २०८१  १३:४४
1140x725

क्यानबेरा, अस्ट्रेलिया –पहाड र हरियालीले घेरिएको सुनसान अस्ट्रेलियाको राजधानी क्यानबेराको एउटा कुनामा सोमबार बेलुकी ठूलै चहलपहल थियो । साँझ पर्नैलाग्दा नेसनल कन्भेन्सन सेन्टरको ‘रोयल थिएटर’ वरपर नेपालीको जमात देखिन सुरु भयो । केही वर्ष अघिसम्म पनि यहाँ नेपालीको बसोबास नगण्य थियो । दुई वर्षअघि यसै सहरस्थित अस्ट्रेलियन नेसनल युनिभर्सिटीको हलमा पहिलोपटक आफूलाई प्रस्तुत गरेको नेपथ्य ब्यान्डले यसपाला त्योभन्दा ठूलो र व्यवस्थित स्थल रोजेको थियो ।

हलभित्र पस्ने दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् लिन्डा ट्रिग । नेपालमा कूटनीतिज्ञका रूपमा लामो समयसम्म सेवा गरेकी लिन्डा साठीकै दशक देखि यस मुलुकमा आयोजना हुने विश्व प्रसिद्ध ब्यान्डहरूको कन्सर्ट हेर्दै हुर्किएकी हुन् ।

‘१७ वर्षअघि पहिलोपटक सिड्नीमा मैले नेपथ्यको कन्सर्ट हेरेकी थिएँ, त्यसयता अस्ट्रेलियामा आयोजित नेपथ्यका पाँचवटा कन्सर्ट हेरिसकेकी छु र यो छैटौं हो,’ साथमा अर्की अस्ट्रेलियन साथी लिएर आएकी लिन्डा भनिरहेकी थिइन्, ‘एक हिसाबले नेपथ्य स्वादको बानी परिसकेको छ ।’ नेपथ्य ब्यान्डको भने यो सातौँ अस्ट्रेलिया यात्रा हो ।

निर्धारित समयमै बेलुकीको ठीक ८ बजे कन्सर्ट सुरु भयो । हलभित्र दर्शकको उत्साह र व्यापक हल्ला फैलिएको देखेपछि अर्की अस्ट्रेलियन महिलाले आफूलाई कुर्सीमा थामेर राख्न सकिनन् । सरासर उठिन् र नाच्न तम्तयार दर्शकको भिडमै आफूलाई समाहित गरिन् । उनी थिइन् भर्खरै मात्र नेपालस्थित अस्ट्रेलियाली राजदूतको पदावधि सकेर फर्किएकी फेलिसिटी भोल्क ।

‘यो मेरो पहिलो नेपथ्य अनुभव हो,’ फेलिसिटीले भनिन्, ‘सन् २०२१ को तिहारको कुनै दिन मैले बौद्धमा अर्कैको स्वरबाट रेशम गीत सुनेकी थिएँ । त्यसै बेलादेखि अत्यन्तै मन पराउने गरेको यस ब्यान्डलाई प्रत्यक्ष सुन्ने लामो समयदेखिको इच्छा आज पुरा हुँदै छ ।’

कन्सर्टको सुरुवात ‘कोशीको पानी’ बाट गरिएको थियो । त्यसपछि क्रमशः ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’ प्रस्तुत भए । ‘आँगनैभरि’ गाउने बेला गायक अमृत गुरुङले ३५ वर्षअगाडि आफूले तयार पारेको यो गीत अहिले सुनाउन पाउँदा बेग्लै आनन्द मिल्ने गरेको उल्लेख गरे । त्यसपछि नेपथ्यका सर्वकालिक हिट गीतहरु ‘लामपाते सुरती’, ‘चरी मर्‍यो’ र ‘जोमसोमे बजारमा’ ले निरन्तरता पाए ।

गीत गाउने क्रममा अमृतले अस्ट्रेलियामा नेपाली दर्शकको साथ पाइरहँदा एक मनले खुसी र अर्को मनले दुःखी पनि महसुस भइरहेको उल्लेख गरे ।
‘तपाईंहरू यहाँ आएर उज्ज्वल भविष्यका लागि संघर्ष गरिरहनु भएको देख्दा असाध्यै खुसी छु,’ उनी भनिरहेका थिए, ‘तर यत्तिका ऊर्जावान् तन्नेरीलाई आफ्नै मुलुकले बाँधेर राख्न नसकेको देख्दा कता(कता नरमाइलो पनि भइरहेको छ ।’
अमृतले सम्पूर्ण नेपालीलाई आफू असल मानिसको देशबाट आएको पहिचान स्थापित गर्न अनुरोध गरे र यहाँ बसुन्जेल अस्ट्रेलियालाई पनि थप समुन्नत बनाउन आह्वान गरे । नेपाली भाषालाई भावी पुस्तासम्म विस्तार गर्न र नेपालमा रहेका आफन्तसँग बारम्बार भेट्न गई उताको सम्पर्कलाई पनि जीवित राख्न उनले थप अनुरोध गरे ।

‘तपाईंहरूलाई अब रुकुमतिर लैजान्छु’ भन्दै उनले ‘शिरफूल’ गीत सुनाए । त्यसपछि उनले पुरानो खाताबाट अर्को नेपथ्य गीत निकाले– ‘बिन्ती छ मेरो ए मेरी मायालु, एउटा चिठी कोरी पठाइदेऊ’।

Ncell 2
Ncell 2
nimb
nimb

युवक तथा युवतीको असंख्य जोडीले भरिएको हलमा अमृतले त्यस गीतबारे विस्तारमा बोल्न चाहे । ‘गर्लफ्रेन्ड त हाम्रो समयमा पनि हुन्थे तर  इमेल थिएन,’  उनले थपे, ‘तपाईंहरू नजन्मँदै हामीले भोगेको प्रेमको युगमा यसरी चिठी लेखेर मनको कुरा बताउनुपर्थ्यो ।’ भावनाको शृंखलालाई अझ मजबुत बनाउँदै उनले नेपथ्यको पछिल्लो सिर्जना पनि पस्किए–‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि।।।’ ‘यो जिन्दगानी’ सुनाएपछि ‘गाउँ–गाउँबाट उठ’ सँगै कन्सर्टको माहोल अझ तातियो ।

कन्सर्टको प्रारम्भदेखि मुस्कानसहित शरीर हल्लाएर उभिइरहेकी निवर्तमान अस्ट्रेलियन राजदूत भोल्क ‘रेशम’ गीतमा पुग्दा भीडसँगै नृत्य गर्न पनि थालिसकेकी थिइन् । ‘रातो र चन्द्रसूर्जे’ बाट कन्सर्ट सकिनासाथ उनी प्रतिक्रिया दिनका लागि तयार भइन् ।

‘असाध्यै रमाइलो अनुभवले मेरो उत्साहलाई नयाँ उचाइमा पुर्‍याएको छ,’ उनले भनिन्, ‘यो ब्यान्डसँग मेरो ग्रेट स्टार्ट (भव्य सुरुवात) भएको छ ।’ कूटनीतिज्ञ भएर गएपछि नेपालको सांस्कृतिक पाटोसँग आफ्नो आत्मीयता बढेको उनले सुनाइन् ।
‘नेपालमा आफ्नो कार्यकाल सकिएपछि पनि नेपाली कला संस्कृतिलाई अस्ट्रेलियामा विस्तार गराउन विभिन्न प्रयास गर्दै आएकी छु,’ उनले भनिन्, ‘नेपथ्यको यो प्रस्तुतिले मेरो विश्वासलाई थप दृढ बनाउन मद्दत गरेको छ ।’

अर्की दर्शक एवं अस्ट्रेलियन कूटनीतिज्ञ लिन्डाले आफ्नो अनुभवलाई अझ विस्तारमा सुनाइन् । ‘अस्ट्रेलियामा नेपथ्यलाई हेर्दा मैले पाइरहेको मुख्य विशेषता भनेकै प्रस्तुतिमा दिन प्रतिदिन आइरहेको निखार हो,’ उनले थपिन्, ‘पहिलोपटक मैले सिड्नीमा हेरेको कन्सर्टसँग तुलना गर्दा प्रोडक्सनका हिसाबले यो ब्यान्डको गुणस्तर धेरै माथि उक्लिसकेको पाएँ ।’ नेपथ्यको प्रस्तुतिलाई विश्वस्तरका ब्यान्डसँग दाँज्न सकिने पनि उनले दाबी गरिन् ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लिन्डा बसेकै दीर्घामा नेपाली राजदूत चित्रलेखा यादव पनि सपरिवार उपस्थित थिइन् । यति ठूलो संख्यामा रमाइरहेका नेपाली तन्नेरी र उनीहरूबीच नेपथ्यले सकारात्मक ऊर्जा फैलाइरहेको देख्दा आफू निकै प्रभावित भएको उनले बताइन् ।

नेपाली दर्शक भने सदाझैँ हलबाट बाहिरिँदा पनि झन्डा हल्लाउँदै र नेपथ्यका गीत गाउँदै निस्किरहेका देखिन्थे । ‘यहाँ आएर प्रस्तुत हुने सबैजसो नेपाली कलाकारको कार्यक्रम हामीलाई रमाइलो लाग्छ,’ आठ वर्षदेखि यतै बस्दै आएकी अनु थापा भनिरहेकी थिइन्, ‘नेपथ्यको कन्सर्टमा आउँदाचाहिँ नेपालीपनले अलिक बढी झकझक्याउने गर्छ ।’

05-Nepathya-performing-at-the-Australian-Capital-Canberra.-Photo---Dipit-1741075085.jpg
 

कार्यक्रम सम्पन्न भएपछि क्यानबेराका स्थानीय आयोजक प्रदीप पाठकले सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन् । ‘कन्सर्ट भव्य रूपले सम्पन्न त भयो नै,’ उनले थपे, ‘उपस्थित प्रत्येक दर्शक सकारात्मक उर्जा बोकेर हलबाट बाहिरिएको देख्दा झनै खुसी लाग्यो ।’

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ,  मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रामा सरिक छ ।

यसपटकको शृंखलाबद्ध यात्राका क्रममा क्यानबेरामा पहिलो प्रस्तुति सम्पन्न भएपछि ब्यान्ड अब ‘वेस्टर्न अस्ट्रेलिया’ राज्यको राजधानी पर्थ सहर पुग्नेछ । मार्च ९ मा त्यहाँस्थित ‘मेट्रो सिटी हल’ मा अबको प्रस्तुति रहनेछ । ब्यान्ड यसअघि पनि त्यस हलमा उपस्थित भइसकेको छ ।

त्यसपछि मार्च १४ मा ब्रिसबेनको ‘द टिभोली’, मार्च १८ मा अस्ट्रेलियाकै पुछारमा रहेको टापु तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’, मार्च २१ मा एडिलेड सहरको ‘हिन्डले स्ट्रिट म्युजिक हल’, मार्च २४ मा मेलबर्नको ‘फेस्टिभल हल’ मा प्रस्तुत भएपछि अन्तिम शो आयोजना गर्न सिड्नीतर्फ लाग्नेछ । पृथ्वीको दक्षिणी गोलार्द्धमा रहेको यस सहरमा मार्च २९ को साँझ ‘होर्डन पभिलियन’ मा आफूलाई प्रस्तुत गरेपछि ब्यान्ड स्वदेश फिर्नेछ ।

सबै सहरमा कार्यक्रमका जानकारी सहित अनलाइन बुकिङ लिंकको लागि दर्शकले नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत् जानकारी पाउन सकिनेछ । 

02-Nepathya-performs-at-the-Royal-Theatre-of-the-National-Convention-Centre-in-Canberra.-Photo---Dipit-Raz-1741075085.jpg
 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
सम्बन्धित सामग्री
‘सारथी’ को प्रोमो सार्वजनिक अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकार... मंगलबार, असोज २७, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्